घूस मागियो ? १०७ मा डायल गर्नुहोस्

काठमाडौँ, भदौ २ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका विषयमा पीडित पक्षको उजुरी सुन्न शुक्रबारबाट १०७ नम्बरको निःशुल्क (टोलफ्री) टेलिफोन सुविधा उपलब्ध गराउने भएको छ । उजुरीका लागि उपयोग गरिने यो नम्बरका बारेमा सबै सेवाग्राही कार्यालयमा स्टिकर टाँस गरी जानकारी दिइनेछ । Rss 5 photo

आयोगका सचिव राजन खनालले बिहीबार बोर्डको अनावरण गर्नुभयो । उहाँका अनुसार सुरुमा काठमाडौँ उपत्यकामा रहेका मालपोत कार्यालय, उपत्यकाका नगरपालिका कार्यालय, श्रम र यातायात कार्यालयलगायतमा बोर्ड रहनेछन् ।
भ्रष्टाचारको उजुरी दिँदा पीडित पक्षलाई सजिलो होस् भन्ने उद्देश्यले बोर्ड र स्टिकरको व्यवस्था गरिएको हो । टेलिफोनमा आएको उजुरीलाई रेकर्ड गरी लिपिबद्ध गर्ने र सुरक्षित राख्ने व्यवस्था गरिएको छ । १०७ नम्बरको यो फोनमा सातवटा फोनका सेट चालू रहनेछ । विशेषगरेर रङ्गेहात पक्राउ गर्नुपर्ने भ्रष्टाचारजन्य कार्यमा यो निकै उपयोगी हुने आयोगको अपेक्षा छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना