हिलो र धुलोको असर

Madhav Adhikariडा. माधव अधिकारी

 राजधानी काठमाडौँ उपत्यकामा शहरीकरण तीव्र छ ।  प्रकृतिले सिर्जना गरेको हावा, पानी, पहाड, नदीनाला, वन जंगल आदि शहरीकरणको तीव्र चापले गर्दा ह्रास भएको छ ।  जसको फलस्वरूप आदिमकालदेखि मानव सहित पर्यावरण सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरूको सन्तुलन विनाश भएकोछ ।  सो विनाशको फलस्वरूप लाखौँ नागरिक आकस्मिक समस्या भोग्न बाध्य भएका हुन् ।  मुख्य समस्याका रूपमा श्वास प्रश्वास, सडक प्रदूषण, सार्वजनिक स्थल विनाश, शारीरिक यातना एवं मृत्यु समेत छन् ।  नेपालको प्रमुख शहर काठमाडाँैमा वातावरणीय समस्या मुख्य रूपमा छ ।  काठमाडौँमा हिलो, धुलो, सवारीसाधनको बढ्दो चाप, मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन खनिएका सडक तथा सडक विस्तार भूकम्पबाट विनाश भएका भौतिक संरचनाहरूको निर्माण तथा मर्मत गर्दा काठमाडौँ धुलो र धुवाँमय बनेको हो भने खानेपानीमा हुने प्रदूषण पनि उच्च विन्दुमा छ ।  एशियाको प्रदूषित सहरमध्ये काठमाडौँ पनि एक हो ।     
सम्बन्धित निकायको लापरबाहीको कारण झन्झन् हिलो र धुलोबाट प्रदूषित बन्दै गइरहेको काठमाडौँ उपत्यकाको हावा प्रदूषित भई सास फेर्ननै गाह्रो भएको छ ।  नेपाल सरकारको वातावरण विभागले उपत्यकामा तीन ठाउँ र दृष्टि काठमाडौँ नामक गैरसरकारी संस्थाले उपत्यकाका १४ स्थानमा स्टेसन राखी प्रदूषण मापन गर्दा राजधानीको हावा सास फेर्न अयोग्य रहेको जनाएको छ ।  सो गैरसरकारी संस्थाका अनुसार काठमाडौँले दुई महिनादेखि पर्टिकुलेट म्याटर २.५ को धुलोको मापन गरी अनलाइनमार्फत २४ घन्टाकै प्रदूषणको रिपोर्ट दिँदै आएको पाइन्छ ।  सो रिपोर्ट अनुसार धुलोको कणहरू सोझै फोक्सोमा पुगी रक्तनलीमार्फत शरीरभरि फैलिने पर्टिकुलेट म्याटर २.५ का धुलोको कण १५६ देखि १८६ माइक्रोग्राम घनमिटरसम्म पुगेको जनाएको छ ।  पर्टिकुलेट म्याटर २.५ का धुलोका कण श्वासका माध्यमबाट फोक्सो हुँदै रक्तनलीसम्म पुग्ने गर्छ ।  यो अवस्था शरीरका लागि अतिसंवेदनशील मानिन्छ ।  यो अवस्थाबाट जोगिन विशेषज्ञहरूले सल्लाह दिएका छन् ।  आँखाले देख्न नसकिने यस्ता धुलोका कण शरीरका बाहिरी अंग आँखा र छालाका लागि पनि अति हानिकारक हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उल्लेख गरेको छ ।  डब्लुएचओको मापदण्डले पिएम २.५ को मात्रा २५ माइक्रोग्राम घनमिटरसम्म तोकेको छ ।  नेपालको राष्ट्रिय मापदण्डले भने ४० माइक्रोग्राम घनमिटरसम्म तय गरेको छ ।  तर, २४ घन्टाको हरेक समयमा उपत्यकाको वायुमण्डलमा पिएम २.५ को मात्रा योभन्दा धेरै बढी हुन्छ ।
वातावरण विभागले एसियाली विकास बैंक र इसिमोडको सहयोगमा उपत्यकाको रत्नपार्क, पुल्चोक, धुलिखेलमा प्रदूषण मापकयन्त्र राखेर प्रदूषण मापन गर्दै आएको छ ।  दृष्टि काठमाडौँले बल्खु, बौद्ध, बूढानीलकण्ठ, एकान्तकुना, गल्कोपाखा, हात्तीसार, कलंकी, कालिमाटी, कोटेश्वर, नयाँवानेश्वर, पुतलीसडक, सानेपा, सातदोबाटो र थापाथलीमा प्रदूषण मापन गर्दै आएको जनाएको छ ।  विभागले रत्नपार्कमा राखेको प्यारोमिटरले पिएम २.५ को मात्रा एक सय ९२ माइक्रोग्राम घनमिटरसम्म नापेको छ ।  डब्लुएचओले सामान्यतः पिएम २.५ का धुलो १० माइक्रोग्राम घनमिटरसम्म हुनु स्वास्थ्यका लागि योग्य मानिन्छ ।  ११ देखि २५ सम्म उसले दैनिक मापदण्डभित्र राखेको छ ।  डब्लुएचओले २६ देखि ४० हल्का, ४१ देखि ७५ सम्म प्रदूषित, ७६ देखि १५० अतिप्रदूषित र त्यसभन्दा माथि खतराजनक भनेको छ ।  बिहान, दिउँसो, साँझ र रातिको पिएम २.५ को तथ्यांकअनुसार उपत्यकाको हावा पूर्ण समय सास फेर्न अयोग्य साबित भएको छ ।    
काठमाडौँ उपत्यकाको प्रमुख शहरको वायु प्रदूषण नापजाँचको दृष्टिकोणले पनि काठमाडौँलाई सबैभन्दा न्यूनस्तरका शहरमा सूचीकृत गरिएको पाइएको छ ।  तथ्याङ्क विश्लेषण, उपलब्धता, प्रदूषण इभेन्ट्री र वायु गुणस्तर व्यवस्थापन पनि कमजोर समेत रहेको उल्लेख गरिएको पाइयो ।  काठमाडौँ प्रदूषित शहर बन्नुको कारक तìवमा बनोटलाई पनि लिन सकिन्छ ।  काठमाडौँ उपत्यकाको बनोट अनुसार यहाँ भएको प्रदूषित हावा वा अन्य प्रदूषित पदार्थ कठमाडौँ उपत्यका बाहिर न्यून एकाइमा निष्काशन हुन्छ, जुन कारणले काठमाडौँ उपत्यका वायु प्रदूषणको शिकार भएको छ ।  मेलम्चीको पाइपका लागि सडक खन्दा हुने धुलो, इँटाभट्टा, सवारी साधन आदिबाट निस्कने धुँवा वा धुलो, कृषि क्षेत्रमा प्रयोग गरिने विभिन्न किसिमका किटनाशक औषधीको प्रयोग, प्राकृतिक सम्पदाको विनाश (वन विनाश, विभिन्न खानी सञ्चालन, रुख कटान, नदीबाट बालुवा झिक्ने) आदि जस्ता डरलाग्दा समस्याहरू सिर्जना भएका छन् ।  वातावरण प्रदूषणको अन्य कारणमा अनियोजित प्राकृतिक सम्पदा विनाश, सो कारण जलप्रदूषण, औद्योगिकीकरण, यातायात साधन वृद्धि, ध्वनि प्रदूषण, खाद्यान प्रदूषण, दृश्य प्रदूषण, अनैतिक गर्भपतन, अनुशासनहिनता आदिले काठमाडौँ उपत्यकामा व्यापक कुप्रभाव परेको छ ।
नेपालको भू–बनोटमा एकरूपता नहुनाका कारण र विगतका अशान्तिले गर्दा जनसंख्याको चाप शहरीकरणमा तीव्र परेको देखिन्छ ।  मेलम्चीको खानेपानीका लागि सडक खन्ने कार्यको कारणबाट हिलो, धुलोको निष्कासनबाट फोहोरमैलाको समस्या तीव्र भई प्राकृतिक सम्पदाको रातारात विनाशले स्वस्थ वातावरणमा कमी भई अनैतिक सह–सम्बन्ध वृद्धि, सवारी साधन वृद्धि (हाल काठमाडाँै उपत्यकामा दैनिक करीब ४ लाख सवारी साधन) भई दैनिक गुड्ने सवारी संख्याले दैनिक घण्टौँ जाम, साँच्चै भन्दा काठमाडौँ उपत्यकाको सडकलाई हेर्दा १÷४ मात्र हालको सवारी साधन धान्न सक्नेमा ज्यादै वृद्धिले गर्दा धुलो, धुँवा, हिलो, ध्वनि र प्राकृतिक सम्पदाको विभिन्न प्रकारले विनाश बन्द हडतालमा विरोध जनाउन वा माग पूरा गर्न बालिने अति विषालु टायरको धुवाँ (जुन टायरको धुँवाले सर्वप्रथम त आन्दोलनकारीको गुणस्तरीय स्वास्थ्यमा नै प्रतिकूल असर पु¥याएको) ले समेत काठमाडौँ उपत्यकामा ज्यादै प्रतिकूल असर परेको छ ।  जसको परिणामले नेपाल र नेपालीलाई आर्थिक, राजनैतिक, सामाजिक साथै सबैभन्दा मुख्य गुणस्तरीय जीवनतर्फ ज्यादै घाटा छ ।  प्रदूषित वायुका कारण सिर्जित माथिका परिणामले सिर्जित अवस्थाले मानवीय क्षतिको सम्भावना बढेको छ र अझ बढ्नेछ ।  काठमाडौँको वायुमा धुलोको कणको मात्रा अत्यधिक रहेकोले सम्बन्धित मन्त्रालय, निकाय सो प्रतिकूल असरबाट रोकथाम वा नियन्त्रण गरी जनस्वास्थ्यप्रति चासो राख्नु समयको माग हो ।
प्रदूषणका कारण काठमाडौँ शहरको वायुमण्डलमा विभिन्न हानिकारक ग्यासहरू जस्तै कार्बन डाइअक्साइड, कार्बन, सिसा आदि मात्रा बढ्दो छ, जसको कारणबाट मानिसहरूमा दम, उच्च रक्तचाप, निम्न रक्तचाप, क्यान्सर, अचेत, हृदयघात आदि रोग बढेको छ वा बढ्ने तीव्र सम्भावना छ ।  अतः छिटोभन्दा छिटो राजधानीलाई प्रदूषणमुक्त शहर बनाउनु आजको रहर स्वच्छ र गुणस्तरीय शहर आजको आवश्यकता हो ।  काठमाडौँ प्रदूषित शहर बन्नाको छोटकरीमा कारक तìव निम्न प्रकारका छन् ।  द्वन्द्व, उचित कार्ययोजनाको अभाव, असक्षम प्रविधि, जनसहभागिताको कमी, जनताको न्यून आर्थिक स्थिति, विज्ञलाई पाखा, पुरानै रवैया, व्यवसायिक शिक्षाको अभाव, फोहोरमैला उचित व्यवस्थापन नहुनु,
 उल्लेखित कारक तìवको कारणले नेपालको राजधानी काठमाडौँ हिलो धुलो, धुँवाबाट सृजित विभिन्न रोगको चपेटाबाट ग्रसित छ ।  शहरमा वातावरणीय प्रदूषण सँगसँगै देखापरेका समस्याको सुधार नभए विभिन्न अप्रिय वातावरणीय गम्भीर समस्याको चापमा काठमाडौँ उपत्यका नपर्ला भन्न सकिँदैन ।  काठमाडौँ उपत्यकाको सडकमा हिलो, धुलो, खाल्डा खुल्डी, खुला ढल त सामान्य भइसक्यो ।  खुला ढलबाट निर्दोष बालबालिकाको ज्यानसम्म गएको छ ।  स्मरण रहोस् प्रधानमन्त्रीले सडकका खाल्डाखुल्डी १५ दिन भित्रमा पुरी सडक सुधार गरि हिलो र विभिन्न दुर्घटनाबाट बचाउने भन्ने निर्देशन समेत यहाँ पूर्ण रूपबाट पालना नभएको कुरा ताजै छ ।  यी माथिका कारक तìवलाई तुरुन्त हटाई नागरिक स्वास्थ्यमा ध्यान दिन निम्न समाधानका उपायहरू तुरुन्तै अवलम्बन गर्नु पर्दछ ।  नागरिक चेतना वृद्धि, राजनीतिक स्वार्थ त्याग्नु, योग्य तथा दक्ष जनशक्ति परिचालन, जिम्मेदारी एवं कर्तव्यबोध, उचित कानुन, पूर्वाधार विकास, गैरसरकारी सञ्जाल, फोहोरलाई मोहोरमा परिणत, मानवस्रोत साधनको उचित प्रयोग, दीर्घकालीन योजना, आर्थिक क्रान्ति, सक्षम जनशक्ति विदेश पलायन हुन नदिने, द्वन्द्व घटाई पूर्ण शान्ति, शहरीकरण विकेन्द्रीकरण आदि कार्य भएमा पक्कै माथिका समस्याहरू समाधान भई स्वच्छ वातावरण, स्वच्छ गुणस्तरीय जीवन, सबैमा कर्तव्यको चेतना भएमा ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना