प्रहरी श्रीमती संघको योगदान महत्वपूर्ण–सभामुख

onsari-gharti-magar-final-3-1000x0काठमाडौँ, भदौ ४ गते । सभामुख ओनसरी घर्तीले नेपाल प्रहरी श्रीमती संघले समाजसेवाको क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल प्रहरी श्रीमती संघको ३३औं वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घर्तिले सामाजिक सेवा, प्रकोपका बेला राहत वितरण, लागूऔषध दुव्र्यसनीको पुनःस्थापना, असहाय तथा असक्तको सेवामा संघले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्नुभयो ।

उहाँले ३३ वर्ष अगाडिदेखि नै महिला सशक्तिकरणको महत्वपूर्ण मञ्च प्रदान गरेकोमा प्रहरी संगठन र यसको नेतृत्वलाई धन्यबाद दिनुभयो । संघले सरोकारवाला निकायसँग छलफल गरी महिलाका लागि थप प्रभावकारी कार्यक्रम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा सभामुख घर्तीले संघमा अनवरत रुपमा सेवा गर्दै विपत्तिमा समेत जनमुखी समाज सेवा गर्नुभएका नेपाल प्रहरी श्रीमती संघका पूर्व अध्यक्ष एवं उपाध्यक्षहरुलाई ताम्रपत्र प्रदान गर्नुका साथै संघको मुखपत्र ‘सहचरी २०७४’ को विमोचन गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न संघसंस्था तथा महानुभावलाई प्रशंसापत्र एवं प्रहरी विद्यालयबाट २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उहाँले नितान्त सेवाभावले स्थापित संघले समाजसेवामा योगदान दिँदै आएको बताउँदै त्यस्ता कार्यले नेपाल प्रहरीको पेशागत गौरव बढाएको बताउनुभयो ।

संघका अध्यक्ष सीमा अर्यालले संघले सामाजिक सेवामार्फत उपलब्ध गराउने सहयोग केवल सहयोगमा मात्र नरही यसले कसैको जीवन स्वालम्बी बनाउन सकोस भन्ने मान्यताकासाथ अघि बढेको बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना