आयामिक संस्कृतिपर्व गाईजात्रा

Tejeshor gwoguतेजेश्वरबाबु ग्वंगः

जहाँ पनि, जहिले पनि संस्कृति बहुआयामिक रहिआएको छ ।  यिनका सामुदायिक, सामाजिक, व्यावसायिक, आर्थिक अनि आस्थाजनक, मनोरञ्जनात्मक र नैतिक सुधारका आयाम रही आएका छन् ।  यिनै आयाम परक रहेको छ–गाईजात्रा उत्सव ।  
सामुदायिक आयामका आधारमा गाईजात्रा सम्पूर्ण नेवार समुदायले अँगालेको सामूहिक संस्कार युक्त संस्कृति हो ।  ललितपुर, भक्तपुर र कान्तिपुरका तमाम नेवारका साथै नेपालभरिका जिल्लाहरूको नेवार समुदायले यस पर्वलाई संस्कृतिकै रूपमा परिपालन गरिआएका छन् ।  पचहत्तर जिल्लामध्ये नेवार समुदायले बस्ती बसालिएकाहरूमा गाईजात्रा मनाइ आएका छन् ।  
    सामाजिक आयामका दृष्टिकोणले गाईजात्रा पर्वले स्थानीय नेवार समाजलाई एक आपसमा सहयोगी र सहभागी बन्ने चेत चस्काएको छ ।  गाईजात्राका झाँकी लाने क्रममा यिनका पारिवारिक, रक्तसम्बन्धी तथा आफन्तजन सामाजिक दायित्व बोध गरी परस्पर सहयोग र सद्भाव पु¥याइरहेका हुन्छन् ।
व्यावसायिक आयामको परिप्रेक्ष्यमा नियाल्दा गाईजात्रासित व्यवसायमूलक सीप र साधनहरूको विवेचना गर्नुपर्छ ।  यस झाँकीप्रदर्शन कार्यमा व्यावसायिक सीप र साधन परिचालनको लेखाजोखा गरिनु अपरिहार्य हुन आउँछ ।  बाँस, डोको, काठ, चोया, परालका साथै मौलिक सीपहरू प्रयुक्त भएका छन् यसमा ।  संस्कृतिभित्र सदैव आन्तरिक सीप समाहित रहेको हुन्छ ।  आन्तरिक सीपमा अपनत्व रहेको हुन्छ ।  बाह्य सीप र साधन प्रवेश हुँदा सांस्कृतिक अधपतन हुन थाल्छ ।  
    आर्थिक आयामका रूपमा विवेचना गर्दा यस चाडको आरम्भिक कालमा सहकारी पहुँच नै आधार बनेको थियो ।  एक परिवारको कार्यभारमा साझा सहयोगको भावना र सहकार्य हुन्थ्यो परिवार, समुदाय र समाजको नजिक सदस्य, इष्टमित्र, सद्भावकहरूबाट गरिने सहयोग र सहकार्य गुरुत्तर आर्थिक पक्ष बनेका हुन्थे ।  यी कार्यहरू अहिलेको भौतिक आग्रह ग्रसित समयमा पूरापूर मौद्रिक बन्न पुगेको छ ।  सहकारिता पनि ओठेभक्ति साधना बन्न पुगेको छ ।  गाईजात्राको वर्तमान आर्थिक पक्ष शतप्रतिशत मौद्रिक स्वार्थको चङ्गुलमा फसिसकेको छ ।  
    आस्थाजन्य आयाममा गाईजात्रा भित्र रुमलिएका विश्वासका धारणा पर्छन् ।  विश्वास मानिसको जीवन मूल्य–मान्यताजन्य विजन पद्धतिको जरो हो ।  मानिसको जीवन आस्थामय छ ।  आस्था बलियो विश्वास भनूँ या विश्वासको बलियो चिन्तनले उनेबुनेको हुन्छ ।  इहलोक र परलोकको सोच–आस्थाको आधार बनेको छ गाईजात्रा उत्सव ।  कोही भन्छन् मरण पछि चहार्नुपर्ने स्वर्ग–नर्कको विचरण अवश्यंभावी छ ।  कोही बताउँछन् कि गाईजात्रा वैतरणी तर्दै पुग्नुपर्ने यमलोक विचरणको अवस्थाको काल्पनिक तर यथार्थ चित्रण नै ठान्दछन् पनि ।  कोही कथ्छन् कि गाईजात्रा मल्ल महारानीको पुत्र वियोग वेदान्त शान्त पार्न रचे रचाइएको सांस्कृतिक पहल !
    मनोरञ्जनात्मक तरङ्गमा गाईजात्रा भक्तपुरको सर्वोत्कृष्ट छ ।  प्रहसन र व्यङ्ग्य विनोदको प्रचुरता यस चाडको मोहक, स्वादिलो रस हो ।  व्यङ्ग्य विनोद आक्षेप नभएर सुधारका लागि मार्गप्रशस्ती बन्छ ।  यिनै सुधारात्मक व्यङ्ग्य विनोदले समाजको अघिल्लो पङ्क्तिमा दरिएकाहरूको नैतिक आचारण सुदृढ पार्न परोक्ष अपरोक्ष तवरले बल पु¥याइरहेको हुन्छ ।
    अनेक कोणको अनेक अनेक आयाम बोक्दो यो विचित्रमय गाईजात्रा मलाई भने शासन प्रणालीले सहज प्रतिपादन गरे गराइएको राज्य व्यवस्थामूलक चाडपर्व उत्सव जे भने पनि प्रबन्ध नै लाग्छ ।  राज्य व्यवस्थामूलक संस्कृति भन्नु वर्ष दिनभित्र दिवंगत मानिसको मृत्यु गणना सहज तवरले गर्न लगाउने योजना, रणनीति जे भनिए पनि राजनैतिक निपुणता कसरी होइन भन्न सकिन्छ होला ?
    मृत्यु गणनालाई सहज, सरल र सुगम बनाउन राजनैतिक÷राज्य व्यवस्था÷शासन प्रणालीको बेजोड समकालीन पहुँच पक्कै थियो ।  अझै मान्नुपर्दो नै रहेको छ ।  बेजोड समकालीन पहुँच भन्नुको तात्पर्य सरकार र शासनयन्त्रलाई सम्पूर्ण भार मुक्त पारी पूरापूर जनसहभागितामूलक बनाएर स्वचालित पर्व मनाउने कूटनैतिक चातुर्य तत्कालीन मल्ल शासन पद्धतिको जनताप्रति प्रगाढ आस्था बनेको छ ।  एक्काइसौँ शताब्दीको दोस्रो दशकको आरम्भकालीन नेपाली लोकतन्त्र नामक शासन प्रणाली निमित्त पनि प्रेरणादायी निर्देशक सिद्धान्त बन्न सक्छ ।  
    मृत्यु गणनाको प्रयोजन निमित्त सहज पार्न भक्तपुर सांस्कृतिक नगरमा सबैभन्दा पहिले समयको कित्ताकाट÷निर्धारण गरेको छ ।  बिहान सखारै डोको–सा (डोके–गाई) केटाकेटी मरण सूचक बिम्ब बनाएर सांस्कृतिक सम्पदा मार्ग भएर परिक्रमा गरिन्छ ।  केटा या केटी मरेको सूचक बिम्ब बनाएर डोको–सा नगर परिभ्रमण गराइन्छ ।  केटाको बिम्ब केटौली पहिरन, केटीको प्रतीक केटीको लुगा डोकोमा बेरेर तयार पारेको हुन्छ ।  मृत्यु गणना गर्नेका लागि तिनै पहिरन केटो या केटीको वस्त्र नै सहज बनिरहेको हुन्छ ।  नौ दश बजे उपरान्तको समय युवा, मध्यवयस्क, वृद्ध वृद्धाका लागि हुन् ।
    युवा, मध्य वयस्क, वृद्धवृद्धाका मृतक सूचक बिम्ब थरिथरिका हुन्छन् ।  धेरैले ताहासा (अग्लो गाई) नै प्रदर्शन गर्छन् ।  ताहासा चारवटा बाकस खर्पनको गोलाकार चक्का, चोया वा पराल बाटेको डोरी निर्माण सामग्री बन्छन् ।  केटो÷ पुरुषको चिह्न सेतो कपडा÷वस्त्र, केटी÷महिलाको चिह्न फरिया÷सारी बेराईबाट बुझिन्छ ।  गर्भवती महिलाको निधन सूचक बिम्बका रूपमा ताहासाको पेट भागमा एउटा सानु गाई(चित्र र पराले सिङ्ग जडेर परिभ्रमण गराइन्छ ।  
    इह, पर या यम लोकको अवधारणा चिन्तनधार मात्र नभई वैज्ञानिक सोच पनि साबित हुन थालिरहेको छ ।  पर या यम लोक मृत्यु वा देहको अवसान पछि अदृश्य अवस्थाको ठाउँ हो ।  व्योम अर्थात् आकाश अभेद्य अवस्थामा डुल्दो आत्मा तìवको विचरणलोक हो ।  आकाश देखिने र नदेखिने दुवै अवस्था परक अनन्त आनन्दस्थल रहेको छ ।  गाईजात्रामा प्रदर्शन गरिने दिवंगतहरूको बिम्ब बनाइने डोकोसा, ताहासाका सिलसिलाले यहांँ यमलोक छुन पुगेको छ ।  परलोक र यमलोक एक आपसका पर्याय बनेको छ ।  गाईजात्राका झाँकीहरू इहलोक र परलोक अर्थात् यमलोकसम्बन्धी काल्पनिक प्रस्तुतिबनेका छन् ।  त्यसै कारण अल्वर्ट आइन्स्टाइनले भनेथे स“ज्ञानभन्दा कल्पना महìवपूर्ण छ” ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना