जडीबुटीमा जाँगर


राजु शिवा

इलाम, साउन २३ गते ।  जडीबुटी खेती व्यावसायिक बन्दै गए पनि बजार प्रवद्र्धनका लागि सहयोग नपाएको किसानले गुनासो गरेका छन् ।  जडीबुटी खेतीमा उत्साह भए पनि झण्झटिलो बिक्री प्रक्रियाले सास्ती खेप्नु परेको किसान र स्थानीय बिक्रेता बताउँछन् ।  
बजारको पहु“च नहुनु, सीमित व्यापारीहरूको बजार ‘मनोपोली’ र परम्परागत प्रथाले समस्या निम्त्याएको किसान बताउँछन् ।  किसानहरूले जडीबुटीलाई कृषि पैदावारअन्तर्गत ल्याउनुपर्ने माग पनि गरेका छन् ।  किसानले उद्योगी र मुख्य व्यापारी गाउँसम्म नपुग्दा यसको मूल्य पनि परिश्रम अनुसार पाउन नसकेको बताएका छन् ।  जिल्लाका किसानले अहिले सहकारी नै गठन गरेर जडीबुटीको खेती गरिरहेका छन् ।  माबु–८ का पेमग्याल्जे शेर्पाले दुःख गरेर जडीबुटी उत्पादन गरिए पनि व्यापार गर्न भने झण्झटिलो प्रक्रियाले सास्ती खेप्नु पर्ने बाध्यता रहेको बताउनुहुन्छ, उहाँले भन्नुभयो ।  गाउँमा बर्सेनि जडीबुटी खेती बढ्दो छ तर यसको व्यापारिक प्रक्रिया सहज नबनाउने हो भने किसानलाई यसले दुःख मात्रै दिने भो ।  शेर्पाले अरू सबै खेती छाडेर अहिले जडीबुटी खेती गरिरहनु भएको छ ।
जडीबुटीबाट वार्षिक एक करोड रुपिया“भन्दा बढी राजस्व उठ्ने भए पनि जिल्ला वन कार्यालयले अपेक्षाबमोजिम सहयोग नगरेको किसान बताउँछन् ।  कार्यालयले प्रक्रिया सहज बनाउन भूमिका खेल्नुपर्ने किसानको माग छ ।  अलैँची मासिएपछि किसान जडीबुटी खेतीमा लागेका हुन् ।  बारीमा लगाएको खाद्यबाली पनि जङ्गली जनावरले खाएर नष्ट गरेपछि आजित किसान जडीबुटी खेतीमा आकर्षित भएको बताउँछन् ।  शेर्पा भन्नुहुन्छ, पहिले मकै, आलु, कोदो रोप्दा आधाभन्दा धेरै बँदेलले नै खाइदिन्थ्यो ।  अहिले जडीबुटी रोपेपछि त्यस्तो दुःख छैन ।  उहाँले यो वर्ष ६० मन चिराइतो बेचेर १२ लाख रुपियाँ आम्दानी गरेको सुनाउनुभयो ।  पेमग्याल्जे जिल्लामा सबैभन्दा बढी चिराइतो उत्पादन गर्ने किसान हुनुहुन्छ ।  जमुनाका ग्याल्बु शेर्पाले पनि जडीबुटी खेतीका अगुवा किसान हुनुहुन्छ ।  प्रत्येक वर्ष जडीबुटीको आम्दानी दोब्बरजसोले वृद्धि हुँदै गएको छ ।  गत वर्ष जिल्लाका किसानले १२ करोड बढीको जडीबुटी बेचेका थिए । chiraito
जिल्लास्थित उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाको प्राविधिक सहयोगमा किसानले चिराइतो, ओखेआलु, लौठसल्ला, लोक्ता, सुगन्धवाल, चमेली, सेतो विखुमा, कुरिलो, सतुवाको खेती लगाएका छन् ।  दशक अघिदेखि जिल्लाका लेकाली भेगमा व्यावसायिक जडीबुटी खेती थालिएको हो ।  जिल्लाका माबु, जुमना, माइमझुवा, प्याङ, सुलुबुङ, माइपोखरी, जोगमाई र नयाँबजारलगायतका गाविसहरूमा जडीबुटीको व्यावसायिक खेती गर्ने किसान छन् ।  पाँचथरको सिदिन, प्राङबुङ, मेमेङ, च्याङ्थापु र फलैंचामा पनि यसको व्यावसायिक खेती हुँदै आएको छ ।  ताप्लेजुङका सुरुङ्खिम र कालिखोलामा जडीबुुटी खेती गरिएको छ ।  
लेकाली भेगमा खेती भएको जडीबुटी अवलोकनका लागि सिजनमा धादिङ, रसुवा, सङ्खुवासभा, खोटाङ, सोलुखुम्बु, सिन्धुपाल्चोकलगायतका जिल्लाहरूबाट किसान र प्राविधिकहरू आउने गरेका छन् ।  उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका युवराज पिसी सरोकारवालाले खेती प्रबद्र्धनका लागि ठोस पहल गर्नुपर्ने बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, सचेतना र क्षमता वृद्धिस“गै प्रशोधनशालासमेत स्थापना गरेर खेती प्रणालीको विकास र सुधार गर्नु आवश्यक छ ।  जडीबुटी बिक्रीका लागि जिल्लामा आठ स्थानमा डिपोहरू स्थापना गरिएका छन् ।  डिपोमार्फत यहाँको जडीबुटी भारतका सिलिगुडी र बैङ्लोर निकासी हुन्छ ।  भारतमार्फत तेस्रो मुलुक पनि जान्छ ।  केही परिमाणको जडीबुटी चीनतिर पनि निकासी हुने व्यापारी बताउँछन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना