फर्जी बिलविरुद्ध लाग्ने

रसुवा,  साउन २८ गते  । जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित पदाधिकारीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जिससका प्रमुख कुलप्रसाद भट्ट र उपप्रमुख छोपेमा तामाङलाई शपथ गराउनुभएको थियो । आफ्नो शपथपछि प्रमुख भट्टले निर्वाचित समितिका सदस्य अर्जुनप्रसाद पौडेल, तेम्बा ग्याल्पो घले जिएल, चित्रकुमारी भट्ट न्यौपाने, शारदादेवी गुरुङ, सुशीला तामाङ, कृष्णप्रसाद सुवेदी र नुर्पुछिरिङ तामाङलाई शपथ गराउनुभयो ।

पदबहाली गर्दै प्रमुख भट्टले सडकलगायत जिल्ला प्राविधिक कार्यालयबाट अनुगमन हुने गरेका सबै विकासका काममा बन्ने भनिएको फर्जी बिल खोजी भ्रष्टाचार निर्मूल पारेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds