प्रम देउवा र भारतीय प्रम मोदीबीच भेटवार्ता

deuwa modiनयाँ दिल्ली, भदौ ७ गते । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

उहाँहरुबीच भएको यस भेटलाई भोलि हुने औपचारिक भेटघाट र वार्ताको पूर्व तयारीका रुपमा लिइएको छ ।

अनौपचारिक रुपमा भएको उक्त भेटवार्तालाई प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई भारतले दिएको महत्वका रुपमा हेर्न सकिने प्रधानमन्त्री देउवाका विदेश मामिलासम्बन्धी सल्लाहकार डा दिनेश भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो शिष्टाचार भेट हो र यसले मित्रताको अभिव्यक्ति तथा सद्भावनालाई दर्शाएको छ ।”

नेपाली दूतावासमा प्रधानमन्त्री देउवाको सम्मानमा गरिएको स्वागत समारोहपछि आज साँझ दुई प्रधानमन्त्रीबीच भारतीय प्रधानमन्त्रीको निवास रेशकोर्स रोडमा सो भेटवार्ता भएको हो ।

उहाँहरुबीच भोलि बिहीबार नयाँ दिल्लीको हैदरावाद भवनमा औपचारिक भेट र द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ । त्यसलगत्तै संयुक्त प्रेस वक्तव्य पनि जारी गरिने कार्यक्रम रहेको छ ।

भोलि नै प्रधानमन्त्री देउवाको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने विशेष समारोहमा भारत सरकारले ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना