संविधान कार्यान्वयन उच्च प्राथमिकतामा


राधा चालिसे

 

ललितपुर, साउन २५ गते । नेपाली काँग्रेसले संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिँदै सत्तारुढ तथा अन्य दलका शीर्ष नेताहरूसँग छलफल गरेर संविधान संशोधनको प्रस्तावलाई पारित गर्न व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने भएको छ । काँग्रेसको २९ सदस्यीय सम्पादन समितिको बिहान ९ बजे सुरु भई झन्डै १२ घन्टा चलेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकमा २०७४ असोज २ गते हुन लागेको प्रदेश नं. २ को स्थानीय तह तेस्रो चरणको निर्वाचन तथा समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा छलफल भएको थियो । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा शान्ति स्थापना गर्दै लोकतन्त्रलाई स्थायित्व दिएर संविधानको पूर्ण कार्यान्वयनका लागि नेपाली काँग्रेस एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा यस्तो बताउनुभएको केन्द्रीय सदस्य बालकृष्ण खाँणले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले प्रदेश र सङ्घको निर्वाचनलाई पनि समयमा नै सम्पन्न गर्न अन्य राजनीतिक दलसँग पनि सहकार्य गरेर अगाडि बढ्ने र सरकारले आवश्यक गृहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । nc
त्यस्तै, व्यवस्थापिका संसद्मा संशोधनका लागि दर्ता भएको संविधान संशोधन विधेयक सबै दलसँग परामर्श गरेर संसद्मा पारित गर्न निर्णयार्थ अगाडि बढाउने र त्यसको जिम्मा पार्टी सभापति एवम् प्रधानमन्त्रीलाई दिने बैठकले निर्णय गरेको नेता खाँणले बताउनुभयो । झण्डै १२ घण्टासम्म बसेको काँग्रेसको बैठकले प्रदेश नम्बर २ का १२७ स्थानमा हुने स्थानीय तहको निर्वाचनका लागि यही साउन २९ गतेसम्ममा उम्मेदवारको टुङ्गो लगाएर नामावलीसहितको प्रतिवेदन पठाउन सो प्रदेशका ८ वटै जिल्लाका पार्टी निकायलाई निर्देशन दिने निर्णय गरेको पार्टी सचिवालयले जनाएको छ ।
आजको बैठकमा नेपाली काँग्रेसले सबै तहका निर्वाचनका लागि उम्मेदवारी चयन गर्दा व्यावसायिक क्षेत्र उच्च सफलता हासिल गरेर मुलुक निर्माणमा सहयोग गरिरहेका र ख्यातिप्राप्त व्यक्तिहरूलाई पनि अवसर दिनुपर्छ भन्ने बहस सुरु भएको जानकारी पनि नेता खाँडले दिनुभयो । बैठकमा सहभागी सदस्यहरूले समसामयिक विषयमा छलफल गर्दै काँगे्रसले आफ्ना सदस्य एवंम कार्यकर्तालाई राजनीतिक परिवर्तन र समाज परिवर्तनको संवहाकको रुपमा काम गर्न लगाउने, समाजको
आर्थिक समृद्धिका लागि काँग्रेस कार्यकतालाई उपात्दनमुखी कार्यमा अभिप्रेरित गरिनुपर्ने धारणा पनि बैठकमा राखिएको थियो ।
नेपाली काँग्रेसको मंगलबारको बैठकले लामो समयदेखि आन्दोलनरत अस्यायी शिक्षकको बारेमा पनि निर्णय गरेको छ । काँग्रेस बैठकले अस्थायी शिक्षकलाई स्थायी हुने मौकाका लागि शिक्षा सेवा आयोगले लिने परीक्षामा सहभागी हुन पाउने र परीक्षामा अनुत्तीर्ण भए पनि उपदानको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । यस्तो ब्यवस्थाबाट अस्थायी शिक्षकहरूलाई न्याय हुने विश्वास पार्टीले लिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना