पुरानो रेशम मार्गका संस्थापक महामञ्जुश्री

Hiranya-Lal-Shresthaहिरण्यलाल श्रेष्ठ


 

महामञ्जुश्री (चिनियाँ भाषामा वेन सु) प्राचीन बौद्ध धर्मका एक स्थापित बोधिसत्व हुन् ।  नेपाल र दक्षिण एशिया बाहिर मान्यताप्राप्त पहिलो बोधिसत्व महामञ्जुश्री नै हुन् ।  उत्ताइ सान मञ्जुश्रीको निवासस्थान हो ।  चीनको उत्तर–पूर्वी  साञ्सी प्रान्तमा क्वीन्साई नदीको मुहान भएको उपत्यकामा उत्ताई सान छ ।   स्वयम्भू पुराणमा उल्लेख भए अनुसार चीनको उत्ताइ सानबाट मञ्जुश्रीले यात्रा प्रारम्भ गर्नुभयो ।  कठिन हिमाल पार गर्नुभयो ।  त्यस बेला ठूलो पोखरीको रूपमा रहेको काठमाडौँ उपत्यकाको चोभारमा निकास खोलेर उहाँले यहाँ मानव वस्ती बसाल्नुभयो ।  मञ्जुश्री उताइ सानबाट नेपाल आउनु भएको स्यम्भूको दर्शन गर्नका लागि हो ।  त्यसैबेलादेखि चीनियाँहरू स्वयम्भू र लुम्बिनी आउने, नेपालीहरू उताइ सान र कैलाश मानसरोवर तीर्थ यात्रामा जाने प्रारम्भ भयो ।  यसरी प्राचीन हिमाली मार्ग खोल्ने श्रेय महामञ्जुश्रीलाई जान्छ ।  दूरदर्शी नेता  राष्ट्रपति  सी जिन पिङले प्रस्ताव गर्नु भएको एक पेटी एक सडक (इद्यइच्) प्राचीन रेशम मार्गको नयाँ अवतार हो ।  प्राचीन रेशम मार्गको वारपार गर्ने  कोरिडोर हो ।  सन् २०२० मा ल्हासाबाट केरुङसम्म रेल जोडिएपछि हिमाली रेशम मार्गको आधुनिकीकरण हुनेछ ।  केरुङ दक्षिण एशिया छिचोल्ने चीनको प्रवेशद्वार हुनेछ ।
नेपालमा महामञ्जुश्रीको योगदान
काठमाडौँ उपत्यकाबाट पानी निकास खोलेपछि महामञ्जुश्री पद्मगिरीमा बस्नुभयो ।  पद्मगिरीबाट गुह्येश्वरीसम्म मञ्जुपत्तन नामको नगर बसाल्नु भयो ।  गुह्येश्वरी वरपर उहाँले वृक्षारोपण  गर्नुभयो ।  आपूmसित आएका गृहस्तहरूलाई बस्न उहाँले मञ्जुपतन नगर वस्ती विकास गर्नुभयो ।  गृह त्याग गर्ने लामा भिक्षुहरूलाई बस्न विहार बनाउनुभयो ।
संस्कृतिविद् फणिन्द्ररत्न बज्राचार्यका अनुसार नेवार बौद्धहरूले मञ्जुश्रीलाई मञ्जुदेवाचार्यको रूपमा ग्रहण गरेका छन् ।  तिनीहरूले, मञ्जुश्रीले नेपाल मण्डल स्थापना गरेको र बज्रायान परम्परा प्रारम्भ गरेको मान्दछन् ।  बज्राचार्य सङ्घमा ज्येष्ठ पण्डित बद्री रत्न बज्राचार्यले किटानका साथ लेख्नुभएको छ कि नेपाल मण्डलमा पहिलो बज्राचार्य निर्वाणकाय रूपमा मञ्जुश्री नै हो ।
स्वयम्भू महाचैत्यको मुन्तिर पश्चिमतर्पm माने घुमाउँदै गर्ने चैत्य छ ।  जसलाई मञ्जुश्री चैत्य मानिन्छ ।  मञ्जुश्री चीनफर्के पछि भिक्षु गुणकर लगायतका उनका शिष्यहरूले मञ्जुश्री चैत्य निर्माण गरेका हुन् ।  मञ्जुश्री चैत्यको वार्षिकोत्सव माघ सुदी पञ्चमी, श्रीपञ्चमी को दिन
(जनवरी) मा पर्छ ।  श्रीपञ्चमीलाई वसन्त ऋतुको प्रारम्भ दिन मानिन्छ ।
स्वयम्भूस्थित मञ्जुश्री मन्दिरको आधारस्थलमा ढुङ्गाको मञ्जुश्रीको पैतालाको छाप छ ।  मञ्जुश्रीलाई विद्याकी देवी सरस्वतीको रूपमा पनि ग्रहण गरिन्छ ।  वसन्त ऋतु प्रारम्भको उत्सवको रूपमा मञ्जुश्री जोेडिएको छ ।  पहिले राजाहरूले, अहिले गणतन्त्रकालमा राष्ट्रपतिले श्रीपञ्चमीका दिन हनुमान ढोकामा वसन्त श्रवण गर्छन् ।  ओस्ताजहरूबाट भजन गीत गायन गरिन्छ ।  नेपाल र चीनमा बसन्त ऋतु मनाउने समान सांस्कृतिक परम्परा छ ।  यो प्राचीन रेशम मार्गसित जोडिएर आएको संस्कृति हो ।
उत्ताइ सान र स्वभम्भूमा मञ्जुश्री चैत्यहरू
उत्ताइसान पर्वत वेन सु (मञ्जु श्री) को निवास स्थान हो ।  प्राचीन भारतीय ग्रन्थ अभताम शाकसूत्रमा उत्तरी चीनको उत्ताइसानसित मञ्जुश्रीलाई जोडेको छ ।  सातौँ शताब्दीदेखि भारत र अन्य एशियाली मुलुकहरूबाट उत्ताइ सानमा तीर्थयात्रामा जाने गरेका अभिलेखहरू छन् ।  ५३ वटा पवित्र गुम्बा र विहारहरू भएको उत्ताइ सान सन् २००९ देखि युनेस्कोले विश्व सम्पदा सूचीमा राखेका छन्् ।
मञ्जुश्रीले अन्तरदृष्टिले काठमाडौँ उपत्यकाको तलाउमा फुलेको कमलको फूलमुन्तिर स्वयम्भू देखे र त्यसैको दर्शनार्थ नेपाल आएका हुन् ।  स्वयम्भू काठमाडौँ उपत्यकामा सबभन्दा पुरानो चैत्य हो ।  स्वयम्भू डाँडामै मञ्जुश्रीको पनि मन्दिर छ ।  स्वयम्भू करिब २००० वर्ष पुरानो मानिन्छ ।  सन् १९७९ मा युनेस्कोले स्वयम्भूलाई विश्व सम्पदा सूचीमा राखेका हुन् ।
यो पङ्क्तिकार सन् २००८ अक्टोवर २५ मा उत्ताइ सान पुगेको थियो ।  मैले त्यहाँ आदरण्ीाय लामा गुरुहरूसित भेट्ने र सँगै भोजन गर्ने अवसर पाएको थिएँ ।  लामा गुरुहरूले त्यहाँ पाठ गरेको सुन्दाको सुर र शैली नेवार बज्राचार्यहरूले नेपालमा पाठ गर्ने टुटः जस्तै पाएँ ।  नेवार बौद्धहरूले मञ्जुश्रीलाई काठमाडौँ उपत्यकामा बज्राचार्य धर्मका संस्थापक मान्छन् ।  उत्ताइ सानका अधिकारीहरूले मलाई उत्ताइसान बारेको सचित्र परिचय पुस्तिका ूक्अभलष्अ द्यभबगतथ या ध्गतबष् ःयगलतबष्लू उपहार दिनुभएको थियो ।
उत्ताइ सानमा अरनिकोको श्वेत चैत्य
सन् १३०१ मा उत्ताइसानमा नेपाली कलाकार अरनिकोले श्वेत चैत्य निर्माण गरेका थिए ।  प्रधान सम्पादक ल्यू यान सिङ्ग युसेङ्ग चुन्होले उक्त श्वेत चैत्यबारे यसरी उल्लेख गरेको छ ।  “सिन्ताङ्ग मन्दिरको दक्षिणमा रहेको यायुन मन्दिरसँगै निर्मित श्वेत चैत्य, उत्ताइ सानको प्रतीक मानिन्छ ।  युआन वंशको पालामा बनेको सबै संरक्षित चैत्यहरूमध्ये यो सबभन्दा अग्लो चैत्य हो ।  यो ढुङ्गा र इँटा राखेर निर्मित छ ।  सतहबाट ५६.४ मिटर अग्लो छ ।  यो बेइजिङ्गको मिआयाङ्ग मन्दिरस्थित चैत्यभन्दा पनि धेरै अग्लो छ ।  दुवै नेपालीले तयार पारेको डिजाइन हो । ”
चीनमा पढेर फर्केका नेपालीहरूको एल्मुनाइ अरनिको समाजले परम्परागत शास्त्रीय शैलीमा मञ्जुश्रीको काँसको मूर्ति बनाए ।  उक्त मूर्ति दुई मिटर अग्लो र दुई मेट्रिक टन तौलको छ ।  अरनिको समाजले सुनको जलप लगाए ।  उक्त मूर्ति उत्ताइ सानमा लगेर, नेपाल र चीन बीचको दौत्य सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठमा ४ भाद्र २०६२ साल (२००५ ई) मा भव्य समारोहबीच प्रतिस्थापना गरे, चिनियाँ र नेपालको उच्चस्तरीय अधिकारीहरू, अरनिको समाजका पदाधिकारीहरू, बौद्ध भिक्षु र अरु विशिष्ट पाहुनाहरू त्यहाँ भेला भएका थिए ।  
नेपाल र चीनले रेशम मार्ग भएर सांस्कृतिक सम्बन्ध गाँस्ने र विकसित पार्ने कार्य गरेका छन् ।  चीन र दक्षिण एसियाबीच सभ्यताको सम्बन्ध गाँस्नेतर्फ संस्थापककै रूपमा मञ्जुश्रीलाई मानेका छन् ।  २०१३ मा राष्ट्रपति सी ले प्राचीन रेशम मार्ग र सामुद्रिक रेशम मार्गलाई ब्युँताउने घोषणा गरे ।  मई २०१७ मा पेटी र सडक ९इद्यइच्० बारेमा अन्तर्राष्ट्रिय  सम्मेलनको अध्यक्षता गर्नुभयो ।  नेपाल पनि त्यसमा सम्मिलित भएको थियो ।  सी ले ओबरलाई “शताब्दी योजना” का रूपमा चित्रण गरे ।  ६५ भन्दा बढी मुलुकहरू सहभागी  भए ।  विश्वको दुई तिहाई भूमि, करिब साँढे चार अरब जनतालाई यसले ओगटेको छ ।  यो समावेशी भू–मण्डलीकरणतर्फको व्यावहारिक परियोजना हो ।  मञ्जुश्रीले स्थापना गरेको हिमाली कोरिडोरलाई  राष्ट्रपति सी ले “फलामे रेशम मार्ग” मा परिणत गरेर आधुनिकीकरण गर्दै छन् ।  २०२० मा ल्हासाबाट रेल ल्याइपु¥याएपछि केरुङ्ग चीनको दक्षिण एशिया छिचोल्ने प्रवेश मार्ग हुनेछ ।  





थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना