महासङ्घको अधिवेशन

Shreedhar Acharyaश्रीधर आचार्य

 

राज्यको चौथो अङ्ग मानिने प्रेस र पत्रकारको छाता सङ्गठन पत्रकार महासङ्घको पच्चीसौँ महाधिवेशन नयाँ नेतृत्वका चयन गर्दै हालै सम्पन्न भयो । महासङ्घको निर्वाचनमा विगत केही वर्ष यता दलीय राजनीतिले सम्पूर्ण रूपमा प्रभावित गर्ने गरेको छ । यसपालिको निर्वाचन पनि त्यसबाट अछूतो रहन सकेन । महाधिवेशनमा पत्रकारका पेशागत तथा व्यावसायिक विषयमा छलफलभन्दा पनि नेतृत्व चयनमा रस्साकस्सी हुने गरेको महासङ्घमा यसपालि पनि जित हारको अङ्क गणितबाहेक अरू विषय गौण बने ।
सत्ता गठबन्धनमा रहेका दुई ठूला दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट दुई पत्रकार सङ्गठन नेपाल प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनमा महासङ्घको अङ्क गणित निर्वाचन जित्नका लागि स्पष्ट रूपमा बहुमतमा थियो, त्यसैले महासङ्घमा नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरका गोविन्द आचार्यको नेतृत्वको समूहको जित सुनिश्चित थियो र यसै भयो । महासङ्घको इतिहासमा २३ औँ र २४ औँ महाधिवेशनमा स्पष्ट बहुमतका साथ कार्यसमितिमा नेतृत्व गरेको एमाले निकट पत्रकारको सङ्गठन प्रेस चौतारी नेपालले एक दुई साना सङ्गठनलाई साथ लिए पनि यसपालि करिब एक्लै निर्वाचन लड्नु परेकाले त्यसले अगाडि सारेका उम्मेदवारको पराजय स्वाभाविक थियो । केही सदस्यबाहेक पदाधिकारीलगायत अधिकांश पदमा पराजय भोग्नुप¥यो । यद्यपि महाधिवेशनमा उसको उपस्थिति अन्य सङ्गठनको तुलनामा सङ्ख्यात्मक रूपमा सबैभन्दा बढी थियो । एक हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिमध्ये एक तिहाइभन्दा बढी प्रेस चौतारी नेपालका प्रतिनिधि महाधिवेशनमा सहभागी थिए । यसैकारण ठूलो सङ्गठनको दाबी गर्दै नेपाल पत्रकार महासङ्घमा आफ्नो नेतृत्वमा सबै पत्रकार सङ्गठनलाई हैसियतअनुसार प्रतिनिधित्व गराई यसको कार्यसमितिको स्वरूपलाई साझा संस्थाका रूपमा अगाडि बढाउने प्रयास निर्वाचन अघि नभएका होइनन् । प्रेस चौतारी नेपालको नेतृत्वले सातै प्रदेशमा गरेको भेला होस् वा केन्द्रमा अन्य पत्रकार सङ्गठनसँगको वार्तामा पनि सहमतिमा नेतृत्व चयन गर्ने विषयलाई महìवका साथ राख्यो । माउ पार्टी नेकपा एमालेले राष्ट्रिय राजनीतिमा दुःख दिएको बालुवाटार निष्कर्षका कारण सहमतिमा नेतृत्व चयनको उसको प्रयास विफल भयो भने विगतका सहयात्री प्रेस चौतारी नेपाल र प्रेस सेन्टर बीचको सम्भावित गठबन्धन यसपालि तुहाइयो । अर्थात् मुलुकको राष्ट्रिय राजनीतिको प्रतिछायाँ नेपाल पत्रकार महासङ्घमा प¥यो ।
नेपाली प्रेस जगत्ले मुलुकको राजनीतिक परिवर्तनमा महìवपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसैले अन्य कैयौँ पेशागत सङ्गठनको तुलनामा पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घलाई विशेष महìवका साथ हेर्ने गरिन्छ । मुलुक अहिले पनि सङ्क्रमणकालीन अवस्थामा छ । सङ्क्रमणकालीन अवस्थाका निर्वाचनलगायतका काम सफलतापूर्वक सम्पन्न गरी नेपालको संविधान कार्यान्वयनमा औँला ठड्याउने अवस्थाको अन्त्य गर्न मुलुकमा अझ दलबीच सहमति आवश्यक छ । सहमतिभन्दा कटुताका साथ ध्रूवीकृत हुँदै गएको राजनीतिलाई सहमतिमा ल्याउने पहलका लागि नागरिक समाजको साझा सङ्गठनको जुन खाँचो देखिएको छ त्यसलाई नेपाल पत्रकार महासङ्घले पूरा गर्नुपर्छ भन्ने अपेक्षा नभएको होइन । यस खालको भावना, अपेक्षा र आवाज पत्रकारका सङ्गठनहरू र अग्रजबाट समेत नउठेका होइनन्, चाहना प्रकट हुँदाहुँदै र आवश्यकता देख्दादेख्दै पनि त्यस दिशामा महासङ्घलाई लैजाने वातावरण बन्न नसक्नु दुःखको कुरा हो ।
मुलुकको राजनीतिक परिवर्तनमा पे्रस जगतको भूमिकाले महासङ्घको गरिमालाई उँचो बनाए पनि यसले पत्रकारका पेशागत तथा व्यावसायिक हतहितका विषयमा काम गर्न थालेको भने धेरै भएको छैन । राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रतामा लामो समय सङ्घर्ष गर्नु एउटा पक्ष भए पनि महासङ्घको नेतृत्वमा पुग्ने धेरैले यसको आफ्नै भौतिक पूर्वाधार विकास गर्ने, पत्रकारको न्यूनतम पारिश्रमिकलगायत पेशागत सुरक्षाजस्ता विषयमा ध्यानै दिएनन् । छ वर्ष अघिसम्म टहरोमा रहेको महासङ्घ पछिल्ला नेतृत्वले यसको भौतिक पूर्वाधार विकासलाई अनिवार्य ठानेपछि शुरु भएको भवन निर्माणको कामले यति बेला महासङ्घको भौतिक पूर्वाधार पत्रकारले गर्व गर्न सक्ने गरी बनेको छ र स्रोत, साधन सम्पन्न बन्नेतर्फ अग्रसर छ । पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न मात्र होइन त्यसलाई दोब्बर पार्ने, ज्येष्ठ पत्रकारलाई वृत्तिको व्यवस्था गर्ने, आमपत्रकारको दुर्घटना बीमा गर्ने गराउनेजस्ता काममा महासङ्घको निवर्तमान नेतृत्वले गरेका काम सराहनीय छन् । आफू नेतृत्वमा छँदासम्म कुनै पनि संस्था सबैको साझा र राम्रो देख्ने तर अरूले नेतृत्व गर्न थालेपछि त्यसले जतिसुकै राम्रा काम गरेको किन नहोस्, साझा संस्थाको रूपमा रहेन भन्ने टिप्पणी गर्नेका लागि विगत नेतृत्वले कामैबाट जवाफ दिएको छ । व्यक्तिगत स्वार्थभन्दा केहीमाथि उठेर काम गर्ने सोचको विकास भयो भने छोटै अवधिमा पनि धेरै काम हुन सक्छन् भन्ने उदाहरण विगत दुई कार्यकालको महासङ्घको कामले पुष्टि गरेको छ । महाधिवेशनमा आर्थिकलगायतका विषयमा बन्दसत्र फेस गर्न गाह्रो पर्ने विगतलाई यसपटकको महाधिवेशनले शिक्षा दिएको छ । आर्थिक हिनामिनामा विगतमा जसरी औँला ठड्याइन्थ्यो त्यो यसपटक नहुनुु निवर्तमान कार्यसमितिको सुखद पक्ष हो । पछिल्ला दुई महाधिवेशनमा प्रेस चौतारी नेपालद्वारा अगाडि सारिएका उम्मेदवारलाई महासङ्घको नेतृत्व गर्ने अवसरका लागि सहयोग गर्नुभएका पे्रस सेण्टरका गोविन्द आचार्य नै यसपालि महासङ्घको नेतृत्व गर्न पुग्नुभएकाले यस नेतृत्वले पत्रकारका पेशागत हकहित, सुरक्षा र पत्रकारलाई यसै पेशामा टिक्न सक्ने वातावरण निर्माणका सन्दर्भमा अझ बढी अग्रगामी काम गर्न सक्नुपर्छ ।
जहाँसम्म नेपाल पत्रकार महासङ्घलाई सबै विचारका पत्रकारले साझा सङ्गठनको रूपमा अपनत्व अनुभव गर्ने र नागरिक समाजका लागि एउटा भरपर्दो र विश्वासिलो संस्थाका रूपमा स्थापित गर्ने कुरा छ, सर्वप्रथम यसको नेतृत्वमा, कार्यसमितिमा सबै विचार समूहका पत्रकार पुग्नसक्ने वातावरण बनाउनुुपर्छ । महासङ्घको नेतृत्व हत्याउन पत्रकार सङ्गठनका माउपार्टीका शीर्ष नेताहरूलाई गुहार्ने अहिलेको अवस्थाको अन्त्य कसरी गर्न सकिन्छ भन्ने चिन्तन गर्नुपर्छ । आफ्नो नेता आफैँ चुन्ने अवस्था सिर्जना गर्न सक्नुपर्छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव र चाहनालाई आत्मसात गर्न नसक्दा नै अहिले एकले अर्कोलाई निषेध गर्नेसम्मका योजना बन्न थालेका हुन् । विगत दुई कार्यकाल महासङ्घका महìवपूर्ण पदमा पुग्न नसकेको युनियनले यसपालि आफूले नेतृत्व गर्न नपाए पनि चौतारीलाई रोक्न सके अर्को पटक नेतृत्वमा पुग्ने सम्भावना रहन्छ भन्ने देख्योे । त्यही नीति अख्तियार ग¥यो । त्यसैले महासङ्घलाई साझा सङ्गठनका रूपमा देख्ने चाहना र भावना निर्वाचनका बेला विकाउ विषयका रूपमा अगाडि सारेर होइन यसका लागि विधि निर्माण गरेर अगाडि बढ्नु जरुरी छ ।
नेपाली समाज राजनीतिक रूपमा जसरी विभाजित छ, त्यसरी नै नागरिक समाजका सङ्गठन पनि विभाजित छन् । हाम्रो सामाजिक तथा राजनीतिक स्तरले एकैचोटि अग्रगामी छलाङ मार्न दिँदैन । त्यसैले नेपाल पत्रकार महासङ्घलाई भावना र चाहनामा मात्र होइन, साँचो अर्थमा नागरिक समाजका लागि समेत विश्वासयोग्य साझा संस्थाको रूपमा विकास गर्ने हो भने विधि बनाएर अगाडि बढ्नुपर्छ । त्यस्तो विधिको एउटा उदाहरण निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन हो । त्यहाँ पहिलो हुने संगठनले अध्यक्ष, दोस्रो हुनेले महासचिव र तेस्रो हुनेले कोषाध्यक्ष समेतका पदहरु बाँडफाट गर्ने अवधारणा
अङ्गीकार गरिएको छ । महासङ्घले पनि सबै विचार समूहका पत्रकारका प्रतिनिधि महासङ्घको कार्यसमितिमा पुग्न सक्ने व्यवस्थाका लागि यही अवधारणा अङ्गीकार गर्नसक्छ । महासङ्घको नयाँ नेतृत्वमा आजैदेखि अर्को चुनावको चिन्ता गरेर कसलाई सदस्यता दिने र कसलाई सदस्य बन्नबाट रोक्ने भन्नेमा रुमल्लिनु सट्टा सङ्गठनको हैसियत र पार्षद्हरूको सङ्ख्याका आधारमा कार्यसमितिमा प्रतिनिधित्वको विधि बनाउने चिन्तनको विकास होस्, यही शुभकामना ।

 प्रकाशित मिति: २०७४/५/११

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना