कर्णालीलाई राष्ट्रिय प्रशारणमा जोड्ने तयारी

लक्ष्मीप्रसाद उपाध्याय

 

काठमाडौँ, भदौ १५ गते । विकासका पूर्वाधारमा पछाडि पारिएको कर्णाली क्षेत्रलाई विद्युत्को राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । विद्युत् उत्पादनका लागि प्रचुर सम्भावना भएको कर्णाली क्षेत्रमा हालसम्म न त एउटा ठूलो जलविद्युत् आयोजना निर्माण हुनसकेको छ, न त प्रशारण लाइन नै । यही अवस्थालाई दृष्टिगत गरी कर्णाली जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीलाई बजारसम्म पु¥याउनका लागि राष्ट्रिय प्रशारण लाइन निर्माण गर्न थालेको ऊर्जा मन्त्रालयले जनाएको छ । trancefor
सरकारको स्वामित्वमा रहेको राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले कैलालीको लम्की वा दोधारा सव स्टेसनबाट कर्णाली अञ्चलको कालीकोट जिल्लासम्म जोड्ने ४०० केभी क्षमताको राष्ट्रिय प्रशारण लाइन निर्माण गर्नका लागि आशय पत्र प्रकाश गरिसकेको छ । यो प्रशारण लाइनमा पहिलो चरणमा १३० किलोमिटर हुने बताइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीका अनुसार कर्णाली जलाधार क्षेत्रमा उत्पादन हुने जलविद्युत्लाई कैलालीमा झार्ने र कैलालीबाट पूर्वी र पश्चिम नेपाल एवं भारतसम्म निर्यात गर्नसकिने गरी यो कामलाई अगाडि बढाइएको हो । उहाँले भन्नुभयो, कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि छ किलोमिटर उत्तर रहेको फुकोटमा सव स्टेसन निर्माण गरी कर्णाली जलाधार क्षेत्रका विभिन्न आयोजनाबाट उत्पादन भएको करिब एक हजार दुई मेगावाट बिजुली कैलालीसम्म जोड्ने र कैलालीको लम्की अथवा दोधारा सव स्टेसनबाट पूर्व–पश्चिमतर्फ वितरण गरिनेछ ।
कम्पनीले पहिलो चरणमा प्रशारण लाइनको अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न परामर्शदाता छनोटका लागि आवश्यक प्रक्रियाको थालनी गरिसकेको उहाँले बताउनुभयो । परामर्शदाताले डीपीआर निर्माण गरिसके पछि निर्माण ठेकेदार कम्पनीको छनोट गरिने छ । प्रशारण लाइनको लागत डीपीआर निर्माणपछि मात्र थाहा हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । आगामी पाँच वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको यो प्रशारण लाइन निर्माणपश्चात् कर्णाली जलाधार क्षेत्रमा दर्जनौ जलविद्युत् आयोजना बन्ने निश्चित छ ।
विद्युत् करिडोरमा प्रशारण लाइनको निर्माण गर्नका लागि गठन गरिएको यो कम्पनीले पहिलोपटक राष्ट्रिय प्रशारण लाइनबाट कर्णाली अञ्चललाई जोड्ने महìवाकांक्षी आयोजना अघि सारेको छ । यसअघि विद्युत् उत्पादन, प्रशारण लाइन निर्माण तथा वितरणको कार्य गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई एकाधिकार दिँदै आएको थियो । पछिल्लो समयमा सरकारले विद्युत् उत्पादन गर्नका लागि विद्युत् उत्पादन कम्पनी र प्रशारण लाइन निर्माण गर्नका लागि राष्ट्रिय प्रशारण ग्रीड कम्पनी खडा गरी बढ्दो विद्युत्को मागलाई सम्बोधन गर्ने र प्राधिकरणको भन्दा उत्पादन र प्रशारण लाइन निर्माणमा कामको प्रभावकारिता खोज्नका लागि छुट्टाछुट्टै कम्पनीको स्थापना गरिएका छन् ।  हाल नेपालमा तीन हजार २०४ किलोमिटर प्रशारण लाइन निर्माण भएका छन् । चालु आर्थिक वर्षमा एक सय किलोमिटर प्रशारण लाइन निर्माण गर्ने योजना सरकारले
बनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना