परराष्ट्रमन्त्री महरा चीन जानुहुने  

maharaकाठमाडौँ, भदौ २० गते । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार छिमेकी चीनको भ्रमणमा जानुहुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा महरा पाँचदिने औपचारिक भ्रमणका लागि चीन जानुहुने भएको हो । 

परराष्ट्र मन्त्रालयका अनुसार उपप्रधानमन्त्रीसँगै परराष्ट्रका चीन विभाग प्रमुख सहसचिव गणेशप्रसाद ढकाल, परराष्ट्रमन्त्रीका प्रेस संयोजक हरि लामिछाने र परराष्ट्रकै उपसचिव कुमार राई पनि भ्रमण टोलीमा सहभागी हुनुहुनेछ ।
भ्रमणका क्रममा महराले चिनियाँ विदेशमन्त्री वाङ तथा अन्य विभिन्न उच्च अधिकारीसँग दुईपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ । उहाँले बेइजिङमा चिनियाँ परराष्ट्र मामिला विश्वविद्यालयका उच्च अधिकारीहरूसँग पनि छलफल गर्नुहुनेछ ।
महराले आगामी आइतबार ग्वाङझाउमा स्थापना हुन लागेको नेपालको कन्सुलेट कार्यालयको उद्घाटन गर्नुहुनेछ । टोलीले चीनको हेबेई प्रान्तको भ्रमण पनि गर्नेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना