नेपाल पत्रकार मञ्चको अमेरिकामा शाखा गठन

काठमाडौँ,भदौ १८ गते । नेपाल पत्रकार मञ्चको अमेरिका शाखा शनिबार गठन गरिएको छ ।
मञ्चका केन्द्रीय उपाध्यक्ष चन्द्रमणि भट्टाईको उपस्थितिमा अमेरिकाको भर्जिनियामा सम्पन्न भेलाले टंक न्यौपानेको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा केशर कार्की,सचिवमा अशोक ढकाल,कोषाध्यक्षमा रिना शर्मा र सदस्यहरुमा लिलादेवी ओझा,ब्रदी गौतम,भोजबहादुर मगर,इश्वर भण्डारी र निरन्त रमन घिमिरे रहेको मञ्चका केन्द्रिय अध्यक्ष युवराज बिद्रोहीले गोरखापत्रलाई जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना