कृष्णाष्टमी आज

Shreekrishnaललितपुर, साउन ३० गते । भाद्र कृष्ण अष्टमीका दिन सोमबार भगवान् श्रीकृष्णको जन्मोत्सव मनाइँदैछ । पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको थियो ।
‘कर्म गर, फलको आशा नगर’ भन्ने भगवान् श्रीकृष्णको आदर्शमय वाक्य सधैंका लागि र सबैका लागि यसै दिन संस्मरण गरेर भगवान् श्रीकृष्णप्रति भक्तिभाव प्रकट गर्ने गरिन्छ ।  
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्णाष्टमीका अवसरमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना