दुई गाउँबाट चार करोडको गोलभेडा बिक्री


नारायण तुम्बापो

फिदिम, साउन २६ गते ।  यसपटक पाँचथरको गोलभेडा पकेट क्षेत्र तोकिएका अमरपुर र नागीबाट चार महिनामा चार करोड रुपियाँभन्दा बढीको गोलभेडा बिक्री भएको छ ।  
यहाँ वैशाखमा रोपी उत्पादन गरेर साउनभित्र बिक्री गरिसक्ने गोलभेडाले यस वर्ष किसानले चार करोड २९ लाख ७५ हजार रुपियाँ आम्दानी गरेका हुन् ।  
याङ्वरक गाउँपालिका–६ मा पर्ने नागी र हिलिहाङ गाउँपालिका–१ को अमरपुरका किसानले गोलभेडा बेचेर गत वर्षको तुलनामा दोब्बर आम्दानी गरेका हुन् ।  यसपालि अभियानका रूपमा बृहत् क्षेत्रफलमा नागीका ५८० घरले प्रतिघर एक हजार आठ सय र अमरपुरका ४५० घरले प्रतिघर एक हजार पाँच सय बोट गोलभेडा रोपेका थिए ।  
यही हिसाबले किसानले दुई गाउँमा सत्र लाख १९ हजार बोट गोलभेडा रोपेकामा प्रतिबोटमा न्यूनतम दुई किलो फलेको किसान वीरेन्द्र काफ्लेले बताउनुभयो ।  यस हिसाबमा ३४ लाख ३८ हजार किलो गोलभेडा फलेको र सरदर प्रतिकिलो २५ रुपियाँमा बिक्दा किसानले आफ्नो गाउँमा यतिका आम्दानी भिœयाउन सफल भएका हुन् ।  tomatoo
पर्याप्त वर्षा हुनाले यसपालि गोलभेडा उत्पादनमा वृद्धि भएको बताइएको छ ।  मूल्य पनि वृद्धि हुनाले आफूहरूले राम्रो आम्दानी गरेको अमरपुरका किसान प्रेमकुमार सिग्देलले बताउनुभयो ।  
यस क्षेत्रमा गतवर्ष १२ लाख किलोसम्म मात्र गोलभेडा फलेको र प्रतिकिलो १८ रुपियाँमा बिक्दा दुई करोड रुपियाँ मात्र आम्दानी भएको जनाइएको छ ।  यसपालि आफूहरूले प्रतिकिलो १८ देखि ४० रुपियाँसम्ममा गोलभेडा बेचेको नागीका देवीप्रसाद सिग्देलले बताउनुभयो ।  पोहोरभन्दा यो साल दोब्बर बढी २६ क्विन्टल गोलभेडा फलाएर बेच्दा दोब्बर नै बढी ६५ हजार रुपियाँ आम्दानी भएको उहाँले सुनाउनुभयो ।  उत्पादित गोलभेडा किसानले नागी अमरपुरका ठाउँठाउँमा खुलेका तरकारी तथा फलफूल सङ्कलन केन्द्रमा लगेर बेच्ने गरेका छन् ।   
यहाँका किसानले टनेलका साथै खुल्ला ठाउँमा गोलभेडा खेती गर्ने गरेका छन् ।  किसानलाई आर्थिकका साथै प्राविधिक रूपमा सहयोग गरेर गोलभेडा खेतीमा प्रोत्साहित गरिरहेको पाँचथरका वरिष्ठ कृषि विकास अधिकृत कमलेस तिवारीले बताउनुभयो ।  
नागी अमरपुरमा उत्पादित गोलभेडा व्यापारीले विर्तामोड, नारायणघाट, काठमाडाँै र भारतमा समेत लगेर बेच्ने गरेका छन् ।  विगत सात वर्ष अघिदेखि व्यावसायिक रूपमा नागी अमरपुरमा गोलभेडा खेती भइरहेको हो ।  यहाँको गाउँ बस्तीको अर्थतन्त्र गोलभेडाकै आम्दानीले उकालो चढीरहेको पनि पाइएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना