सधैँ जोशिला रामहरि जोशी

beni bdr karkiवेनीबहादुर कार्की     

    

 

नेपाली काँग्रेसका पुराना नेता रामहरि जोशीले नौ दशकभन्दा धेरै सर्लाहीको भूमिलाई उर्वर बनाउनुभयो ।  १९८३ साल माघमा पिता तीर्थलाल जोशी र माता सूर्यादेवी जोशीका सुपुत्र त्यतिबेलाका जमिन्दार परिवारमा जन्मेर पनि आफूलाई सच्चा समाजवादी र प्रजातन्त्रवादी सिद्ध गर्न सफल हुनुभयो ।  यसै कारण नेपाली काँग्रेस वृत्तमा गान्धीवादी र सच्चा समाजवादी नेता कहलाउन सफल हुनुभयो ।  उहाँ जीवनभरि राजनीति र सामाजिक परिवर्तनको आन्दोलनमा व्यस्त रही जेलमा समेत रहेकाले आजीवन अविवाहित रहनुभयो ।  २०७४ साल असार २९ गते काठमाडौँमा उहाँको निधन भयो ।  
 आदर्श पुरुष र अनुकरणीय व्यक्तित्वका धनी रामहरि दाइसँग २०२० सालमा पहिलो भेट भयो त्यति बेला उहाँ पब्लिक मा.वि. मलङ्गवाको प्रधानाध्यापक र म नारायण हाईस्कुलको विद्यार्थी थिएँ ।  त्यो दिनदेखि हालसम्म उहाँलाई मैले उस्तै जोशीलो उस्तै जाँगरिलो र उस्तै भेषभुषा र बोली व्यवहारको हुनुहन्थ्यो ।  साथै सधैँ अध्ययनशील पनि ।  उहाँ सधैँ सच्चा समाजवादीकै रूपमा हुनुहुन्थ्यो ।  
 वि.सं. २०२८ सालमा उहाँ स्नातकबाट उम्मेदवार भएको बेला त्रिभुवन विश्वविद्यालयमा उहाँले दिनुभएको भाषणको प्रजातन्त्रवादीले धेरै प्रशंसा गरेका थिए ।  उहाँ त्यतिबेला पराजित भए पनि रामराजाप्रसाद सिंहसमेत चार जना विजयी भएका थिए ।  
 तेस्रो भेट ०३६ सालको जनमत सङ्ग्रहको तयारीको क्रममा उहाँकै मलङ्गवाको निवासमा भएको चारदिने नेपाली काँग्रेसको क्षेत्रीय शिविरमा भयो ।  जहाँ महामानव बीपी, कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाबाबु र तत्कालिन् महामन्त्री परशुनारायण चौधरीसमेत सहभागी थिए ।  सोही सन्दर्भमा प्रजातन्त्रादी बुद्धिजीवीलाई परिचालन गर्न पूर्वसभामुख दमननाथ ढुङ्गाना पनि आउनुभएको थियो ।  त्यो बेला पब्लिक मा.वि. को मैदानमा भएकोे विशाल आमसभालाई भाँडन तत्कालीन शासकले जनसम्पर्क अधिकारीबाट साँपको काँचुली फालेर होहल्ला गराएका थिए ।  त्यो जमघटमा रामहरि शर्माको व्यतिmत्व उच्च र प्रखर थियो ।  सबैले मान्ने, त्यागी र स्पष्ट वक्ता ।  सधैँ छोटो र प्रजातन्त्रको पक्षमा ठोस बोल्ने व्यतिmको रूपमा ।  उहाँहरूले पनि रामहरि दाइलाई राम्रो मानेको पाएँ ।  नेपाली काँग्रेसको इतिहासकै कुरा गर्ने हो भने गिरिजाबाबुभन्दा पहिले उहाँ प्रचारमन्त्री हुनुहुन्थ्यो ।  २००३ सालदेखि नै काँग्रेसमा आजिवन सक्रिय भएकाले नै उहाँको निधन भएको भोलिपल्ट बिहान बीबीसी, रेडियोले समेत महŒवका साथ समाचार प्रसारण गरेको थियो ।  
त्यसपछि उहाँसँग मेरो सधैँजसो भेट भयो ।  मलङ्गवामा रहेर वकालत र राजनीतिमा सक्रिय भएकोले बेला–बेलामा म उहाँलाई भेटन जान्थेँ ।  काम पर्दा उहाँ पनि बोलाउनुहुन्थ्यो ।  ०४८ को निर्वाचन उहाँले सजिलै जित्नु भयो र शिक्षामन्त्री हुनुभयो ।  त्यो बेलाको क्याबिनेटमा अङ्ग्रेजीमा दखल भएको मन्त्री उहाँमात्र भएको चर्चा थियो ।  त्यो गिरिजाबाबुको क्याबिनेट थियो ।  त्यसपछि ०५१ को मध्यावधि चुनावमा उहाँको विरोध शुरु भइसकेको थियो ।  त्यो बेला उहाँ पर्यटनमन्त्री हुनुहुन्थ्यो ।  ०५१ को निर्वाचनमा म सधैँ उहाँकै गाडीमा हिँडे ।  एक दिन प्रचारमा जमुनियाँ मदनपुर बेलुकीपख पुगेका थियौँ ।  हामीलाई विरोधीले बाटो अवरोध गरेर घेरे ।  हामी मदनपुरका महेन्द्रप्रसाद साहको घरभित्र पसेर आड लियौँ ।  विपक्षीले ढुङ्गा हाने ।  हामी घण्टौँ उकुस÷मुकुस भएर बस्यौँ ।  त्यो बेला हामीलाई हमला गर्ने सम्भावना भएकाले मन्त्रीको सुरक्षामा साथै रहेका सुरक्षाकर्मी जमदारलाई मैले केही गरी ढोका फोर्न आए भने तपाईंले बन्दुक चलाउनु, मलाई खुकुरी दिनु, म खुकुरी चलाउँछु भनेको थिएँ ।  त्यो बेला मेरो भनाइलाई मन्त्रीसमेत सबैले प्रशंसा गरेका थिए ।  सो निर्वाचनमा मलाई बाराउधोरणको विशेष जिम्मेवारी दिइएको थियो ।  मैले त्यहाँ सबै व्यवस्था मेरो एक जना सिंह थरको चेलाको सहयोगबाट मिलाएँ ।  निर्वाचन सम्पन्न भयो ।  मतगणनाको समयमा बुथ छापेको भनेर हो हल्ला गरे ।  मतगणनास्थलमा गोलीसम्म चल्यो ।  मतगणना स्थगित भयो ।  असुरक्षित ठाँउ भनेर रामहरि दाइका पहिलेका प्रतिनिधि मतगणनामा बस्न नमानेकाले ११ बजे राति रामहरि दाइले मलाई र उमेश वकिल साहेबलाई प्रतिनिधि बस्न फोनबाट अनुरोध गर्नुभयो ।  मैले पनि अनुरोध गरेपछि उमेश वकिलसाहेब मानेकाले हामी दुवै कफ्र्यु लागेको समयमा पनि सर्लाहीको मतगणनास्थल जि.वि.स. हलमा गयौँ ।  त्यहाँ रहनुभएका निर्वाचन अधिकृतसमेत सबैसँग सल्लाह गरेर मुचुल्का गरी मतपेटिका भएको कोठामा लागेको ताला कटाइ छ घण्टामा ११ गाविसको मतगणना गराएर बिहान ७ बजको समाचारभन्दा भन्दै समाचार पठाएर रामहरि जोशी विजयी भएको समाचार रेडियो नेपालबाट प्रसारण गराएका थियौँ ।  जबकि तीन दिनमा नौ गाविसको मात्र मतगणना भएको थियो ।  त्यसपछि हल्ला शान्त भएर सबै उहाँकै विजय जुलुसमा हिँडेका थिए ।  त्यसपछि पनि उहाँ पर्यटनमन्त्री नै हुनुभयो ।  
समय बित्दै गयो ।  केही वर्षपछि प्रतिगमनको आन्दोलन शुरु भयो ।  आन्दोलनमा हाम्रो परिवारबाट सर्लाहीको अगुवाइ गरेकाले त्यो बेलासम्म हाम्रो सम्बन्ध गिरिजाबाबु र सुशील दादासँग राम्रो भई सकेकाले यति त्यागी नेता केन्द्रीय सदस्य पनि नभएकाले बनाउन अनुरोध गर्दा आफ्नै सुरको मानिस हुनुहुन्छ भनेर बनाउनुभएन ।  हुन पनि उहाँ आफूलाई मन लागेको गर्ने मानिस भएकाले त्यति बेलाका राजा महेन्द्रले दिएको गोर्खा दक्षिणबाहु फिर्ता गर्नुभएको थियो ।  यत्रो त्यागी नेता केन्द्रीय सदस्यसमेत नभई दिवङ्गत हुनु राम्रो होइन ।  
उहाँ राजनीतिका साथै अध्ययनमा समेत सधैँ सक्रिय हुनुहुन्थ्यो ।  विगत तीन वर्षदेखि लगातार भृकुटीमण्डपको पुस्तक प्रदर्शनीस्थलमा मसँग भेट भएको थियो ।  उहाँले जीवनभरि प्रजातन्त्रको लडाइँ लडिरहनुभयो ।  यसका साथै उहाँले नेपालको नोभेम्बर क्रान्ति, अँध्यारोबाट उज्यालोतिर, आत्मकथा र नेपाली काँग्रेससँग गाँसिएका सम्झनासमेत सातवटा पुस्तक पनि प्रकाशित गराउनुभएको छ ।  त्यसैले उहाँमा भएको राजनीति र अध्ययनको जोश र जाँगरलाई अनुकरण गर्न सके हामी सबैलाई काम लाग्ने छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना