कर्णाली राजमार्गको दुरदशा:गाडीलाई यात्रुले तान्नुपर्ने

बिस्नप्रसाद न्यौपाने

कालिकोट साउन २६ गते । गाडी गुडाउनका लागि  यात्रुले तान्नुपर्ने भन्दा धेरैजसोलाई अचम्म लाग्ला ! गाडीमा यात्रा गर्ने यात्रुले नै तानेर गाडी गुडाउनु पर्दा भाडा तिरेर गाडी चढ्नुको के अर्थ होला ?  नेपालका सायद कुनै पनि अन्य सडकहरुमा यसरी गाडीलाई यात्रुले बोक्नुपर्ने समस्या पनि छैन होला तर कर्णाली राजमार्गमा भने गाडीलाई यात्रुले बोक्ने कुरा कुनै नौलो बिषय होईन् । साँघुरो बाटो बर्षेनी बर्षायाम सँगै ठाँउ- ठाँउमा पहिरो जाने समस्याका कारण बर्षेनी यात्रुहरुले गाडी गुडाउनका लागि डोरी लगाएर तान्नुपर्ने समस्या झेल्दै आएका छन् ।
        २०६३ साल चैत ३० गते पहिलोपटक कर्णाली राजमार्ग अन्तरगतको जुम्ला सुर्खेत राजमार्गमा गाडी गुडेको थियो । मोटामोटी ५ मिटर चौडा भएको यो राजमार्गमा सुरु- सुरुमा त यहाँका नागरिकहरुले खुसीयाली समेत मनाएका थिए । तर एक दशक अगाडी नेपाली सेनाको सहयोगमा ट्याग खोलीएको सडक त्यसै ५ मिटर चौडाईको बाटो पिज भईसक्दासम्म पनि गाडीलाई यात्रुले बोक्नु पर्ने समस्या पर गएको छैन् । सुर्खेत देखी  बुधबार मात्र कालिकोट आउनुभएका कालिकोट जिल्लाको नरहरीनाथ गाउपालिका वडा नं. ३ निवासी नन्दादेवी बहुमुखी क्याम्पस प्रमूख गौरी भट्टराईले सुर्खेत देखी कालिकोट पुग्दासम्म एक दर्जन बढी ठाँउहरुमा यात्रुहरुले गाडीलाई तान्नु परेको बताउनुभयो । उहाँले बिभिन्न खोलाहरुमा पहिरो गएको र हिलाम्मे सडक भएकाले गाडी नचढ्दा यात्रुले डोरी लगाएर तान्दै गाडी गुडाउदै यात्रा गर्नु परेको बताउनुभयो ।
      उहाँ मात्र होईन कर्णाली राजमार्ग अन्तरगतको जुम्ला सुर्खेत सडकखण्डमा  दैनिकजसो यात्रा गर्ने यात्रुहरुले यस्तो सास्ती खेप्नु परेको छ । बर्षायाम सुरु भएसँगै नियमित बर्षा आएपछि ठाँउ ठाँउमा पहिरो जाँदा दैनिक रुपमा राजमार्ग अबरुद्ध हुने, पहिरो आएपछि सम्बन्धित निकायले तत्काल पहिरो नपन्छाउदा दिनहु सडक बन्द हुने, लगायतका समस्याले कालिकोट, जुम्ला, मुगु लगायत आसपासका क्षेत्रका नागरिकहरुलाई सास्ती हुने गरेको छ । kalikot bus
    सुर्खेत जुम्ला सडकखण्ड अन्तरगतको कालिकोट खण्डमा पर्ने दैखोला, कालेखोला, सुनार खोला, एस मोड लगायतका ठाँउहरुमा पहिरो गएको र टाकुल्ला, खल्लागाड, घट्टे खोला, लगायतका खोलाहरुमा पुल नबन्दा दैनिक रुपमा कर्णाली राजमार्ग अबरुद्ध हुँदै आएको छ । बर्षेनी बर्षायाम लागेसँगै निरन्तर कर्णाली राजमार्ग अबरुद्ध हुँदै आएपनि सडक डिभिजन कार्यालय र राजमार्गका अन्तरगतका बिभिन्न ठाँउमा पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीहरुको लाप्रबाहीका कारण आम नागरिकहरुले सास्ती खेपिरहेका छन् । कालिकोट जिल्लामा सडक डिभिजन कार्यालय नहुँदा कर्णाली राजमार्गमा यात्रा गर्ने आम नागरिकहरुले यस्तो समस्या खेपिरहेको कालिकोटका सरोकारवालाहरुको भनाई छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना