दोसाँधमा निजामती प्रशासन

punya prasad dhakalपुण्यप्रसाद ढकाल

 

 

ट्रेड युनियनले देशको समृद्धिमा सहयोगी भूमिका निर्वाह गरिरहेको छ ।  हामी देश र जनताका लागि उच्चस्तरको सेवा गर्न चाहन्छौँ तर हामी आफैँ सरकारलाई सुझाव÷सल्लाह र सामाजिक सौदावाजी गर्ने संस्थाको रूपमा रहेकाले प्रमुख भूमिका दिन खोजिरहेका छैनौँ ।  हामीबाट इमानदार र शालिनतापूर्वक खेलिएको भूमिकालाई कमजोरीको रूपमा हेरिएको छ ।  यो सकारात्मक दृष्टिकोण होइन ।  आधिकारिक ट्रेड युनियनको दायित्व भनेको मुलुकमा सार्वजनिक प्रशासनको जिम्मेवारी र दायित्वलाई सेवाग्राहीमैत्री वातावरण बनाउन सरकारलाई झक्झक्याउने हो ।  सुशासन कायम गराउन जनशक्तिलाई सचेत, सजग र ब्युँताउने हो ।  टे«ड युनियनमा आबद्ध कर्मचारीले सङ्कट र सङ्क्रमणकालमा निजामती प्रशासनलाई जनसेवामा लगानी गरिरहेका छन् ।  टे«ड युनियन प्रशासनलाई जनसेवी र मैत्री बनाउन कार्यनीति, योजना र रणनीतिमा सुधारका थुप्रै प्रयास र वातावरण अनुकूल बनाउन कुरेर बसिरहेको छ ।  नेपाल सम्भावनाको भण्डार भएको मुलुक हो ।  देशले खोजेको सही नेतृत्व, नीति र योजना पाउने हो भने समृद्धिको ढोकामा पुग्न धेरै वर्ष कुर्नै नपर्ने अवस्था छ ।  जुनसुकै कार्यमा निजामतीलाई गाली गर्ने र त्यसमा पनि ट्रेड युनियनकर्मीलाई, यो प्रवृत्तिमा मानसिक रूपमा परिवर्तन गर्न आवश्यक छ ।  गाली खानेले पनि घोत्लिनु जरुरी छ तर सौतेनी आमाले जस्तो एकल दृष्टिकोण नराखी गालीगलौज गर्न सक्दा मात्र समस्याको गाँठो चाडै फुक्ने सम्भावना रहन्छ ।  हामी ट्रेड युनियनबाट निजामती प्रशासन सुधारका लागि भएका प्रयास अविस्मरणीय छन् ।  निजामती अस्पताल, बीमा, विद्यालय, आवास तथा ग्रेड, लुगाभत्ता, औषधोपचार आदि हाम्रा प्रयत्क्ष देखिने कार्य हुन् ।  नपुग भएका अन्य धेरै एजेण्डा छन्, यद्यपि, देशको अवस्था, ढुकुटीलगायतका कारण हाम्रा सङ्घर्ष ओझेलमा÷थन्किएका छन् ।  यि विषय कुनै दिन ब्युँतिनेवाला छन् ।  हामीलाई लाग्दै आएको धेरै ट्रेड युनियनबाट एकल र आधिकारिक ट्रेड युनियनसमेत आमसहमतिमा गठन गरिसकेका छौँ तर गालीका वाछिटा ज्यूँका त्यूँ छन् ।  यसमा गम्भीर समीक्षा हुन जरुरी छ ।  हाम्रो लक्ष्य भनेकै देशको समृद्धि र जनसेवा हो ।  व्यावसायिक क्षमता वृद्धि, पेसागत मर्यादा, पारदर्शिता र स्वच्छ प्रशासन एवम् सेवाग्राहीका आकाङ्क्षाको परिपूर्ति हाम्रा लक्ष्य हुन् ।  सुशासनका लागि धेरै अभ्यास, प्रयोग, गोष्ठी र समीक्षा भएका छन् ।  यद्यपि, देशले गति लिन नसकेको गुनासा सार्वजनिक भइरहेका छन् ।  यसको गहिरो खोजी हुनुपर्छ ।  अस्थिर राजनीति र अस्थायी सरकार विकासका तगारा हुन भन्ने बुझ्नुपर्छ ।   ट्रेड युनियनका सदस्यमा जतिकै चिन्ता र चासो हाम्रा अभिभावकमा हुन सके सङ्घीय सरकारका तीन तहमा सिस्नुपानी लगाएर कर्मचारी खटनपटको व्यवस्थापन गर्न पर्दैन ।  स्वचालित रूपमा नै कर्मचारी खटाएका ठाउँमा जान आतुर छन् ।   
हाम्रा अभिभावकबाट तलकालाई आजीवन निर्देशित, पराधीन र परनिर्भर बनाएरै राख्ने सोचबाट रूपान्तरित हुन सक्दा प्रशासनिक छवि उज्ज्वल बन्ने आशा गर्न सकिन्छ ।   आफू सीसमहलमा बसेर अरूलाई ढुङ्गा र लाठी बर्साउने सोचबाट ग्रसीत बन्दा यस्ले सार्वजनिक प्रशासनको सम्मान बढ्दैन ।  बरु घटाउन सहयोगी भूमिका बन्छ भन्ने कुरामा गम्भीर बन्न सक्नुपर्छ ।  ग्राहकसँग पैसा लिएपछि सबै कुरा मान्न बाध्य नगर वधुझैँ बनाउन खोज्ने प्रवृत्तिका कारण समस्या बल्झिँदै गएको छ ।  यसले कर्मचारीतन्त्रको मूल्य÷मान्यतामाथि तीव्र प्रहार गरेको सार्वजनिक हुँदा समेत टुलुटुलु हेरेर बस्ने समय हामीसँग छैन ।  टे«ड युनियनको भूमिका यतिबेला महŒवपूर्ण रहन गएको छ ।  अहिले कर्मचारीले उठाएका जायज मागको सम्बोधन नगरी जबर्जस्ती घ्रोक्रे ठ्याक लगाउने संस्कारले भलो कसैको हुँदैन ।  जबर्जस्ती गर्ने कानुन नेपालको संविधानमा छैन भन्ने बुझ्न सक्नुपर्छ ।  हामी देश र सेवाग्राहीका लागि संविधान, ऐन, कानुन र व्यावहारिक पक्षलाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न तयार छौँ ।  
निजामती सेवा ऐन, २०४९ को दफा ५३ र नियमावलीको नियम ११७ (क) र
(ख) ले कर्मचारी सम्बन्ध समितिको व्यवस्था गरेको छ ।  यसको इमानदारिताका साथ पालना गरिनुपर्छ ।  ऐन, कानुनले पहिचान गरेका विषयमा आत्मसात् गर्ने दृढ मनोबल सरोकारित सबैमा हुनुपर्छ ।  जोखिम उठाउनेले ऐन÷कानुनको पालना गर्ने साहस देखाउन सक्नुपर्छ ।  यसमै नेपाल र नेपालीको भविष्य सूनिश्चित छ ।  टे«ड युनियनकर्मी सहभागितामूलक ऐन, कानुन निर्माणको पक्षमा छन् ।  एकपक्षीय अवधारणा वर्तमानमा सफल हुन सकेको छैन ।  कर्मचारी आफ्नो पदीय जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ छन् ।  सङ्घीय शासन प्रणाली जन अनुमोदित व्यवस्था भएकोले सिङ्गो निजामती प्रशासन यसको सही कार्यान्वयन र सकारात्मक सफलतामा पु¥याउन चाहन्छ ।  यद्यपि, यसका सही र सकारात्मक दृष्टिकोणलाई प्रहार हुनु उपयुक्त छैन ।  कर्मचारी प्रशासनलाई खल्बल्याउने प्रयास हाम्रा वरिपरि मडारिरहेका छन् ।  समयमै राष्ट्रिय÷अन्तराष्ट्रिय मूल्य मान्यता प्रति सजग रहँदै पाल्न र फाल्नको दोसाँधबाट निजामती प्रशासनलाई उन्मुक्ति दिन सक्नुपर्छ ।  केही मुलुकमा अभ्यास जस्तै तल जाँदा माथिल्लो पदको जिम्मेवारी दिने र सङ्घमा आउँदा यथास्थितिकै पदमा फर्कने व्यवस्था विकल्पको रूपमा लिन सकिन्छ ।  समायोजन विधेयकले कर्मचारीलाई तीनै तहमा पदस्थापना गर्दा स्थानीयबाट स्थानीय, स्थानीयबाट–प्रदेश, प्रदेशबाट–प्रदेश र प्रदेशबाट–सङ्घमा कर्मचारी कसरी आउन सक्छन् भन्ने उल्लेख नगरिँदा अन्योलता छाएको छ ।  
हालको सङ्क्रमण निरूपण गर्न तत्कालीन र दीर्घकालीन रणनीतिक योजनाका साथ निजामती प्रशासनलाई अगाडि बढाउने साहस निर्माण गरिनुपर्छ ।  अहिले ६१७ स्थानमा जनप्रतिनिधिसहितको राजनीतिक प्रणाली स्थापित भएको छ ।  सिंहदरबारको अधिकार दूरदराजका जनताको आँगनमा पुगेको मान्यता राख्ने हो भने सेवा प्रदायकले केही जोखिम उठाउन तयार हुनुपर्छ ।  सार्वजनिक भइरहेको राजनीतिक प्रणाली रूपान्तरण हुने तर प्रशासनिक संयन्त्र यथास्थितिमै रहने हो भने सङ्घीयता सफल हुन्छ, हुँदैन जस्ता विषयलाई ध्यान दिनुपर्छ ।  हामी सङ्घीय शासन प्रणालीलाई जनसेवी बनाउने कार्यमा आतुर छौँ, बारम्बार यिनै शब्द दोहो¥याइरहेका छौँ, कसैले पत्याइरहेको छैन ।  ट्रेड युनियन ९५ प्रतिशतका  माझमा छ, धेरैभन्दा धेरैको अभिव्यक्ति, सुझाव र सल्लाहबाट निकालिएको निचोड नीति निर्माता समक्ष प्रस्तुत गर्ने संस्कार छ ।  यद्यपि, उच्च प्रशासक यसलाई ग्रहण गर्ने कुरामा हिच्किचाइरहेको अनुभूत सार्वजनिक हुन उपयुक्त हुँदैन ।   नेपाल र नेपालीले पहिचान गरेको समावेशी, सहभागितालाई नीति निर्माता र ट्रेड युनियन बीचको सहकार्यबाट मात्रै पूर्णता पाउने विश्वास गर्न सकिन्छ ।  कर्मचारी जनताका हरेक क्रियाकलापमा आफ्नो उपस्थिति जनाउन आतुर छन् ।  अब ढिलाइ गर्नुको अर्थ देखिन्न ।  जति ढिला त्यति नै रोगको पिलो हुने सम्भावनालाई ध्यान दिई, राज्य, राजनीतिक दल र सरकारबाट तत्कालीन सङ्क्रमणकालिन अवस्थालाई व्यवस्थापन गर्न अस्थायी व्यवस्थापनका लागि स्थानीय तहमा खटिने कर्मचारीलाई थप सुविधा उपलब्ध गराएर सेवा सञ्चालन गर्न पठाउँदा सङ्घीयता कार्यान्वयन पनि हुने र कर्मचारीमा उत्प्रेरणा हुने अवस्था आउँछ ।  तत्पश्चात् समायोजन विधेयकमा रहेका कमजोरीलाई हटाई ट्रेड युनियन र विद्धत वर्गबाट प्रस्तुत सुझावलाई समावेश गरी पारित गरेर थप गृहकार्य गरि आमसहमतिका साथ बढुवासहितको मापदण्ड तयार गरी निजामती कर्मचारीको सुनिश्चित भविष्य निर्माण गर्न सक्दा मात्र राष्ट्रले गति लिने अपेक्षा सार्वजनिक भएको प्रति सबै सरोकारित पक्ष गम्भीर बन्न आवश्यक छ ।  
(लेखक आधिकारिक टे«ड युनियनका  अध्यक्ष हुनुहुन्छ)




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना