कसरी न्यून गर्ने कर्णालीको गरिबीलाई ?

rajan rawatराजन रावत

 


देशकै ठूलो भूभाग ओगटेको ६ नम्बर प्रदेशको कर्णाली क्षेत्रको विकास र त्यहाँको गरिबी न्यूनीकरण गर्न राज्यद्वारा सञ्चालन हुुने क्रियाकलापको योजना तर्जुमा गर्न भूगोलको विज्ञता भएको व्यक्ति र स्थानीयबाट तय भएका रणनीति र त्यसलाई कार्यान्वयन गर्ने योजना निर्माण गर्ने हो भने कर्णालीलाई पाँच वर्षमा कायापलट गर्न सकिन्छ । अहिलेको जस्तो विकास गर्ने प्रक्रियाबाट काम गर्दै जाने हो भने अबको कर्णाली ३०औँ वर्षसम्म यस्तै रहने निश्चित छ । त्यसमा केही परिवर्तन नगरी विगतमा भएको, वर्तमानमा भइरहेको र भविष्यमा हुुने लगानी बालुुवामा पानी सरह हुुनेछ ।
काठमाडौँबाट निक्कै दूरदराजमा रहेको कर्णालीलाई राज्यको नीति निर्माण गर्ने तहका व्यक्तित्व मात्र होइन, जो कोहीसँंग कुुरा हँुुदा कर्णाली भन्नेबित्तिकै भोकमरीले पीडित क्षेत्र, स्वास्थ्य सेवाबाट वञ्चित, फोहोर, कम पढेलेखेका मानिस मात्र बस्ने ठाउँ, दुुर्गम र भौगोलिक रूपमा विकट ठाउँका रूपमा सोच्ने गरेको पाइन्छ । जुन कुरा धेरैपटक भोगियो पनि । त्यसमा केही कुरामा मात्र सत्यता छ । अधिकांश कुरा वनावटी वा सुनेका भरमा बोलिएका छन् । यद्यपि, जो व्यक्ति कर्णालीमा पुुग्छ, उसले मैले त यस्तो होला भनेर सोचेको थिइन भन्नपछि पर्दैनन् । देशकै ठूलो भूभाग ओगटेको यो क्षेत्रमा जनसङ्ख्या पनि भूगोलअनुुसार कम छ । यसकारण पनि कर्णाली नदेखेका व्यक्तिले तय गरेका रणनीति र त्यसलाई कार्यान्वयन गर्ने योजना तर्जुमा प्रक्रियाले कर्णालीको गरिबी न्यूनीकरण गर्न कसरी सफलता पाउँछ ? अनि बर्सेनि रूपमा कर्णालीलाई विकासका नाममा बजेटको खोलो जति बगाए पनि कर्णाली जहाँको तहीँ रहनेछ ।
अर्को कर्णालीको विकासका लागि सञ्चालित निकाय प्रभावकारी परिणाम निकाल्नुुभन्दा पनि कार्यक्रमको उद्देश्य पूर्तिमुखी हुुनुुले पनि कर्णालीमा गरिबी घट्न नसकेको हो । जस्तो कर्णालीका गरिब घर परिवारलाई एक बाख्रो, एक प्याकेट तरकारीको बीउ, एक लाखको सिँचाइ, पाँच बोट फलफूलको बिरुवा, ढुवानी अनुदानको खाद्यान्न, तीनदिने सीप विकास तालिम, भूगोल र हावापानी नहेरी नश्ल सुुधारका कार्यक्रम सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालन हँुुदै आएका छन् । यता खानेकुुरामा बानी परिवर्तन हुुनुु पनि पछिल्लो समयमा ठूलो समस्या देखिएको छ । जसले कर्णालीबासीलाई पर निर्भर तुुल्याउँदै गरिबीतिर धकेल्दै छ । स्थानीय अन्नपात प्रतिस्थापन हुुने अवस्था छ । यहाँ सबल पक्ष के थियो भन्दा उत्पादनका हिसाबले पनि कर्णालीको खेतीयोग्य जमिनबाट पौष्टिक तŒवलेयुुक्त मार्सी धान, फापर, कोदो, जौ, उवा, गहुुँ, कागुनो, सिमी, आलुुको उत्पादन राम्रो हुुन्छ ? तर, यसको प्रयोग गर्ने मानिस कम छन् । सबै सरकारको ढुवानी अनुुदानको चामलप्रति निर्भर हुुँदै आएका छन् । जसमा पौष्टिक तŒव कम हुुन्छ र यसको प्रयोग बढी गर्नाले मानिस त्यति हिस्टपुुष्ट देखिँदैनन् ।
त्यस्तै कर्णालीका लागि विनियोजित बजेटको ६० प्रतिशत रकम ढुवानीमा खर्च हुुनुु अर्को ठूलो समस्या छ । यसले पनि कर्णालीमा गरिबी बढाउन मद्दत पुु¥याएको छ । बजेट धेरै विनियोजित हुुने तर वास्तविक बजेट पुुग्नुपर्ने ठाउँमा धेरै कम मात्रामा पुुग्ने गर्छ । अझ यसलाई कर्णालीको बजेट सबै एयरलाईन्सलाई भन्दा अतियुक्ति नहोला । अर्को कर्णालीका स्थानीयबासी हवाई यातायातमा निर्भर रहँदा दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा तथा विकास निर्माणका सामग्रीको पनि आकाशिँदो मूल्य छ । जस्तो धारा तेल प्रतिलिटर ३५०, एउटा घरेलुु धोतीको एक हजार दुई सय, साबेलको सात सय पर्नुले कर्णालीबासीले जति कमाइ गरे पनि सीमित वर्गले यसबाट फाइदा लिने गरेका छन् । यता स्वास्थ्य उपचारको अवस्था झन् दया लाग्दो छ । जस्तो हुुम्ला जिल्लाका लिमी गाविसका बासिन्दाले धेरै पैसा खर्च गरेर औषधोपचार गर्न चीनतिर जानुुपर्छ तर जिल्ला स्वास्थ्य कार्यालयमा त्यता स्वास्थ्य चौकी भएको र जनताले पाउने सेवा पाएको प्रगति देखिन्छ । यो समस्या मुुगुुको करन क्षेत्र र डोल्पाको उपल्लो डोल्पामा उस्तै छ ।
यी समस्यालाई दीर्घकालीन रूपमा समस्या समाधान गर्न अहिलेको कर्णालीको समस्या समाधान गर्न राज्यले केही कुुरामा मात्र ध्यान दिए पनि कर्णाली अगाडि बढ्ने मार्ग प्रशस्त हुुन्छ । यति मात्र होइन, कर्णालीमा भएका अथाहा प्राकृतिक साधनको उपयोग गर्न सके छ नम्बर प्रदेश, वर्तमान केन्द्र सरकारले समेत लाभ लिन सक्ने अवस्था छ । जसमा जलस्रोत, जडीबुुटी, फलफूल, पर्यटनको विकासबाट हुुने फाइदा त सबैले बताउँदै आएको विषय हो । यसभन्दा पनि बाहिर प्रचारमा नआएको तर सम्भावना बढी भएका उत्पादन पनि धेरै छन् ।
ढँटेलो ः कर्णाली क्षेत्रभरि हुुने यो फलको खासै उपयोग गरिएको पाइँदैन । यस फलको विशुुद्ध अर्गानिक तेल निकाल्न सकिन्छ । केही मात्रामा यसलाई प्रयोगमा ल्याएर स्थानीय जनताले तेल प्रयोग गर्ने गरेको भए पनि जति मात्रामा यो फल उत्पादन हुुन्छ, त्यसको प्रयोग गरिएको पाइँदैन । कर्णालीमा यसबाट तेल उत्पादन गर्न सकिन्छ । यसको पातलाई डाँले घाँसका रूपमा प्रयोग हुुने गरेको छ तर त्यसै खेर गइरहेको छ । यो राष्ट्रिय वन, कबुुलियती वन तथा खेतबारीमा फल्ने गरेको छ । यसको तेलबाट कस्मेटिकका सामान बनाउन सकिने र ल्याप टेस्टसमेत भइ कस्मेटिकका सामान उत्पादन भई प्रयोगमा आइसकेको अवस्था छ । यसलाई व्यावसायीक रूपमा खेती गरेमा स्वरोजगारी सिर्जना गर्न सकिन्छ । भर्खर केही मात्रामा भए पनि यसको बाहिर निकासी हुुन थालेको छ ।
चुुली ः यो एक प्रकारको फल हो । असार महिनामा पाक्ने यो फल पनि कर्णालीमा मात्र पाइन्छ । जो टनका हिसाबले उत्पादन गर्न सकिन्छ । केही बाहेक अन्य सबै खेर गइरहेको छ । यसको बाहिरको फल खाने तथा भित्रको गुुदीबाट तेल निस्कन्छ । यसलाई डाँले घाँस तथा दाउराको रूपमा प्रयोग गर्न सकिन्छ । हाल त्यो तेललाई स्थानीय जनताले केही मात्रामा दैनिक खाने तेलका रूपमा प्रयोगमा ल्याउन गरेको भए पनि यसबाट पनि कस्मेटिकका सामान निर्माण शुुरु भएको छ । यसको तेल प्रयोग गरी वनेका क्रिमवाट अनुहार निकै गोरो बनाउने गरेको पाइन्छ । यसबाट मुुख धुुने साबुन बन्ने गरेको छ ।
खाँवुु ः एक प्रकारको आरु हो तर यसको फल आरु जत्रो ठूलो नभएर सानो हुुन्छ । स्वाद अमिलो हुुन्छ । यो पनि कर्णाली क्षेत्रमा मात्र फल्ने फल हो । जुुन बहुुउपयोगी रहेको छ । अहिले कर्णालीमा यसको तेललाई दैनिक खाने तेल तथा शरीरको मालिसका रूपमा प्रयोग गर्ने गरिन्छ । उच्च हिमाली क्षेत्रमा पाइने यो फल पनि हुुम्ला, मुुगुु तथा डोल्पा जिल्लामा धेरै हुुने गरेको छ । यो पनि हाल यसको तेल पनि केही मात्रामा जिल्ला बाहिर निकासी हुुन थालेको छ । यसको सम्भावना धेरै छ ।
ओखर ः कर्णाली क्षेत्रमा उत्पादनको सम्भावना भएको अर्को ओखर खेती हो । हाल जति फलेको छ । त्यसलाई स्थानीय जनताले रहरले मात्र फलाउने गरेका छन् । यसको व्यावसायीक रूपमा खेती गर्न सके भविष्य राम्रो देखिएको छ ।
प्रशस्त सम्भावना बोकेको कर्णाली क्षेत्रमा अब कुुनै कुरा गर्नुछ भने प्याकेज गर्दा उपयुुक्त देखिन्छ । किनभने अहिलेसम्म जसरी छरिएर लगानी भएको छ । त्यसबाट प्रतिफल ननिस्कनुुमा पकेट क्षेत्रमा लगानी नगर्नाले भएको बुुझ्न कठिन छैन । अर्को कर्णालीका विकासका लागि विज्ञताको ज्ञान तथा स्थानीय सामाजिक कार्यकर्ताको व्यावहारिक सुुझावलाई सम्मिश्रण गरेर अगाडी बढ्न सके विकास गर्न कठिन छैन ।

 प्रकाशित मिति: २०७४/५/१६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना