बेलहियामा चार किमी लाइन


लक्ष्मण पौडेल

भैरहवा, साउन २६ गते ।  सुरक्षाका नाममा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले बेलहिया–सुनौली सीमा नाकामा गरिरहेको अवरोधले पाँच दिनबाट निर्यात प्रायः ठप्प रहेको छ ।  साउनको पहिलो सातादेखि अवरोध गरेको एसएसबीले अझै पनि चेकजाँच र खानतलासी रोकेको छैन ।  
‘भारत प्रवेशद्वारको मूलगेटमा बसेर एसएसबीले यात्रुको समेत खानतलासी लिने गरेको छ ।  पहिले सामान्य हिसाबले चेकजाँच गर्ने भारतीय सीमा सुरक्षा बलले अहिले एउटा सवारी साधन चेकजाँच गर्न आधा घण्टाभन्दा बढी समय लगाउने गरेको छ’– जिल्ला ट्राफिक प्रहरी एकाई चेकपोष्ट बेलहियाका प्रहरी नायब निरीक्षक विष्णुबहादुर जिसीले भन्नुभयो ।  
भारतीय पक्षको यो चेकजाँचले सबैभन्दा बढी मार आयात–निर्यात व्यापारमा देखिएको छ ।  चेकजाँचमा निकै समय लाग्ने भएकाले अहिले नेपाल र भारततर्फ मालबाहक सवारी साधनको लामो लाइन बनेको छ ।  नेपालमा सामान अनलोड गरेर भारत जान लागेका खाली सवारी साधनमा समेत एसएसबीले कडा चेकजाँच गरिरहेको छ ।  अहिले नेपालतर्फ चार किलोमिटरसम्म गाडीको लाइन छ ।
‘भैरहवा भन्सारबाट पछिल्लो पाँच दिनबाट निर्यात प्रायः ठप्प छ ।  आयातमा समेत असर परेको छ’, प्रमुख भन्सार अधिकृत भूपाल शाक्यले भन्नुभयो– ‘‘राजस्व सङ्कलनमा दैनिक पाँचदेखि सात करोड रुपियाँसम्म घाटा भइरहेको छ । ’’ belahiya
सयौँ सवारी साधन बाहिरिने यो नाकामा भारतीय पक्षले दुई÷चारजना सुरक्षाकर्मी राखेर लामो समय चेकजाँच गर्दा आयात–निर्यात प्रभावित भएको हो ।
   ‘सामान्य अवस्थामा दैनिक १८ देखि २० करोड रुपियाँको राजस्व सङ्कलन हुन्थ्यो’, प्रमुख भन्सार अधिकृत शाक्यले भन्नुभयो– ‘अहिले अवरोध भएपछि दैनिक १२–१३ करोड रुपियाँ मात्रै राजस्व सङ्कलन भएको छ । ’
नेपालबाट निर्यात हुँदै आएका सामान पनि नाकामै रोकिएका छन्, जसले निर्यातमा पनि नकारात्मक प्रभाव देखिएको छ ।
  भारतको अघोषित नाकाबन्दीका बेलासमेत सहज रहेको नाका बिनाकारण अवरोध हुँदा यस क्षेत्रका ठूला–ठूला उद्योगधन्दा र यहाँ खुल्ने भनिएका व्यावसायिक प्रतिष्ठान पनि अन्यत्र प्रस्थान हुनसक्ने चिन्ता व्यवसायीलाई छ ।  
कतिपयले रुट परिवर्तन गरी नवलपरासीको महेशपुर नाकाबाट सामान आयात गर्न थालेका छन् ।  सदरमुकाम परासीहुँदै महेशपुरबाट भारतको ठूठीबारी प्रवेश गरेर भारत जान लागेका मालबहाक ट्रकको चापले परासी–महेशपुर सडकखण्ड व्यस्त बनेको छ  ।
साउन पहिलो सातादेखि सुरक्षाको कारण देखाउँदै सीमा क्षेत्रमा भारतीय पक्षले अवरोध गरेपछि नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, भारतीय सुरक्षा बलका डीआईजी, नेपाली सुरक्षा निकायका प्रमुखबीच गत साता भएको छलफलमा भारतीय अधिकारीले सीमा क्षेत्रमा अवरोध नगर्ने जनाएका थिए ।  
  सहमतिबमोजित चार–पाँच दिन सवारी साधन आवतजावत गरे पनि पुनः सुरक्षा अवस्था देखाउँदै भारतीय पक्षले नेपालबाट भारतर्फ जाने सवारी साधनलाई फेरि कडाइ गरेको हो ।  
सहमतिअनुसार भारतीय पक्षले नाका सहज गराउनुपर्नेमा झन् कडाइ गरेपछि भारतीय अधिकारीसँग कुराकानी गरी नाका सहज गराउन आग्रह गरेकाले केही दिनमै सहजता आउने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताउनुभयो ।
अहिलेको स्थितिले कतिपयलाई दुई वर्षअघि नाकाबन्दीको समेत सम्झना गराएको छ ।  त्यतिखेर सुरुमा अरू नाकामा निकै कडाइ भए पनि सुनौलीमा भने केही खुकुलो गरिएको थियो ।
  व्यापारको हिसाबमा सुनौली, वीरगञ्जपछि दोस्रो महìवपूर्ण सीमा नाका हो ।  नाकाबन्दीले वीरगञ्ज सबैभन्दा प्रभावित भएपछि सुनौलीमा आयात–निर्यात परिमाण बढिरहेको थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना