इरानले आणविक निर्माण कार्यक्रममा बजेट बढायो

 

तेहरान, साउन २९ गते । इरानले आणविक क्षेत्रप्यास्त्र तथा यससम्बन्धी कार्यक्रम निर्माणका लागि राष्ट्रिय बजेटमा वृद्धि गरेको समाचार छ । 


इरानको संसद्ले आइतबार सो निर्णय गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार इरानको संसद्ले यस कार्यक्रमका लागि ५२ करोड २० लाख अमेरिकी डलर बराबरको बजेट छुट्टाइएको छ । 

यो रकम अमेरिकाले हालै लगाएको इरानमाथिको नाकाबन्दीको विरुद्धमा बढाइएको जवाफ इरानले दिएको छ । इरानका सभामुखले आइतबार सो बजेट वृद्धिको घोषणा गर्नुभएको हो । 

इरानी सभामुख अलि लारिजानीले भन्नुभयो, अमेरिकनहरुले यो बुझ्नुपर्छ कि यो बजेट वृद्धिको काम हाम्रो प्रारम्भिक काममात्र हो र अमेरिकनका विरुद्धमा हामीले यस्ता कार्य पनि गर्नेछौँ । 
इरानको संसद्मा भएको मतदानमा प्राय सबैजसो सांसदले अमेरिकाका विरुद्धमा यो कार्यक्रम लक्षित रहेको बताएका छन् । उनीहरुले आतङ्कवादका विरुद्धमा भनेर पनि अरु केही बजेट बढाएको बताएका छन् । गत जुलाई महिनामा अमेरिकाले इरानको आणविक कार्यक्रमका विरुद्ध नाकाबन्दीको घोषणा गरेको थियो । रासस÷एएफपी 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds