बीमा व्यवसायको विकास राष्ट्रिय आवश्यकता

बीमा व्यवसायको विश्व इतिहास लामो भए पनि नेपालमा त्यति लामो छैन । वि.सं. २००४ मा नेपाल बैङ्कको ५१ प्रतिशत सेयर स्वामित्वमा स्थापना भएको नेपाल इन्स्योरेन्सले बीमा व्यवसायको सुरु गरेको हो । आर्थिक गतिविधिहरूको बढोत्तरीसँगै जोखिम पनि बढ्न थालेपछि, जोखिम न्यूनीकरणको उपायस्वरूप बीमाको आवश्यकता महसुस हुँदै गएपछि खुलेको सो कम्पनीको स्थापना भएपछि मुलुकमा निर्जीवन बीमाको दायरा फराकिलो हुँदै व्यवसायको ढोका पनि खुल्यो । सत्तरी वर्षको इतिहास आफैँमा महत्वपूर्ण हो । समयक्रमको परिवर्तनसँगै अहिले नेपाल इन्स्योरेन्स कम्पनी पनि निजी क्षेत्रसँग प्रतिस्पर्धामा उत्रिएको छ । नेपाल बैङ्कको सहायक कम्पनीका रूपमा स्थापना भएको सो कम्पनीमा गत वर्ष यसको पुँजीको संरचनामा फेरबदलसँगै नबैंलिले १५ प्रतिशतमा सीमित राखेर निजी क्षेत्रलाई सहभागी गराइएको छ । नेपाल इन्स्योरेन्समा साउन ८ गतेदेखि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको छ विजयबहादुर शाह । यसअघि एनएलजी इन्स्योरेन्स कम्पनीमा सीईओका रूपमा जिम्मेवारी सम्हाल्नुभएका र नेपाल बीमक सङ्घको दुई कार्यकाल अध्यक्ष रहिसक्नुभएका शाहसँग गोरखापत्रका पत्रकार भेषराज बेल्बासेले नेपालको बीमा व्यवसाय, सम्भावना, समस्यालगायतका विषयमा गरिएको कुराकानी– bijay bdr shah

 

अहिले मुलुकको बीमा क्षेत्रलाई यहाँले कसरी नियालिरहनु भएको छ ?
म त बढो आशावादी मान्छे भएको हुँदा के लागिरहेको छ भने मुलुकको बीमा क्षेत्र फैलने क्रममा छ । बीमाको महìव आपत् परेको बेला धेरै मानिसले एकैचोटि बुझ्दा रहेछन् । दुई वर्ष अगाडि महाभूकम्प आउँदा बीमा गरेको भए हुने रहेछ भन्ने धेरैलाई लागेको थियो । यस्तो विपद्पछि पनि आउन सक्छ भनेर त्यसै किसिमको तयारीस्वरूप बीमा गर्ने र बुझ्नेहरू चलायमान पनि भएका थिए ।
विस्तारै भूकम्पको घाउ बिर्संदै गर्दा र त्यसलगत्तै सुरु भएको नाकाबन्दीले बीमाप्रतिको माहोल पूरै सेलायो । त्यसपछि अब अहिले फेरि तराईमा आएको बाढी पहिरोले पु¥याएको विपद्ले फेरि बीमाको महìव दर्शाएको छ । त्यसले गर्दा अब बीमा त गर्नैपर्ने रहेछ भन्ने कुरालाई आम सर्वसाधारणले महसुस गरेका छन् । देशका पहाड तराईलगायत देशका कुनै पनि भागमा आइपर्ने प्रकृतिक प्रकोपबाट हामी अछुतो नहुने रहेछौँ भन्ने एक किसिमको सन्देश गएको अवस्था छ ।

आम सर्वसाधारणमा जनचेतना ज्यादै न्यून भयो यसका लागि के गर्नुपर्ला ?
मलाई लाग्छ यसका धेरै पाटा छन् बीमा साधारणतया हाम्रो ‘इकोनोमिक‘लाई हेर्दाखेरी हामी अझै पनि उद्यमशील भई नसकेको अवस्था छ । हाम्रो दुई तिहाई जनसङ्ख्या कृषिमा आधारित छ । एक तिहाइले मात्रै अन्य पेसा गरेको अवस्थामा बीमा वास्तममा जोखिम हस्तान्तरणको माध्यम हो र सानो प्रिमियम तिरियो भने ठूलो जोखिमबाट ऋण पाउन सकिन्छ भन्ने किसिमको चेतना नभएकै अवस्था हो । उद्यमशीलतामा पनि आधारित छ । तपाईंले हेर्नु भयो भने आजको दिन दुई तिहाइ जनसङ्ख्या त कृषिमै आधारित छौँ र हामीले बीमा उद्यमशीलतालाई प्राथमिकतामा नराखेको अवस्थामा बीमाको पहुँच एक्कासि बढ्नुपर्छ या बीमाका बारेमा व्यापक जनचेतना हुनुपर्छ भन्ने सोचाइ कताकता अलिक नमिलेको जस्तो मलाई लाग्छ तर हो के त भन्दा यो देशमा उद्यमशीलताको पनि विकास हुनुपर्छ अझ भनौँ उद्यमशीलतामार्फत बीमालाई अगाडि बढाउनुपर्छ । उद्यमशीलताको चेतना, बैङ्किङ संस्थाको पहँुचमा अभिवृद्धि र बीमाका बारेमा पनि व्यापक प्रचारप्रसार गर्नेुपर्ने आवश्यकता छ । र वास्तवममा आजको दिनमा यदि यो देशलाई अगाडि बढाउने हो भने त्यसका लागि बीमा व्यवसायको विकास नै आजको राष्ट्रिय आवश्यकता हो ।

यसका लागि नेपाल बीमक सङ्घले कस्तो भूमिका खेलेको छ ?
सङ्घ भोलेन्टियरी संस्था हो । बीमा कम्पनीहरू नै थोरै छन् र यसमा सदस्यहरू कम सङ्ख्यामा छौँ । वास्तवमा यो संस्थामा कुनै आयस्रोत पनि छैन । सदस्य साथीहरूबाट उठाएको पैसाले कार्यालय सञ्चालन गर्ने र आफ्नो उपस्थिति छ है भनेर देखाउने बाहेक धेरै गर्न सकेका छैनौँ तर सरोकारवालाले यो अझ भाइब्रेट हुनुपर्छ देखिनुपर्छ । यसले समयसामयिक कुराहरूका बारेमा आवाज उठाउनुपर्दछ भन्ने मान्यता राख्नु असाध्यै स्वाभाविक हो । मलाई लाग्छ आजको दिनसम्म त्यहाँ नपुगेको अवस्था छ तर यहाँनिर म के एस्युरेन्स दिन चाहान्छु भने नेपाल बीमक सङ्घले लघु बीमाहरूका लागि नेपाल लघुवित्त बैङ्कहरूसँग एमओयु गरेको छ । देशभर लघुवित संस्थाहरूले जुन ऋण प्रवाह गर्छन् र त्यसको बीमा केन्द्रिकृत रूपमा हुन्छ । र त्यसको कार्यालय सङ्घले खोलेको छौँ । त्यसैले त्यहाँबाट एक किसिमको आयआर्जन भयो भने भोलिका दिनमा त्यो आयलाई बीमाकै चेतना अभिवृद्धि गर्नका लागि खर्च गर्ने हो त्यसैले म असाध्यै आशावादी छु कि आउँदा दिनमा सङ्घले आफ्नो उपस्थितिलाई अझ दरिलो रूपमा महसुस गर्ने गरी गर्छ र बीमाको प्रचारप्रसारका लागि भएको आफ्स्रोत÷साधनको सदुपयोग गर्दछ । लघु बीमाका काम लघुवित्तले गर्दछन् त्यसको पोलिसी इस्यु गर्नका लागि हामीहरूले एउट मोडल इन्सुुरेन्स कम्पनी छानेका छांँ ।

तपाईंले नेतृत्व गर्नुभएको बीमा कम्पनी पहिलो हो, यसको स्थान कस्तो छ ?
नेपालमा बीमा कम्पनीको आवश्यकता महसुस गरेर २००४ सालमा यो कम्पनी स्थापना भएको रहेछ । सत्तरी वर्षको इतिहास असाध्यै लामो र आफैँमा महìवपूर्ण हो तर विडम्बना के भने हामीले सुरुवात त ग¥यौँ गति लिन सकेनौँ । नेपाल इन्सुरेन्स मात्रै होइन कि धेरै इन्स्योरेन्स कम्पनीले गर्न सकेनन् । धेरै बीमा कम्पनीहरू २०४६ देखि आएका हुन् । यो कम्पनी नेपाल बैङ्कको सहायक कम्पनीको रूपमा स्थापना भएको हुनाले नेपाल बैङ्ककै क्याप्टिभ विजेनेसहरू लामो समयसम्म गरिरहेको अवस्था थियो भने गत वर्ष यसको पुँजीको संरचनामा फेरबदल भयो । नेपाल बैङ्कले आफू बैङ्कमै केन्द्रित हुन्छु । बीमा मेरो कोर फङ्सन होइन भन्ने लागेर हो या अरू कारण हो आफूसँग भएको ठूलो सेयर स्वामित्व बिक्री ग¥यो र आफूलाई १५ प्रतिशतमा सीमित राख्यो । नेपाल बैङ्कको कम्पनी नै हो आजको दिनमा पनि किनभने त्यो ब्रान्ड असाध्यै पावरफुल छ तर व्यवस्थापनमा प्रतिनिधित्व गर्ने वा वितीय बीमाको तरिकाले चलाउन दिने हिसाबले उहाँहरूले त्यो जिम्मा निजी क्षेत्रलाई दिएको अवस्था छ । त्यसैले यही नै कम्पनी यस्तो हो जसको ७० वर्षको इतिहास छ । त्यसैले मैले के देखेको छु भने नेपाल इन्सुरेन्स कम्पनीका भावी दिनहरू असाध्यै आश लाग्दा र उज्ज्वल छन् । यसले अब गति लिन्छ ।

कम्पनीका भावी कार्यक्रम कस्ता छन् ?
वित्तीय संरचनाभन्दा यसलाई तीनवटा पाटोबाट हेर्नुपर्ला । यही आर्थिक वर्षको अन्त्यसम्मा एक अर्ब चुक्ता पुँजी पु¥याउनुपर्ने अवस्था छ जुन हामी तोकिएकै समयसीमाभित्र नै पु¥याउँदै छौँ । म आउनुभन्दा अगाडि यहाँ केही थाती रहेका कामहरू छन् मैले यो दुई वर्षमा गर्ने भनेर सूचना निकाली सकेको छु । आव २०७१÷७२ र २०७२÷७३ को साधारणसभा हामीले यही भदौ मसान्तमा गर्न लागेका छौँ । त्यसपछि २०७३÷७४ को बाँकी रहन्छ । त्यो हामी पुस मसान्त अगावै गर्छांै । त्यसैले थाती रहेका कुरा अद्यावधिक गर्ने कुरा भयो । तत्काल शाखा विस्तार गर्दैछौँ । केही दिन अघि मात्रै पाँचवटा शाखा खोल्ने स्वीकृति पाएका छौँ । जनशक्तिलाई इनरजाइज गर्दैछौँ । यो संस्थाको परम्परागत संरचनालाई समयसापेक्ष सुधार गर्दै यसलाई द्रूत गतिमा अगाडि बढाउनका लागि त्यतातिर लगिसकेको अवस्था छ । यसका अपेक्षित नतिजा मलाई लाग्छ तीन महिनापछि नै देखिन थाल्नेछ ।

अहिले नेपाल इन्सुरेन्सको वित्तीय संरचना कस्तो छ ?
प्रिमियम सङ्कलनको अवस्था गत वर्षसम्मकै हेर्दा प्रिमियम सङ्कलन खासै गर्न नसकेको तथ्य वास्तविक हो । आव २०७२÷७३ मा ७४ करोड प्रिमियम सङ्कलन गर्दाखेरी कम्पनीलाई नाफा भयो कि नोक्सान भयो भन्ने कुराले अर्थ राख्दोरहेछ । किनकि हाम्रो २९ करोड पनि पुँजी नपुगेको कम्पनी ६० करोड पुँजी पु¥याउने कम्पनीसँग तुलना गर्दा सेयरहोल्डरले प्रतिफल पाउँछन कि पाउँदैनन् भन्ने कुरा अउनु स्वाभाविकै हो तर ७४ करोडको प्रिमियम सङ्कलन गर्दा पनि यो कम्पनीले यसको मात्रै होइन नेपालको इतिहासमै सबैभन्दा बढी बीमा व्यवसायबाट नाफा कमाउन सफल भयो । त्यसलाई अण्डरराइटिङ प्रोफिट भन्छ त्यो नाफा आव २०७२÷७३ को भन्दा शतप्रतिशत बढी छ । अघिल्लो वर्ष साढे पाँच करोडबाट यो वर्ष ११ करोड भयो सर्वप्रथम ११ करोडको नाफालाई अण्डरराइटिङ प्रोफिटले क्रस ग¥यो । यसरीभन्दा हामीले कोशेढुङ्गा एकपछि अर्को प्राप्त गर्दै आइरहेका छौँ । हामी आइसकेपछि लिकबाट बाहिर गएका कामलाई लिकमा ल्याउने, कम्पनीका से्रस्तालाई अद्यावधिक गर्ने, कम्पनीको पहुँचलाई अभिवृद्घि गर्ने, कर्मचारीलाई मोटिभेट गर्नेलगायतका कुरालाई द्रूत ढङ्गले अगाडि बढाइरहेका छौँ ।

कम्पनीका प्राथमिक क्षेत्र के बनाउनु भएको छ ?
कृषि र पशुबीमा वास्तवमा देशकै प्राथमिकतामा परेको विषय हो । एनएलजीमा हँुदा खेरी यही क्षेत्रबाट पृथक् पहिचान बनाइयो त्यसपछि के भयो भन्दा हामीले सुरु ग¥यांैँ अरूले पनि सिको गरे तर बजारमा विकृति पनि छि¥यो । देशको बिडम्बना के भने हामीले नक्कल बढो छिटो गर्छौं । अनि त्यो विकृतिले गर्दा बीमा कम्पनीलाई पनि यो गर्ने की नगर्ने भन्ने एउटा सोचमा विचलन ल्याएको जस्तो मानेको छु । ग¥यो भने नोक्सान हुने नगर्दा नै फाइदा हुने जस्तो देखियो । अर्को कुरा हामीलाई कसैले पनि राम्रो काम ग¥यो भनेर प्रोत्साहित नै गरिएन । नगर्नेलाई जरिवाना पनि नगर्ने यो विडम्बनाबाट पनि गुज्रिए । मैले वास्तवमा सिकेको यही हो र यही सिकाइलाई ध्यानमा राख्दै कृषि तथा पशुबीमा गर्ने तर त्यो बीमालाई क्षतिपूर्ति मात्रै दिने हो भनेर बुझाउन अनिवार्य देखेको छु । बीमा गरेर नाफा कमउने उद्देश्य कसैले राख्छ भने त्यो गलत हो भनेर बुझाउनुपर्ने आवश्यकता देखिएको छ । यस्ता विकृतिलाई निरुत्साहित गर्दै नेपाल इन्स्योरेन्सले कृषि र पशुबीमालाई प्राथमिकतामा राखेको छ । अझ यसले कृषि बीमामा एउटा ठूलो रकमको प्रिमियम सङ्कलन गर्दै प्रत्येक वर्ष दाबी पनि दिँदै आइरहेको छ ।

समग्र निर्जीवन बीमाको पहुँच कस्तो छ र भावी दिनमा कस्तो हुने देख्नुहुन्छ ?
हामीले आजको दिनमा जम्मा जनसङ्ख्याको दस प्रतिशतमा मात्र यसको पहँुच छ । हामीहरूले तथ्याङ्कले गर्दा करिब करिब सात÷ आठको हाराहारीमा आउँछ । त्यसलाई यसरी पनि हेर्न सकिन्छ । आजको दिनमा दुई तिहाइ मानिस त कृषिमै आधारित छन् । एक तिहाइ मात्र अन्य व्यवसायमा लागेको अवस्था छ । दोस्रो जसले बीमाको महìव बुझेका छन् उनले एकभन्दा बढी पोलिसी रहेको अवस्था पनि छ । हामीहरूले लघु कर्जाका लागि लघु बीमाको प्रोजेक्ट राखेका छौँ । मलाई लाग्छ आउने दिनमा त्यो प्रतिशत केही प्रतिशतले बढ्ने सम्भावना छ ।

अब बीमा बजार र पहुँचको अवस्था कस्तो हुने देख्नुहुन्छ ?
नयाँ कम्पनीको प्रवेशपछि एउटा तरङ्ग बजारमा आउँछ तर उहा“हरू सहरी क्षेत्रमा केन्द्रित भएर खासै व्यवसायलाई एकीकृत गरेर लानु भएन भने सिङ्गो व्यवसायकै लागि दुर्भाग्य हुनेछ । मलाई लाग्छ उहा“हरू सहर केन्द्रित हुनुहुन्छ होला । नयाँ नयाँ उत्पादन ल्याउनुहुन्छ होला । नयाँ प्रविधि पनि ल्याउनुहुन्छ । बीमामा नयाँ बाटो ल्याउनु हुनेछ । त्यो ग¥यो भने बीमाको चेतना अभिवृद्धि हुने पहँुच अभिवृद्धि हुने र बजारमा केकको साइज नै ठूलो भयो भने तीन चारवटा मात्र होइन त्योभन्दा बढीको पनि यहाँ सम्भावना छ तर त्यो नगर्ने तानातान गर्ने हो  भने डरलाग्दो विकृति पनि आउन सक्छ असाध्यै चनाखो भएर लाग्नुपर्ने अवस्था छ । त्यसैले हामी पनि आशावादी पनि छौँ बीमामा व्यावसायिकताको अभिवृद्धि होला भनेर हामीलाई कतै कतै डर पनि लागिरहेको छ कि कहींँ अस्वस्थ प्रतिस्पर्धा हुने हो कि भनेर ।

कम्पनीको चुक्ता पुँजी कसरी पु¥याउँदै हुनुहुन्छ ?
एक अर्ब पुँजी पु¥याउने नै हो किनकि पुँजी पु¥याएपछि कम्पनी पनि आफै दरिलो हुँदै जान्छ । हामीले मुख्य प्राथमिकताका रूपमा बोनस र राइट सेयरका माध्यमबाट अगाडि बढ्ने सोच बनाएका छौंँ तर हाम्रो अप्सन के छ भने भोलिको दिनमा एक अर्बमै अडिनुपर्छ भन्ने पनि छैन । भोलि आफू जस्तो सोचाइ राख्ने कोही कम्पनी आए भने मर्जर एक्विजिसनको अप्सन पनि खुल्ला छ । त्यसैले यही गोजीबाट मात्रै निकालेर पु¥याउँछु भन्ने भएन जति पनि अप्सन छन ती सबैको व्यावसायिक तरिकाले इभ्यालुएसन गरेर त्यसलाई हामी पु¥याउँछौ ।

 प्रकाशित मिति: २०७४/५/१८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना