आज काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

ncकाठमाडौँ, साउन २४ गते ।  नेपाली काँग्रेसले मङ्गलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  पार्टीले आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनबारे आवश्यक रणनीति तयार गर्न र समसामयिक राजनीतिक विषयमा छलफलका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको पार्टी सचिवालयले जानकारी दिएको छ ।   
प्रदेश नम्बर २ का विभिन्न जिल्लामा नेकपा (एमाले)लगायत अन्य पार्टीले उम्मेदवार घोषणा गर्न थालिसकेकाले नेपाली काँग्रेसमाथि दबाब परेको छ ।  मङ्गलबार बस्ने कार्यसम्पादन समितिको बैठकले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाउनेलगायतका विषयमा निर्णय गर्ने पार्टी सचिवालयले जनाएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना