भाडादर वृद्धि नगरेपछि व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाएनन्

लक्ष्मण दर्नाल

काठमाडौँ, भदौ १३ गते । सार्वजनिक सवारी साधनको भाडादर वृद्धि नगर्दासम्म यातायात व्यवसायीहरूले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विगत पाँच वर्षदेखि भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने, जाँचपास सहज हुनुपर्ने र केरियर (बसको छत) पनि राख्न पाउनुपर्ने माग गरेको छ । माग पूरा नभए अग्रिम टिकट बुकिङ खुला गर्न नसकिने महासङ्घका अध्यक्ष डोलनाथ खनालले जानकारी दिनुभयो । ticket booking

विगतमा जस्तै यसपटक पनि चाडबाडका अवसरमा यात्रुवाहक सवारी साधनले मनोमानी भाडा उठाउने र भाडा वृद्धि गर्ने काम यसपटक पनि दोहो¥याउन व्यवसायीहरू सक्रिय भएका छन् । सरकारले यात्रुवाहक सवारी साधनबाट केरियर हटाउने निर्णय गरेको छ तर व्यवसायीहरूले भने राख्न पाउनुपर्ने माग गरिरहेका छन् । अध्यक्ष खनालले भन्नुभयो ‘‘केरियर नराखी सम्भव नै छैन, त्यसैले केरियर राख्न पाउनु प¥यो अनि भाडादर समायोजन हुनु प¥यो यी कुरा नहुँदासम्म अग्रिम बुकिङ खुलाउन सकिंदैन । ’’
यातायात व्यवस्था विभागले दशैंको लागि सवारी साधनको टिकट अग्रिम बुकिङ खुला गर्न आग्रह गरे पनि व्यवसायीहरूले भने हालकै भाडादरमा बुकिङ खुलाउन तयार छैनन् । गत असारदेखि यातायात व्यवसायीहरू भाडा समायोजन गर्न विभागलाई निरन्तर दबाव दिंदै आएका छन् । व्यवसायीहरूको सहभागितामा विभागले पनि साउनमा भाडा समायोजन समिति गठन गरेर काम गरेको थियो । समितिले प्रतिवेदन तयार गरेर विभागलाई बुझाएको थियो । विभाग र व्यवसायीहरू साउन महिनामै भाडा समायोजनका नाममा वृद्धि गर्ने अन्तिम तयारीमा थिए तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अस्वीकार गरेपछि विभाग पछि हटेको थियो ।
विगत चार वर्षदेखि सार्वजनिक सवारीको भाडादर समायोजन नभएको र बजार भाउ महँगो भएको भन्दै व्यवसायीले भाडा वृद्धिको माग गरिरहेका छन् । एक महिना अघि भाडा वृद्धि गर्न असफल भएपछि दशैंलाई प्रभाव पारेरै भए पनि जनदबाब र यात्रुलाई सास्ती खेपाएरै भए पनि भाडा वृद्धि गराएरै छाड्ने दाउमा छन् व्यवसायीहरू ।
यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायीहरूसँग आइतबार बैठक आयोजना गरेको थियो तर बुकिङ खुला गर्न सहमति हुन नसकेपछि पुनः बैठक बस्ने गरी सकिएको थियो ।
पेट्रोलियम पदार्थको मूल्य घटबढ हँुदा भाडादर समायोजनको लागि ३५ प्रतिशत आधार मानिन्छ । बाँकी ६५ प्रतिशत आधार गाडीको मूल्य, बैङ्कको ब्याज, मजदुर ज्याला, लुब्रिकेन्ट, मोटर पाटर्सहरू लगायतका १८ वटा पाट्र्सको बजार मूल्यका आधारमा मूल्य समायोजन गरिन्छ । हाल यी ६५ प्रतिशत आधारभित्र रहेका पाटर्सहरूको मूख्य वृद्धि भएका कारणले भाडादर समायोजन गर्नुपर्ने व्यवसायीहरूको माग छ ।
पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपियाँ मूल्य घट्दा सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्नुपर्ने प्रावधान छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार २०६९ सालदेखि ६५ प्रतिशत आधारको भाडा समायोजन भएको छैन । उनीहरूले तेलको मूल्य घटे पनि अन्य सामानको मूल्य बढेको भन्दै भाडा वृद्धिका लागि सरकारलाई तीव्र दबाब दिँदै आएका छन् । यातायात व्यवस्था विभागले भने अग्रिम टिकट बुकिङ खुला गर्न पहल भइरहेको जनाएको छ । विभागले भदौ १५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने योजना बनाएको थियो तर व्यवसायीहरूले अस्वीकार गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना