सङ्कटमा प्रकृतिका कुचीकार

 

krishna bhusalकृष्णप्रसाद भुसाल


गिद्ध, झट्ट सुन्दा वा देख्दा हामीलाई लाग्न सक्छ यो एउटा फोहोरी र घिनलाग्दो चरा हो तर सिनोमा लुछाचुडी गरिरहेका गिद्धको चर्तिकला, आकाशमा कावा खादै उडिरहेका बथान र यिनको पर्यावरणीय महìवलाई हे¥यौँ भने यिनीहरूप्रति माया लाग्छ । आफैँले शिकार नगरी केवल मरेका जनावरको मासु अर्थात् सिनो र मासुजन्य फोहोर पदार्थ मात्र खाने गिद्धले हाम्रो वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन महìवपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । यसैले त गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ । सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धको अभावमा सिनो प्रकृतिमा यसै सड्छ जसमा भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको सङ्ख्यामा वृद्धि हुन्छ फलस्वरूप मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखाला आदि सरुवा घातक रोग फैलिन सक्छन् भने पशु चौपायामा एन्थ्रेक्स्, ब्रुसेलोसिस र क्षयरोगजस्ता रोगको सङ्क्रमणले महामारीको रूप लिन सक्छ । यसर्थ गिद्ध पर्यावरणीय चक्र र सनातन खाद्य शृङ्खला सन्तुलन र गतिशिलताको संवाहकका साथै परिस्थितिकीय स्वस्थताको सूचक पनि हो । गिद्धको पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महìव पनि छ । हिन्दू धर्ममा गिद्धलाई शनी देवताको वाहानको रूपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजादा सीतालाई जोगाउँन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बतीयन मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई खुवाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रूपमा पुज्ने गर्छन् ।
करिब दुई दशक अघिसम्म पनि तपाईं हाम्रो गाउँटोल वरपर सयाँैको सङ्ख्यामा गिद्ध सिनोमा लुछाचुडी गरिरहेका सहजै देख्न सकिन्थ्यो । तर पछिल्लो दशकसम्म आउँदा ती दृश्य अति विरल बन्दै गए र यत्रतत्र सर्वत्र पाइने तिनै गिद्ध यस धर्तीबाट सदाका लागि लोप हुने अवस्थामा पुगे । सन् १९९० को दशकमा दक्षिण एसियामा करोडाँै र नेपालमा लाखौँको सङ्ख्यामा पाइने गिद्ध ९५ प्रतिशतभन्दा बढीले घटी आज केही हजार र कतिपय प्रजाति त सयको सङ्ख्यामा मात्र सीमित हुन पुगेका छन् । नेपालमा सन् २००२ देखि २०१० सम्मको पूर्वपश्चिम राजमार्ग सर्वेक्षणले डङ्गर गिद्धको सङ्ख्या ९१ प्रतिशतले घटेको देखाएको छ । यसप्रकारको अकल्पनीय र अप्राकृतिक विनाशका कारण आईयुसीएनको रातो किताबमा सानो खैरो गिद्ध, डङ्गर गिद्ध, लामो ठुडे गिद्ध र सुन गिद्धलाई अतिसङ्कटापन्न र सेतो गिद्धलाई सङ्कटापन्न सूचीमा सूचीकृत गरेको छ । अतिसङ्ककटापन्न प्रजाति आउँदो १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत रहन्छ । नेपालमा दक्षिण एसियामा पाइने सबै ९ प्रजातिका गिद्धहरू नै पाइन्छन् र यिनको बासस्थान चितवन पश्चिमको तराई र पश्चिम नेपालको मध्यपहाडी क्षेत्रमा घना रूपमा वितरित छ ।
दक्षिण एसियामा यस प्रकारको अकल्पनीय गिद्ध विनाशको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने पीडानाशक औषधि डाइक्लोफेनेक हो । डाइक्लोफेनेकले उपचार गरिएका पशुको मृत्युपश्चात् सिनो खाने गिद्धको शरीरमा मासुसँगै डाइक्लोफेनेकको विषाक्तपना प्रवेश गर्छ । जसले गिद्धको रगतमा युरिक एसीडको मात्रा बढाई भिसरल गाउँट गराउँछ र मृगौलाले ‘युरिक एसिड’ छान्न नसकि केही दिनमै मर्छ । गिद्धहरू समूहमा खाने हुँदा डाइक्लोफेनेक प्रभावित एउटै सिनोबाट पनि ठूलो सङ्ख्यामा मर्छन् फलस्वरूप यिनको सामूहिक विनाश हुनपुग्यो । यसका साथै अन्य सहायक तìव वासस्थानको विनाश, आहारामा कमी, सिनोमा विष र विषादीको बढ्दो प्रयोग र अवैज्ञानिक ढङ्गबाट विस्तार गरिएका विद्युत् तार आदिले जीवित सानो सङ्ख्यामा रहेका गिद्धका लागि खतरा भई नै राखेका छन् ।
गिद्धको यस प्रकारको विनाशबाट जोगाउन सरकारी निकाय, संरक्षणकर्मी र सरोकावाला निकायको ध्यान आकृष्ट भयो । गिद्ध संरक्षणका लागि नेपाल सरकारले जेठ २३, २०६३ देखि पशु उपचारमा डाइक्लोफेनेकको उत्पादन, आयात र प्रयोगमा प्रतिबन्ध लगायो र त्यसको विकल्पमा गिद्ध र अन्य मांसाहारी वन्यजन्तुका लागि सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग शुरु ग¥यो । गिद्धलाई डाइक्लोफेनेकरहित शुद्ध र नियमित आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ताको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदाय स्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलियो । जटायु रेष्टुरेन्टमा रहेका पशुको वृद्धाश्रममा किसानबाट वृद्ध, अशक्त र बेकामी गाईवस्तु सङ्कलन गरी पालनपोषण गरिन्छ । तिनीको प्राकृतिक मृत्युपश्चात् निश्चित स्थानमा गिद्धको आहाराका लागि राखिन्छ र गिद्धहरू आई खान्छन् । त्यहाँ गिद्धको आनिबानी हेर्ने पर्यटक अवलोकन घर पनि छ जहाँबाट आगन्तुकले अतिसङ्कटापन्न गिद्धको विभिन्न प्रजाति र क्रियाकलापको नजिकबाट अध्ययन अवलोकन गर्न सक्छन् । यसले ती क्षेत्रको पर्या–पर्यटनमा टेवा पुग्नुका साथै स्थानीयबासीको जीविकोपार्जनमा समेत मद्दत गरेको छ । समुदाय स्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुरेन्टलाई गिद्धका बासस्थान र उच्च घनत्व भएका पश्चिम नेपालका रूपन्देहीको गैँडहवा ताल, दाङको लालमटीया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र पूर्वमा सुनसरीको कोशीटप्पुमा विस्तार गरिएको छ ।
नेपालमा प्रकृतिबाट गिद्ध लोप हुनबाट बचाउने उद्देश्यअनुसार चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्र
(कृत्रिम बच्चा कोरल्ने स्थान)को स्थापना गरिएको छ । प्रजनन केन्द्रमा हुर्काइएका गिद्धलाई डाइक्लोफेनेकमुक्त सुरक्षित प्राकृतिक वातावरणमा पुर्नवास गराउने कार्यको थालनी यस वर्षदेखि शुरुवात गरिएको छ । जसले प्रकृतिमा गिद्धको सङ्ख्या बढाउन टेवा पु¥याउने अपेक्षा गरिएको छ । सन् २०१० मा दाङबाट सुरु गरिएको जिल्लालाई पशु उपचार प्रयोगमा डाइक्लोफेनेक मुक्त गिद्ध सुरक्षित क्षेत्र बनाउने अभियान हालसम्म नेपालका ५८ जिल्लामा सम्पन्न भइसकेको छ । पश्चिम नेपालका सबै जिल्ला समेटिएको यस क्षेत्रले नेपालको करिब ७५ प्रतिशत भू–भाग ओगटेको छ । नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९–२०१३ को सफल कार्यान्वयन पश्चात् दोस्रो पञ्चवर्षीय कार्ययोजना
(सन् २०१५–२०१९) को कार्यान्वयनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग गिद्ध संरक्षणमा लागिरहेका साझेदार संस्थाले हातेमालो गरिरहेका छन् ।
यी समग्र सामूहिक प्रयासले पछिल्ला दिनमा गिद्धको ह्रास दरमा कमी आएको अध्ययनले देखाएका छन् तथापि हाम्रा गिद्धहरू अझै पूर्ण सङ्कटमुक्त र सुरक्षित छैनन् । मानिसमा प्रयोग गरिने डाइक्लोफेनेकको अवैधानिक रूपमा पशु उपचारमा प्रयोग, सिनोमा विषको प्रयोग, बासस्थान तथा आहारको अभाव, पर्याप्त संरक्षण चेतनाको कमीका साथै अन्य पर्यावरणीय चुनौती हामीमाझ विद्यमान छन् । डाइक्लोफेनेकका अलवा किटोप्रोफिन, निमुसलाइड र एसिक्लोफेनेक जस्ता औषधि गिद्धका लागि हानिकारक प्रमाणित भइसकेका छन् तसर्थ यी औषधि प्रयोगमा रोक्नु जरुरी छ । गिद्ध उड्ने चरा भएकोले यसको संरक्षणमा अन्तरदेशीय साझेदारी र सहकार्यलाई थप प्रभावकारी र दिगो बनाउनुपर्ने खाँचो छ । गिद्धका बासस्थान संरक्षित क्षेत्रबाहिर मूलतः सामुदायिक वन र निजी वनमा अवस्थित भएकोले संरक्षणमा जनसहभागिता र अपनत्व आवश्यक छ । नेपालबाटै थालनी गरिएको गिद्ध सुरक्षित क्षेत्रको वैज्ञानिक अवधारणालाई साकार पार्नका लागि आगामी कार्यक्रम केन्द्रित गरिनु पर्छ ।
गिद्ध संरक्षण कार्यलाई थप प्रभावकारी र आम सरोकारको विषय बनाउने उद्देश्यले सेप्टेम्बर २ (आज शनिवार) नवौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालका साथै संसारभर मनाइँदैछ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस गिद्धको महìव, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाइन्छ । यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवसबाट विकसित भई सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको हो । नेपालमा पनि आजको दिन सचेतनामूलक ¥याली, क्याम्पस तथा विद्यालय स्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिता, गिद्ध तस्वीर तथा चित्रकला प्रर्दशनी, गिद्ध महोत्सव, सडक नाटक, अन्तक्र्रिया तथा रेडियो कार्यक्रम गरी मनाइँदैछ । यस नवौँ अन्तर्राष्ट्रिय गिद्ध दिवसले गिद्ध संरक्षणमा थप टेवा पुगोस् ।

 

 प्रकाशित मिति: २०७४/५/१७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना