महानिरीक्षक नियुक्तिको मुद्दामा भदौ २७ गते फैसला

srbochकाठमाडौँ, भदौ १६ गते । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादमा नवराज सिलवालले दायर गर्नुभएको रिटको अन्तिम निर्णय सर्वोच्च अदालतले भदौ २७ गते गर्ने भएको छ । दुवै पक्षको बहस सकिएपछि सर्वोच्चको बृहत् पूर्ण इजलासले फैसलाको मिति तोकेको हो । 

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासले सुनुवाइपछि फैसलाको मिति तोकेको हो ।
सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले दुवै पक्षको बहस सकिएपछि निर्णय सुनाउने मिति तोकिएको बताउनुभयो । कालाखेतीले भन्नुभयो, “भदौ २७ गते मुद्दाको निर्णय सुनाउने मिति तोकिएको छ । ”
बृहत् पूर्ण इजलासले यसअघि पूर्ण इजलासले जारी गरेअनुसारकै आदेश जारी गरेमा प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गर्ने सरकारको निर्णय बदर हुनेछ । तर, अदालतले सरकारले आधार लिएबमोजिम ज्येष्ठता र कार्यसम्पादनमा सिलवाल अघि नरहेको निष्कर्ष निकालेमा अर्यालको नियुक्ति सदर हुनेछ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना