आयोगको चाहना निर्वाचन दुई चरणमा

Election-Commission-Nepal-768x411काठमाडौँ, भदौ १२ गते । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मङ्सिर १० का लागि तय भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दुई चरणमा गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने बताउनुभएको छ । 

काँग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधिसहितको टोलीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनको मिति घोषणा गरेकोमा सरकारलाई दिएको धन्यवाद पत्रमा पनि निर्वाचन दुई चरणमा हुनसक्ने स्मरण गराएको जानकारी दिनुभयो ।
प्रमुख आयुक्त यादवले भन्नुभयो, “निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न आयोगलाई प्रधानमन्त्री, सरकार, राजनीतिक दल, उम्मेदवार, दलका नेता कार्यकर्ता, समाचारमाध्यम, नागरिक समाज सबैको सहयोग आवश्यक पर्छ । त्यतिले मात्र प्ुग्दैन, प्रकृतिले पनि सहयोग गर्नुपर्ने हुन्छ । ”
डा. यादवले प्रदेश नम्बर २ मा हालै गएको बाढीबाट पीडितको पीडा अर्कै छ, अहिले उनीहरूलाई निर्वाचनको कुरा प्रिय नलाग्न सक्छ, तसर्थ पीडितलाई निर्वाचनप्रति आकर्षित बनाउने कार्यमा सहयोग जरुरी छ, त्यसैले सहयोग गर्न आग्रह गर्छु भन्नुभयो ।
प्रमुख आयुक्त यादवले प्रदेश–२ का विभिन्न स्थानमा बाढीले पुल, सडक, कल्भर्ट बगाएकाले नेपाली सेनाको सहयोग लिएर भए पनि छिटोभन्दा छिटो बनाउने पहलका लागि अनुरोधसमेत गर्नुभयो । यादवले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबैबाट निर्वाचन आचारसंहिताको पूर्ण पालना होस् । ”

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना