२ सय बाढीपिडित परिवारलाई राहत बितरण

 
सिराज खान

नेपालगञ्ज, भदौ १० गते । बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ संगम बस्तीका २ सय बाढी पिडित परिवारलाई एक महिना बढी खान पुग्ने करिब १० लाख बराबरको खाद्यान्न राहत बितरण गरिएको छ ।
बबईनदीमा आएको बाढी गाउँमा पस्दा घरमा रहेका खाद्यान्न, भाडाकुडा र घरहरु समेत बगेर घरबारविहिन भएका संगमबस्तीका २ सय पिडित परिवारलाई सो बस्तीमै पुगेर हालसम्मकै सबैभन्दा ठुलो राहात प्याकेज वितरण गरिएको हो ।
गोस्पल एसेम्बली नेटवर्क नेपाल (ज्ञान नेपाल ) द्धारा उपलब्ध गराईएको सो राहात सामाग्रीलाई गुलरिया नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष टंक प्रसाद अधिकारी, गुरुबा केवी बसेल र ज्ञान नेपालका अध्यक्ष शुसिला बसेलले संयुक्त रुपमा पिडित परिवारलाई वितरण गर्नुभयो ।
सो अवसरमा बाढी पिडितहरुलाई ५० क्विन्टल चामल, ५ क्विन्टल दाल, आलु ६ क्विन्टल, सोयाविन १ क्विन्टल, खानेतेल २ सय लिटर, बेसार ४० किलो, आयोडिन युक्त नुन ४ क्विन्टल, सुकेको खुर्सानी ५० किलो, २ सय प्लाष्टिकको बाल्टी, बाटा र जग गरेर १० लाख बढीको राहात वितरण गरिएको थियो ।
प्रति परिवार ३० किलो चामल, एक किलो दाल, एक किलो खाने तेल, १ किलो सोयाविन, २ किलो आलु, नुन, बेसार र खुर्सानी तथा बाल्टी, बाटा र जग बितरण गरिएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले बताउनु भयो ।
सो अवसरमा बोल्दै वडा नम्बर २ का अध्यक्ष अधिकारीले बबई नदी गाउँमा पसेपछि घरबार विहिन भै पालमुनी बसिरहेका संगमबस्तीका पिडितका लागि एक महिना बढी पुग्ने खाद्यान्न राहात र भाडाकुडा प्रदान गरिएपछि उनिहरुलाई धेरै सहयोग पुगेको बताउनु भयो । y bardiya
उहाँले यो राहातबाट यस क्षेत्रका धेरैको घरमा अब केही दिनसम्म चुलो जल्ने भएको जनाउँदै अन्य पिडितका लागि पनि राहात पुरयाउन सरकारसंग आग्रह गर्नुभयो ।
ज्ञान नेपालका अध्यक्ष शुसिला बसेलले यो राहात धेरै नभएपनि यसबाट केही दिनको समस्या समाधान हुने जनाउँदै भत्केका र बगेका घरहरु निर्माणमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
सो वडाका वडा सदस्य तथा बाढीपिडित गंगा बिश्वकर्माले बाढी आएको २ साता बितेपनि हालसम्म सामान्य चाउ चाउ र चिउरा राहात बाहेक अन्य कुनै राहात कसैले नदिएको जनाउँदै यसबाट धेरै सहयोग पुग्ने बताउनु भयो ।
राहात लिन आएका अधिकांश पिडितले हरेक बर्ष बबई नदी गाउँमा छिरेर आतंक मच्चाउदै आएकोले सो नदीबा जोगाउने स्थायी उपाय अपनाउनु पर्नेमा जोड दिएका थिए ।
यसअघि ज्ञान नेपालले बर्दियाको बारबर्दिया, बाँकेको फत्तेपुरमा पनि बाढि पिडीतहरुलाई राहत स्वरुप विभिन्न खाद्य सामाग्रीहरु वितरण गरेको ज्ञान नेपालका कार्यक्रम संयोजक तिलक नेपालीले बताउनु भयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना