निर्वाचन विधेयक ‘फास्ट ट्र्याक’मा

BICC Baneshworकाठमाडौँ, भदौ १६ गते । निर्वाचन आचारसंहिता जारी भइसक्दा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी कानुन तयार नभएपछि संसद्को राज्यव्यवस्था समितिले दुवै विधेयक ‘फास्ट ट्र्याक’बाट पारित गर्ने भएको छ । 

समितिले शुक्रबारको बैठकमा विधेयकको दफावार छलफल गरी शुक्रबार नै पारित गर्ने तयारी गरेको छ । अधिकांश संशोधनकर्ता सदस्यले आफ्ना धारणा सैद्धान्तिक छलफलमा राखिसकेका कारण सामान्य रूपमा छलफलमा भाग लिन समय दिई विधेयक पारित गर्ने तयारी गरिएको हो ।
समिति सभापति दिलबहादुर घर्तीले शुक्रबार नै विधेयक समितिबाट पारित गर्ने योजना रहेको बताउनुभयो । सभापति घर्तीले भन्नुभयो, “निर्वाचन आचारसंहिता नै लागू भइसकेको छ । निर्वाचन कानुन बनेका छैनन् । नमिलेका केही विषयमा राजनीतिक तहमा पनि छलफल भइसकेको छ । शुक्रबार विधेयक पारित नै गर्ने तयारी हो । ”
विवादित केही विषयमा राजनीतिक दलका नेतासँग सभापति घर्तीले परामर्श गर्नुभएपछि शुक्रबार दफावार छलफलका लागि बैठक बोलाइएको हो । सबैभन्दा बढी विवादित रहेको भ्रष्टाचारमा सजाय भुक्तान गरेका व्यक्तिले उम्मेदवारी दिन पाउनुपर्ने व्यवस्थामा संशोधनकर्ता सांसद र सम्बन्धित राजनीतिक दल पछि हटेपछि विधेयक पारित गर्ने तयारी गरिएको हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना