बाढीपिडितको उद्धार, राहत र सहयोगमा दिनरात खटिएकी नेतृ केसी

सिराज खान

नेपालगञ्ज, भदौ १९ गते  । साउन २८ गते बाँकेमा आएको बाढीको खबर एकाविहानै सुन्ने वित्तिकै माओवादी केन्द्रकी नेतृ नमुना केसीले आफ्नो सबै काम छोडेर तत्काल पिडितको उद्धार र राहतमा खटिनुभयो ।
जिल्लाका अधिकांश राजनितिक नेता कार्यकर्ताले ठुलो बाढी आएको जानकारी नपाउँदै उहाँ पिडितको उद्धार र राहतमा खटिसक्नु भएको थियो । विहान करिब ३ बजे आएको बाढीको खबर जिल्लाभरी फैलिन नपाउँदै उहाँ बिहान ८ बजेनै सेनाको हेलिकोप्टरबाट राप्ती सोनारीका पिडितहरुसम्म पुगिसक्नु भएको थियो ।  
नेपाली सेनाको नेतृत्वमा रहेको सुरक्षा निकायको टोलीसंगै खटिएर दिनरात, भोक निद्रा र आरामकेही नभनि निरन्तर पिडितको उद्धार र राहत बितरणमा नेतृ केसी निरन्तर सक्रिय रहनु भयो ।
जतिबेला बाँकेका अधिकांश महिलाहरु तीजको रमझममा नाचगानमा ब्यस्त थिए, त्यति बेला पनि नेतृ केसी दिनरात सेनाको हेलिकोप्टरबाट पिडितलाई राहत पुर्याउन ब्यस्त हुनुहुन्थ्यो ।
बाढीको खबर सुन्ने बित्तिकै सेना र प्रशासनसंग समन्वय गरेर आफु उद्धार र राहातमा खटिएको केसीले बताउनु भयो । उहाँले नेपाली सेनाका उच्च अधिकारीहरु समेत आफै प्रभावित क्षेत्रमा खटिएर उद्धार र राहतमा लागेपछि आफुपनि झनै हौसिएको बताउनु भयो । namuna k c
सेनाको नेतृत्वमा रहेको सुरक्षा निकायको अतिनै छिटो छरितो उद्धार कार्यले यस पटक बाँकेमा मानव क्षति निकै कम भएको उहाँको ठहर छ ।  
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी सल्लाहकार समेत रही सक्नु भएकी केसीले  नेपाली सेनाको राँझास्थित ४ नम्बर बाहिनीलाई केन्द्र बनाएर त्यहीबाट शुरु गरेको सेनाको उद्धार र राहात अभियानमा दिनरात खटिएर दुईसातासम्म निरन्तर काम गर्ने बाँकेकी एक मात्र राजनितिक नेता हुनुहुन्छ ।
उहाँले बाँके र बर्दियाका बिभिन्न स्थानमा गरिएको उद्धार र राहत वितरणमा खेलेको भूमिकाको अहिले जताततै प्रशंसा गरिंदैछ ।
केसीको सक्रियता र सहयोगले सेनालाई समेत उद्धार र राहात कार्यमा निकै सजिलो भएको सेनाका उच्च अधिकारीले बताएका छन् । अधिकांश प्रभावित स्थानहरुको बारेमा केसीलाई राम्रो जानकारी रहेकोले उहाँको सहयोगबाट सेनाले ती स्थानमा छिटै पुगेर उद्धार र राहात पुर्याउन सकेको नेपाली सेनाको ४ नम्बर बाहीका सहायक बाहिनीपति रामचन्द्र केसीले बताउनु भयो ।
विहानदेखि बेलुकासम्म खटिएर उद्धार र राहतको काममा सहयोग गर्नुभएकोले नेतृ केसीलाई मध्यपश्चिमका क्षेत्रीय प्रशासक महेन्द्र प्रसाद गुरागाईले पनि धन्यवाद दिनु भएको छ । केसीको सहयोगले काम गर्न सहज भएको क्षेत्रीय प्रशासक गुरागाईले बताउनु भयो । राहत र वितरणमा दुईसाताबढी निरन्तर खटिनुभएकी केसीको योगदानले जिल्लाका अन्य सबै नेता कार्यकर्तालाई पनि भविष्यका लागि रामै्र शिक्षा दिएको स्थानीय अधिकांश बुद्धिजिवीहरुको भनाई छ ।



 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना