नीति बनाउँदा विज्ञको सुझाव लिनुपर्छ : पूर्वमन्त्री पाण्डे

Surendra pandeyकाठमाडौँ,  भदौ ७ गते   । नेकपा (एमाले) का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले सहकारी संस्थालाई व्यवस्थित गर्न चाँडो सहकारी नीति ल्याउनुपर्ने बताउनुभएको छ । विश्वास बहुउदेश्यीय सहकारी संस्थाको १९ औँ वार्षिक साधारणसभामा मंगलबार नेता पाण्डेले नीतिनियम बनाउँदा विज्ञलाई नसमेटिए नीति फितलो हुने औँल्याउँदै सहकारीले जनताको पैसा जोखिममा पर्न नदिन लगानीको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सहकारीको विकासले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको स्पष्ट पार्दै कुनै पनि देशको आर्थिक उन्नति हुनका लागि त्यस देशका मानिस उद्यमी र व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो ।

उक्त सहकारी संस्थाका अध्यक्ष रमेश गौतमले २०५६ सालमा ३९ लाख शेयर संकलन गरी रु २९ लाख १४ हजार ७१७ बाट कारोबार शुरु भएको र आर्थिक वर्ष २०७३÷७४ मा मात्र संस्थाले रु १९ करोड ३४ लाख शेयर पूँंजी संकलन गर्न सफल भएको जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना