पूर्वजनप्रतिनिधि संग्रौलाको निधन

दमक, भदौ ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वीरेन्द्र संग्रौलाको निधन भएको छ । उहाँको आज बिहान २ बजे झापाको दमक–८ स्थित आफ्नै निवासमा निधन भएको हो । बहत्तर वर्षीय संग्रौला पेटसम्बन्धी रोगबाट पीडित भएको परिवारिक स्रोतले जनाएको छ ।

राजनीतिकसँगै सामाजिक क्षेत्रमा क्रियाशील उहाँ राप्रपाका मेची अञ्चल सदस्य, साविक लखनपुर गाविसका पूर्व प्रधानपञ्च र दमक नगरपालिकाका मनोनीत उपप्रमुख हुनुहुन्थ्यो ।

उहाँका तीन छोरा र दुई छोरी रहेका छन् । उहाँको पार्थिव शरीर आज बिहान १० बजे कन्काई नदीमा अन्त्येष्टि गरिने जनाइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना