जुम्लाको स्याउ बाहिरी बजारमा

नेत्र शाही

जुम्ला, भदौ १० गते । यस वर्ष जुम्लामा उत्पादन भएको स्याउ जिल्लाबाहिर पठाउन सुरु भएको छ । स्थानीय किसानहरू बोटबाट स्याउ टिप्ने र त्यसलाई बजारमा लैजाने काममा व्यस्त हुन थालेका छन् ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ एक गते सिफारिस दिएपछि जुम्लाबाट स्याउ धमाधम बाहिरिन थालेको हो । जुम्लाको स्याउ निर्यात गर्न अहिले धेरै व्यापारीहरू बगैंचामा नै पुग्न थालेका छन् । जिल्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० बारकोटे गाउँ निवासी छक्क बहादुर शाहीले यस वर्ष १२ लाख रुपियाँ बराबरको तीस टन स्याउ बगैँचाबाटै बिक्री गर्नुभएको छ । यसैगरी सोही गाउँका उपेन्द्रबहादुर शाहीले २० टन स्याउ बिक्री गर्नुभएको जानकारी दिनुभयो । apple jumla
जुम्लाबाट निर्यात हुने स्याउको मूल्य गे्रडिङका आधारमा र्निारण हुने गरेको छ । चन्दननाथ नगरपालिकामा रहेको आर के प्रोसेसिङ तथा हर्टिकल्चर डिस्टिलरीका प्रोप्राइटर रामकृष्ण चौलागाईका अनुसार ग्रेडिङ गरिएको स्याउको मूल्य प्रतिकिलो ६० रुपियाँ र कमसल स्याउ प्रतिकिलो ४० रुपियाँमा खरिद भइरहेको छ । जुम्लाको अर्गानिक स्याउको कार्टुन बनाएर व्यवस्थित किसिमले काठमाडौँ निर्यात भएको उहाँले जानकारी दिनुभयो ।
चौलागाईको कम्पनीले मात्र अहिलेसम्म आफूले ६५ मेट्रिक टन स्याउ खरिद गरेर ४० मेट्रिक टन ग्रेडिङ्ग गरेर काठमाडौँ पठाएको बताउनुभयो । पहिलोपटक स्याउ काठमाडौँ निर्यात थाल्नुभएका उहाँले २० लाख बराबरको स्याउ सङ्कलन र ग्रेडिङ गरेको जानकारी दिनुभयो । उहाँले आफूले खरिद गरेको स्याउ काठमाडौँ निर्यात गर्न आठओटा गाडी तयार गरेको समेत बताउनुभयो । यसरी निर्यात गरिएको स्याउ काठमाडौँ प्रतिकिलो एक सय २० रुपियाँमा स्थानीय खरिदकर्तालाई बिक्री गरिन्छ ।
कृषि कार्यालयले भदौ एक गतेदेखि स्याउ टिप्न र बाहिर पठाउन सूचना जारी गरे पनि चोरी लुकी गरेर साउनको अन्तिम सातामै स्याउ लैजाने प्रवृत्ति देखिएको जनाएको छ । अहिलेसम्म ५४२ मेट्रिक टन स्याउ जुम्लाबाट बाहिरिएको कार्यालयले जानकारी दिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना