बागमतीलाई अधिकार र स्वच्छताको खाँचो

devi p acharyaडा.देवीप्रसाद आचार्य

 

मानव विकासको इतिहासमा नदीका वरिपरिका शहर छिटो विकास भएको पाइन्छ । चीनमा ह्वाहो, अफ्रिकामा नाईल, भारतमा ब्रह्मपत्र लगायतका नदी सभ्यताको इतिहासले यसको पुष्टि गर्छ । नेपालमा पनि बागमती सभ्यताले हाम्रो देशको इतिहास बोकेको छ । बागमती नदी राजधानीको विकास र सभ्यताको प्रतीक हो । यस नदीको मुहान काठमाडाँै उपत्यकाको उत्तर–पूर्वी पहाडको बागद्वारबाट शुरु भएकोले यसको नामाकरण बागमती भएको हो भन्ने ऐतिहासिक भनाइ छ । यो नदीमा विष्णुमती, शिवमती, रुद्रमती, इक्षुमती, मनमती र हनुमती, नख्खु खोला मिसिन्छन् । यति ठूलो इतिहास बोकेर राजधानीको बीचबाट बगेको नदीको अवस्था अहिले बागमतीबाट ढलमतीमा रूपान्तरण भएको छ ।
प्रजातन्त्रको पुनःस्थापना पछाडि काठमाडौँमा जनसङ्ख्याको चाप बढेसँंगै बागमती नदीमा फोहोर बढ्दै गएको अग्रजको भनाइ छ । २५ वर्ष अगाडिसम्म बागमतीको पानी मानिसले प्रयोग गर्नयोग्य थियो भनिन्छ । त्यसपछि अव्यवस्थित शहरीकरण, जताततै घरै–घर र जनसङ्ख्या वृद्धिले काठमाडौँ प्रदूषित शहरमा परिणत भयो । शहरबाट निस्किएको फोहोर, मैला, प्लाष्टिक, मरेका जनावर बागमतीमा फ्याक्न थालियो । राज्यले बागमती नदीलाई सफा र स्वच्छ राख्ने कुनै पनि वैधानिक नीति नियम बनाएर खरो रूपमा कार्यान्वयन गर्न सकेन । नागरिकमा नदीलाई सफा, स्वच्छ राख्ने कर्तव्य बोध भएन । परिणामतः बागमती नदी फोहोरको डङ्गुरमा परिणत हुँदै गयो ।
त्यसो त सरकारी तथा गैरसरकारी सङ्घसंस्था सचेत नागरिकलगायतको सहभागीमा नदीमा भएको फोहोर निकाल्ने काम चलिरहेको छ । बागमती सरसफाइ अभियानमा अर्बाैं रुपियाँ खर्च पनि भई सकेको छ । गुहेश्वरी तथा पशुपति वरिपरिको क्षेत्रमा नदीको अवस्थामा केही सुधार आएको देख्न सकिन्छ । तथापि शहरवासी नागरिकले बागमतीमा फोहोर, मैला फ्याक्न छाडेका छैनन् । एकातिरबाट सरसफाइ हुँदै गर्दा अर्कोतिरबाट फोहोरका पोका नदीमा बर्सने गरेको प्रत्यक्षदर्शी बताउँछन् । बागमतीमा फोहोर फ्याक्न नपाउने नियम बनेको छ तर यी नियमको कडाइका साथ कार्यान्वयन भएको पाइँदैन । यस अर्थमा बागमती नदीलाई अधिकार सम्पन्न बनाउन आवश्यक छ ।
विश्व जगत्मा तीन वटा नदीले मानिससरह अधिकार पाएका छन् । अघिल्लो वर्ष भारतका दुईवटा नदी गङ्गा र जमुनालाई भारतको उत्तराखण्डको उच्च अदालतले जीवित मानिससरह अधिकार प्रदान गर्ने फैसला ग¥यो । यी अधिकार सम्पन्न नदीको अतिक्रमण गर्नेलाई राज्यले मानिसमाथिको आक्रमणसरहको कानुनी मान्यता प्रदान गरेको छ । बागमतीजस्तै फोहोर भएका यी नदीलाई स्वच्छ, सफा र आकर्षक बनाउन अधिकार सम्पन्न बनाएका हुन् । हाम्रो देशको सन्दर्भमा बागमती नदीलाई दिगो रूपमा सफा, स्वच्छ र शोभायमान बनाउनका लागि मानिससरह अधिकार प्रदान गर्न आवश्यक देखिन्छ ।
काठमाडाँै पर्यटकीय दृष्टिले विश्वको तेस्रो आकर्षक शहरमा पर्छ । यहाँका धार्मिक स्थल विश्व प्रख्यात छन् । सदियौँदेखि अस्तित्वमा रहेका मठ, मन्दिर र तीर्थस्थल पशुपति, गुहेश्वरी, कृष्णमन्दिर, स्वयम्भू, शोभाभगवती, आदिनाथ, कार्यविनायकलगायतका थुप्रै धार्मिक, सांस्कृतिक ऐतिहासिक तथा पुराताìिवक सम्पदा बागमती नदीको वरिपरि छन् । यी मठ मन्दिर र पर्यटकीय क्षेत्रमा लाखौँको सङ्ख्याका स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने गर्छ । परन्तु देशको राजधानीको बीचमा वग्ने बागमती नदीको दुर्दशााले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो इज्जत घटाएको छ । नेपाली शिर निहुराएको छ ।
बागमती नदीलाई सफा, स्वच्छ हराभारा बनाउनु राज्यलगायत सबै नागरिकको दायित्व हो । प्रजातान्त्रिक मुलुकको राजधानीको मुटुमा बग्ने ऐतिहासिक गौरवगाथा बोकेको बागमतीलाई संरक्षण गर्न नसक्नु दुःखको कुरा हो । देशको शक्तिकेन्द्र सिंहदरबार, ललितपुरको हरिहर भवनमा अवस्थित मन्त्रीको निवास, राष्ट्रिय योजना आयोगलगायतका सरोकारवाला बागमती नदीका प्रत्यक्षदर्शी छन् । तथापि राज्यको प्रत्येक दिन दृष्टि हुने बागमती नदीको सरसफाइमा ध्यान नजानु र परिणाममुखी कार्ययोजना बन्न नसक्नु दुर्भाग्य हो ।
काठमाडौँका विश्व सम्पदा सूचीमा परेका धार्मिक, सांस्कृतिक तथा पुराताìिवक सम्पदा पनि बागमती नदीकै दायाँबायाँमा अवस्थित छन् । देशको एउटा मात्र अन्तर्राष्ट्रिय विमान स्थल काठमाडाँैमा भएकोले विदेशी पर्यटक सबभन्दा पहिले काठमाडाँैमा नै आउँछन् । यहाँको प्रदूषण र बागमतीलगायत उपत्यकाका खोला नालाको दुर्गन्धले नेपाल र नेपालीको प्रतिष्ठा घटाएको छ ।
राज्यले काठमाडाँै उपत्यकाको जनसङ्ख्याको चाप, अस्तव्यस्त बस्ती निर्माणलगायत यहाँको भौगोलिक बनावटलाई समेत ध्यानमा राखी बागमती नदीको दिगो सरसफाइ योजना बनाउनुपर्छ । सबै खोला नाला मिसिएको बागमतीको निकास मञ्जुश्रीले चटन काटेर पानीको निकास बनाएको चोभारको गल्छी मात्र हो । राज्यले बागमतीमा ढल मिसाउन नपाइने निति नियम बनाएर मात्र पनि स्थायी रूपमा समस्याको समाधान हुन सक्ने देखिँदैन । नदी प्रदूषणको मुख्य कारण यसमा जताततैबाट मिसाइएका ढल भएकोले यसको निकास गर्न जरुरी छ । ढलको स्थायी रूपमा व्यवस्था नगरुन्जेल बागमती सफा र स्वच्छ हुन सक्ने अवस्था छैन ।
काठमाडाँै शहर देशको राजधानी मात्र होइन । लामो प्रशासनिक इतिहास बोकेको ठाउँ पनि हो । मुलुकका सर्वशक्तिमान शासक र प्रशासकको कर्मक्षेत्र हो । सिंहदरबार, राष्ट्रिय योजना आयोग, दातृ सङ्घसंस्था बागमतीकै वरिपरि छन् । राजधानीमा पढेलेखेका, जानेबुझेका, सुकिला, मुकिला, धनाढ्य, सभ्य र शिक्षित नागरिकको बसोवास छ । मानव अधिकारवादी, नागरिक समाज, वातावरणविद्, पत्रकार, लेखक, कवि, कलाकार, बुद्धिजीवी, प्रबुद्ध वर्ग, समाज सुधारकलगायतका शिक्षित समाजको बसोवास बागमती नदीकै वरिपरि छ । बागमतीको दुर्दशाको बारेमा राज्य पनि अनभिज्ञ छैन । तथापि नदीको संरक्षण हुन नसक्नु दुःखको कुरा हो । त्यसैले राज्यले बागमती नदीलाई सफा र स्वच्छ बनाउन अब ढिला गर्नु हुँदैन । यसका लागि नदीलाई अधिकार सम्पन्न बनाएर कार्य योजनासहित कार्यान्वयन गर्न जरुरी छ ।
काठमाडौँमा विश्व सम्पदा सूचीमा परेका सम्पदा अवलोकन गर्न विदेशबाट लाखाँैको सङ्ख्यामा पर्यटक आउने भएकोले ती हाम्रा विदेशी पाउनाले राजधानीको अवस्था देख्दा के सोच्दा हुन् ? बागमती नदीलगायत काठमाडौँको प्रदूषणले अन्तर्राष्ट्रिय क्षेत्रमा छवि धमिलिएको छ । एउटा सभ्य, भव्य र शालीन शहरको महìव घटेको छ । कस्तो विडम्बना ! राज्यको प्रत्येक दिन आँखा पुग्ने बागमती नदी बत्ती मुनीको अध्यारोजस्तै अलपत्र परेको छ । राज्यको योभन्दा कमजारी के हुन सक्छ ? बागमती नदी वरिपरिका तारे होटल, पार्टी प्यालेस, शिक्षालयलगायतका परिसरमा देश विदेशका विज्ञहरूले नकाव (मास्क) लगाएर नागरिक चेतना, स्वच्छ वातावरणको महìवलगायतका शीर्षकमा गोष्ठी, सेमीनार, छलफल, अन्तक्र्रिया तथा बहस गर्छन् तर बागमतीको नदीको अवस्था दयनीय छ ।
बागमती नदीलाई सफा, स्वच्छ र सुरक्षित राख्नका लागि राज्यले कानुनी अधिकार प्रदान गर्न आवश्यक छ । बागमतीसँग जोडिएका खोलालाई समेत सफा राख्नुपर्छ । शहरको शोभा बढाउन बागमती नदीको किनारमा ग्रीनवेल्ट बनाउनु पर्छ । नदीको दुवै कोरिडोरमा रुख हुर्काएर वनभोज पार्क बनाउनुपर्छ । बाल बाटिका बनाउनुपर्छ । चरा चुरुङ्गीका चिर्रबीर्र आवाजमा रमाउ“दै नदीको सफा पानीमा पौडी खेल्नसक्ने अवस्थामा बागमतीलाई फर्काउन जरुरी छ ।

  प्रकाशित मिति: २०७४/५/१८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना