बाढीपहिरो, जलवायु परिवर्तन र बोधसाल

hemchandra mahatoहेमचन्द्र महतो

 

नेपाल बाढीपहिरोको उच्च जोखिममा परेको देश हो । भर्खरै नेपालको तराईमा अविरल वर्षाका कारण बाढीले निकै क्षति ग¥यो, व्यापकरूपमा धनजनको क्षति मुलुकले व्यहोर्नुुुुप¥यो । २०७४ साल श्रावण २७ गतेदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो डुबानबाट गृह मन्त्रालयको भाद्र २ गतेको जानकारीअनुसार १३५ जनाको मृत्यु, ३० जना बेपत्ता र ४१ जना घाइते भएका छन् । साथै प्रारम्भिक विवरणअनुसार उन्नानसी हजार आठ सय बाह्र वटा घरमा पूर्णरूपमा क्षति पुगेको छ भने एक लाख चार हजार चार सय पच्चीस घरमा आंशिक रूपमा क्षति भएको छ । भौतिक पूर्वाधारलगायत संरचनामा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयहरूबाट यकिन गर्ने कार्य जारी रहेको पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।
जलवायु प्रकोप अर्थात् हाइड्रोमेटेरोजिकल प्रकोपको कारणले हरेक वर्ष नेपालमा मानिस, पशुचौपयाको ज्यान जानेलगायत अन्य महìवपूर्ण संरचना क्षति हुने गर्छ । हाइड्रोमेटेरोजिकल प्रकोप बाढी, पहिरो, शितलहर, गर्मीको कारण लू लाग्ने, असिना पर्ने आदि हुन् । गृह मन्त्रालयको एक प्रतिवेदनअनुसार धेरै प्रकोपमध्ये बाढी र पहिरो मुख्य प्रकोप हुन, जसले गर्दा नेपालमा वार्षिक बढी धनजनको क्षति हुने गर्छ । गृह मन्त्रालयको सन् २०१४ को तथ्याङ्कअनुसार नेपालमा बाढी र पहिरोको कारण प्रत्येक वर्ष सयभन्दा बढी मानिसको ज्यान जाने गर्छ भने सन् २००२ मा मात्रै चार सय जनाभन्दा धेरैले ज्यान गुमाउनु पर्ने अवस्था आएको थियो ।
अब कसरी बच्ने यस्तो भीषण बाढी पहिरोबाट ? अहिलेको अहँ सवाल भनेकै यही हो । यसका लागि मानवीय तथा प्राकृतिक उपायहरू अवलम्बन गरिनुपर्ने कुरामा शायदै कसैको दुई मत होला ? र यो नै बाढी पहिरो रोकथाम तथा नियन्त्रणको सबैभन्दा दिगो उपाय हुनसक्छ । अब प्रश्न उठछ कसरी बाढीपहिरोबाट प्राकृतिक रूपमै बच्न तथा यसको रोकथाम गर्न सकिन्छ ? यसका लागि नेपालमा पाइने बोधसाल विरुवा एक विकल्पको रूपमा हुनसक्छ ।
धेरै पानी परे पछि पानी भन्डारण हुने ठाउँ जस्तै नदी, पोखरी आदि भरिएर बढी प्रवाह भई बाढी आउने गर्छ । कम समयमा धेरै पानी प¥यो भने विकराल विपत्तिजन्य बाढीको रूप लिने गर्छ । बाढी आउन वर्षाले मुख्य भूमिका खेल्छ । बाढीबाट सिर्जित महाविपत्ति नहुनका लागि वर्षा हुने समय, स्थान, मात्रा, दिन र बाढी आउन सक्ने सङ्केत बारे सम्बन्धित निकायले समयमै भविष्यवाणी गरी जोखिम स्थानमा पूर्व सूचना दिनु आवश्यक देखिन्छ तर नेपालको भूबनोट, हावापानी विविधता, वैज्ञानिक साधन स्रोत, दक्ष प्राविधिक र नेपालको विद्यमान अवैज्ञानिक सूचना प्रणालीले गर्दा सही यथार्थ पूर्वसूचना दिनु कठिन छ भन्नु पक्कै गलत होइन ।
नेपालमा ७५ प्रतिशतभन्दा बढी वर्षा मनसुनको समयमा हुने गरेको छ । यो समयावधि जुनदेखि सेप्टेम्बर महिनासम्मको पर्छ । नेपालमा मनसुन सिजनमा पर्ने औसत वर्षा करिब १४२२.८ मि.मि. रहेको कुरा श्रेष्ठ (सन् २०००) को एक अध्ययनले पुष्टि गरेको पाइन्छ । भारतको जल तथा मौसम विभागको अनुसार २४ घण्टामा औसत २०४.६ मि.मि. भन्दा बढी वर्षा भएका त्यसलाई अत्यधिक वर्षाको रूममा वर्गीकरण गरेको छ ।
विनाशकारी बाढीपहिरो आउनका धेरै कारण छन् तीमध्ये नेपालमा तीन वटा प्रमुख कारणमा मनसुनको समयमा मात्र बढी पानी पर्ने, भिरालोपन भएको भूबनोट, अग्ला पहाड, कमलो चट्टानले बनेको भौगोलिक अवस्था, गहिरो र साँंघुरो नदी प्रणालीजस्ता कारणले गर्दा नेपालका प्राकृतिक रूपमा पनि भूक्षय तथा भूस्खलनको समस्या हुने र यसबाट बर्सेनि हजाराँै जनता विपत्तिमा पर्ने अनि जनधनको अपुरणीय क्षति भोग्नुपर्ने अवस्था छ ।
दोस्रो कारण हो, चुरे वनक्षेत्रको विनाश, खासगरी पहाडी क्षेत्रमा भइरहेको अव्यवस्थित बसोबास, भिरालो जमिनमा समेत जथाभावी गरिएका जग्गा प्लटिङ, वातावरणीय अध्ययनविनै डोजरले खनिएका ग्रामीण सडक, वन विनाश, वन डढेलो, अव्यवस्थित चरिचरण प्रणाली, अवैज्ञानिक कृषिप्रणाली तथा एकीकृत भूउपयोग नीतिको अभाव ।
तेस्रो प्रमुख कारण हो जलवायु परिवर्तन । जलवायु परिवर्तनको नियमित निरन्तर चलिरहने प्राकृतिक प्रक्रिया हो । साथै यो मानव सिर्जित कारण पनि हो । मानिसले आफ्नो आवश्यकताको बहानामा वनजन्य प्राकृतिक स्रोतको अत्यधिक दोहन गरेको कारणले जलवायु परिवर्तन भइरहेका अध्ययनले साबित गरिसकेका छन् । विश्वव्यापी तापमान वृद्धिले जलवायु परिवर्तनमा परेको असरबाट अत्यन्त बढी प्रभावित मुलुकको सूचीमा नेपाल चौथो स्थानमा परेको एक अध्ययनले देखाएको छ ।
भूमध्य क्षेत्रमा वर्षाको मात्रा घटेको छ भने ध्रुवीय क्षेत्रमा वर्षाको मात्रा बढेको छ । यसले गर्दा ध्रुवीय क्षेत्रका देश बाढीको जोखिममा रहेका छन् । उच्च पहाडी क्षेत्रमा हिमताल फुट्ने आदि कारणले गर्दा बाढी पहिरोको जोखिम बढाएको छ । जुन गम्भीर चिन्ताको विषय बनेको छ । त्यस्तै समयमा वर्षा नहुने त कहिले ढिलो वर्षा शुरु भई छिट्टै सकिने, अतिवृष्टिका कारणले मानव जीवन कष्टकर बन्दै गएको नकार्न सकिन्न ।
तसर्थ, यस समस्याको निराकरणका लागि मानवबाट नै पहल हुनुपर्छ । तीव्र रूपमा हुँदै गएको जलवायु परिवर्तनलाई कम गर्न तथा परिवर्तित जलवायुमा सहज ढङ्गले बाँच्न सक्ने वातावरण बनाउन मुख्यतः हाल वायुमण्डलमा रहेको हरितगृह ग्यासको मात्रामा कमी ल्याउनुपर्छ भने जलवायु परिवर्तनले ल्याएका असरलाई कम गरी त्यसबाट जनजीवनमा आइपर्ने विपत्ति न्यून गरी जीवन पद्धतिलाई सहज बनाउनु नितान्त आवश्यक देखिन्छ । हरितगृह प्रभाव कम गर्न वायुमण्डलको तापक्रम वृद्धि गराउने पेट्रोलियम पदार्थ एवं कोइलाजन्य ऊर्जाको प्रयोगलाई कम गर्नुपर्छ । साथै वनको संरक्षण, सम्बद्र्धन गरी नाङ्गा जमिनमा वृक्षारोपण गरी वायुमण्डलमा कार्बाडाइअक्साइडको मात्रा कम गर्न तादारुक्ताका साथ सबै नागरिक लाग्नुपर्ने देखिन्छ ।
जलवायु परिवर्तनले गरिब मुलुक र गरिब जनता बढी प्रभावित हुने कुरामा दुईमत छैन । त्यसैले हामी गरिब मुलुकका गरिब जनता यस सार्वजनिक महìवको विषयमा एक्यबद्धता जनाई बाढी, पहिरो, भूक्षय नियन्त्रण एवं न्यूनीकरण गर्नका लागि तथा यसबाट उत्पन्न हुने विपत्तिबारे जनचेतना अभिवृद्धि गरी वृहत वृक्षारोपण गर्न अझै जोड दिनुपर्ने देखिन्छ ।
गरिब जनता वृक्षारोपण गरी जलवायु परिवर्तनका असर न्यून हुने कार्यमा त लाग्लान ? तर गरिब जनताको जनजीवीकाको सवाल छ । उनीहरूले गरेका वृक्षारोपणबाटै जिवीकोपार्जन गर्दै, आयआर्जन बढाउने तथा गरिबी न्यूनीकरण गर्ने विकल्प के त ?
विकल्प हो बोधसाल । बोधसाललाई पाउलोनिया, किरी, राजकुमारी र महारानी वृक्ष पनि भनिन्छ । यो थोरै लगानीमा धेरै आम्दानी लिन सक्ने संसारकै चाँडै हुर्कने रुख हो । यसको काठ संसारभरि नै उच्च गुगस्तरको रूपमा लोकप्रिय छ । बोधसाल जस्तो ठाँउमा पनि हुर्कन सक्ने, हुर्काउन गाह्रो नहुने, वायु प्रदूषण रोक्ने, भूक्षय रोक्ने, बाढीपहिरो रोक्ने, यसको पातबाट औषधि बन्ने, अत्यधिक मात्रामा कार्बन सोस्ने, तापको कुचालक, बृचबिखन गर्न कुनै पनि देशमा प्रतिबन्धित नभएको, साल, सिसौजस्ता रुखको वैकल्पिक काठको रूपमा प्रयोग गर्न सकिने, छायादार, आकर्षक, सजावट योग्य, वातावरणमैत्री बहुउपयोगी रुख हो ।
यो एक वर्षमा १५ फिटसम्म बढेको पाइएको छ । १० वर्षमा ७०–१०० फिटसम्म हुर्किन्छ । एक वर्षमा सरदर ३५ क्यू. फिट उत्पादन हुन्छ, जसको बजार मूल्य आजको भाउमा कम्तीमा ५० हजार हुन्छ । यस रुखबाट आठ देखि १० लाखसम्म आम्दानी हुन्छ । यस हिसाबले एक बिगाहामा ७०० रुख लगाउन सकिन्छ र ५०० मात्रै बाँच्दा पनि वार्षिक आय करोड ५० लाखको हुन्छ ।
यति मात्र होइन, पाउलोनियाले अरू रुखको तुलनामा १० गुणा कार्बन खपत गर्छ र सोही मात्रामा अक्सिजन उत्सर्जन गर्छ । एउटा वयस्क पाउलोनियाको बोटले प्रति वर्ष २.१३ टन अक्सिजन उत्सर्जन गर्छ र सोही मात्रामा कार्बन खपत गर्छ । यसको एउटा बोटले एक दिनमा ५६.८ लिटर पानी सञ्चय गर्छ र जमिन मुनीको फोहर र हानिकारक वायु शुद्धीकरण गर्छ । अरू काठको दाउरा बाल्नु भन्दा पाउलोनियाको दाउरा बाल्दा फाइदा हुन्छ किनकि यसले कार्बन मोनोअक्साइड, सल्फर अक्साइडजस्ता हानिकारक ग्यास निकाल्दैन । बोधसाल रुखले पीपलभन्दा बढी इहथनभल दिने हुनाले वातावरण स्वच्छ राख्न मद्दत गर्छ ।
अन्तमा, बोधसाल विभिन्न हावापानीमा हुर्कने भएकोले नेपालमा पनि तराईदेखि मध्यपहाडी क्षेत्रमा वृक्षारोपण गर्न सकिने भएकोले नमुना बालीसमेत सफल भएको र ८÷१० वर्षमा काट्न तयार हुने यो रुखबाट दीर्घकालीन आयस्रोत भएको हुँदा गरिबी न्यूनीकरणमा समेत टेवा पुग्नुका साथै बाढीपहिरो तथा जलवायु परिवर्तनको असरसँग जुध्ने अचुक प्रजाति हो । सन् २००५ मा आईयुसीएन नेपालले तयार पारेको नेपालका मिचाहा एवं परचक्री बिरुवाको सूचीमा १६६ वनस्पतिमध्येमा समेत बोधसालको नाम नरहेको यो प्रजाति अग्लो सुरिलो भई बढ्ने, यस्को जरा सीधै तल जाने भएकोले कृषियोग्य जग्गा, अनुत्पादक क्षेत्र, बाढीपहिरो जाने तथा खेती नगरी खाली रहेको जग्गामा कृषिवन प्रणालीको रूपमा यस बोधसाल सँगै अन्य बेसार, तरकारी, अनार, आँप, लिची आदी प्रजातिका विरुवा रोपी जग्गाको अधिकतम सदुपयोग गर्न सकिन्छ ।

 प्रकाशित मिति: २०७४/५/६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना