इन्द्रजात्रामा निकालिने मजिपा ः लाखे नाच

gyanendra bibasज्ञानेन्द्र विवश

 

 

वर्षको निश्चित समय र स्थानमा निकालिने लाखेनाच नेपालकै एक महìवपूर्ण संस्कृति हो तर आज लाखेनाच परम्परागत समय र सीमाभित्र वा गुँला महिना र उपत्यकामा मात्र सीमित रहेन । यो नाच आज देशका विभिन्न भागमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव तथा दिवसमा समेत प्रदर्शन गरिने सांस्कृतिक उत्सव बन्दै आएको छ । विभिन्न पर्यटकीय उत्सव तथा महोत्सवमा प्रमुख आकर्षणको रूपमा समेत लाखेनाच प्रस्तुत गरिन थालिएको छ ।
राजधानीमा आठ दिनसम्म मनाइने मौलिक पर्व ‘येँयाः पुन्ही’ अर्थात् इन्द्रजात्राको महìवपूर्ण आकर्षणको रूपमा ‘लाखेनाच’ रहेको छ । लाखेनाचले पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउँदै आएको छ । नेवारको जात र स्थानानुसार लाखेनाच फरक–फरक तरिकाले नचाइने गरिन्छ । लाखेनाचको विषयमा विभिन्न अध्ययन, अनुसन्धान भइरहेका छन् । अन्य लाखेको नाच जुनसुकै बेलामा पनि देखाउने भए पनि मजिपाः लाखे इन्द्रजात्राको अवधिमा मात्र देखाइन्छ । अरू बेला यो लाखे निकालिँदैन । त्यसैले लाखेनाचको वास्तविक रमाइलो इन्द्रजात्रामा प्रत्यक्ष देख्न पाइन्छ । इन्द्रजात्रामा मात्रै प्रदर्शन गरिने लाखेनाचलाई ‘मजिपाः लाखे’ वा ‘मजियाः लाखे’ भनिन्छ । जात्रामा यही लाखेको प्रस्तुतिले दर्शकलाई बेग्लै आकर्षण र आनन्द प्रदान गर्छ ।
सामान्यतः लाखे भन्नाले एउटा डरलाग्दो रूपको आकृति आँखै अगाडि झ्वाट्ट आउँछ । अधिकांश लाखेनाचमा लाखेलाई धार्मिक कथासँग जोडिएर राक्षस वा दैत्यको रूपमा व्याख्या गरिएको देखिन्छ । लाखेको कथामा लाखे मारिएका प्रसङ्ग आउँछन् । यद्यपि इन्द्रजात्राको मजिपाः लाखेलाई भने ‘लाखे आजु’ को रूपमा आस्थापूर्वक पुजिने परम्परा रहेको छ ।
काठमाडौँ उपत्यकाभित्रको ‘मजिपाः लाखे’ को कथामा लाखे राक्षसी वर्ग भए पनि उसको प्रेम, बलिदान र त्यागको कारणले शान्त भैरवको रूपमा पूजिँदै आएको देखिन्छ । त्यसैले मजिपाः लाखेलाई ‘शान्त भैरव’ पनि भनिन्छ ।
सृष्टिको संहारसँग सम्बन्धित शिवकै एक डरलाग्दो रूप हो भैरव । भैरवलाई पुज्नुको अर्थ आफूलाई संहारको प्रक्रियाबाट जोगाउनु र रक्षा गर्नु हो । किंवदन्तीनुसार लाखेले साना नानीको रक्षाको दायित्व लिएको हुनाले नेवार समुदायमा लाखेलाई एक शक्तिशाली संरक्षक देवताको रूपमा पनि पुजिने गरिन्छ । देशका विभिन्न स्थानमा नचाइने लाखे नाचले आफ्नो समाज, समुदाय र परिवारमा भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदियोस् भनेर लाखे नाच नचाउने गरिएका अनेक कथा, किंवदन्तीहरू पढ्न, सुन्न पाइन्छ ।
भयावह रूपभित्र पनि कमलो मन छ, उसमा पनि प्रेमको भावना छ, उसले कसैलाई मन पराउन सक्छ, प्रेममा डुब्न सक्छ भन्ने सन्देश लाखेको कथाले देखाउँछ । आफ्नो प्रेमीको लागि लाखेले आफ्नो राक्षसी स्वभाव पनि त्याग गरेको कथा यसमा रहेको छ । त्यसैगरी लाखेनाच निकालिँदा लाखेसँगै लाखेलाई जिस्क्याउन ‘झ्यालिँचा’ भनिने साना बच्चा पनि निस्किने परम्परा छ । यसरी निस्किने झ्यालिँचाले प्रायः लाखेलाई विभिन्न हाउभाउले जिस्क्याउने गर्छ । लाखेले झ्यालिँचालाई खेद्ने र झ्यालिँचाले लाखेलाई छलछाम गरी कायलै पार्ने गर्छ । यसले अन्ततः दर्शकलाई पनि सांस्कृतिक मनोरञ्जनले भरपुर आनन्द प्रदान गर्छ । वास्तवमा लाखेनाचमा ‘लाखे–झ्यालिँचा’ को खेल दर्शकका लागि अत्यन्त रोचक तमासा नै बन्छ ।
लाखे र झ्यालिँचाका सन्दर्भको यहाँ यौटा रोचक कथन उल्लेखनीय छ । भनाइअनुसार तलेजु भवानीको संरक्षकका रूपमा लाखेका नाम आउँछ तर मान्छे खाने र हेर्दैमा डरलाग्दो स्वरूपको लाखेलाई शहरमा राख्न कसैले पनि स्वीकार गरेनन् । त्यसैले तत्कालीन समयमा शोभा भगवती पारीको खुल्ला फाँटमा लाखेलाई बस्न लगाइयो । तर ‘अबदेखि मैले मान्छे खाँदिनँ’ भन्ने बाचामा उसलाई धेरै मानिस भेला हुने इन्द्रजात्राको समयमा प्रस्तुत गरिने चलन शुरु भयो ।
मजिपाः लाखे र तलेजु भवानीको सन्दर्भसँगै मूलतः लाखेनाचको सामाजिक, सांस्कृतिक तथा पौराणिक महìव पनि उत्तिकै रहेको पाइन्छ । यसैले यस जात्रामा लाखेको नाचमा ‘मान्छे खान्छ कि खाँदैन’ भन्ने कुरालाई पुष्टि गर्न झ्यालिँचाको रूपमा एउटा फुच्चे केटालाई नाचमा उपस्थित गराइन्छ र लाखेनाच जताजता पुग्छ ती ठाउँमा झ्यालिँचा गई लाखेलाई जिस्क्याउने गर्छ । यसरी लाखेजात्रामा ‘लाखे–झ्यालिँचा’ को तमासा एक प्रकारले मनोरञ्जनका साथ प्रकट हुने गर्छ । यस्तै लाखेले सवः भक्कुका दुई जना केटाकेटी ग्रहण गरी दिएको र पछि आकाश भैरव र हनुमानको अनुरोधमा लाखेलाई शहरबाट बाहिर निकालेको प्रसङ्ग पाइन्छ । पछि इन्द्रजात्राको दिन लाखेले दुवै केटाकेटीलाई फिर्ता गरेर आफ्नो उदारता प्रस्तुत गरेको किंवदन्ती पनि छ ।
नेवार समुदायमा लाखेनाच निकाल्ने प्रचलन आफ्नो गाउँ, टोल, बस्तीलाई विभिन्न प्रकारका भूतप्रेत र रोगव्याधिजस्ता महामारीबाट बचाउन हो भन्ने विश्वास रहेको छ । उपत्यकाका विभिन्न नेवार बस्तीमा रहेका विभिन्न शक्तिपीठको उत्पत्ति तथा यहाँ प्रचलित विभिन्न जात्रापर्व कुनै न कुनै रूपमा लाखे वा दैत्यसँग सम्बद्ध रहेको पाइन्छ । यसले काठमाडौँ उपत्यकाको सांस्कृतिक जनजीवनमा लाखेको महìवबारे थप पुष्टि गर्छ ।
यसैगरी इन्द्रजात्रामा नचाइने मजिपाः लाखे कुमारीको रथलाई बाटो देखाउने महìवपूर्ण भूमिकाका रूपमा समेत लिइने गरिन्छ । कुमारी, गणेश र भैरवको रथजात्रा गरी मनाइने इन्द्रजात्रामा लाखेविनाको जात्रा सम्भव छैन । एक सप्ताह लामो इन्द्रजात्रा उत्सवमा मजिपाः लाखेको भूमिका ठूलो हुन्छ । उग्र रूपको मजिपाः लाखेलाई साक्षात् लाखेको रूपमा लिइन्छ । टाउको भरी रातो कपाल, विशाल जीउ, भयानक मुखौटा, तीव्र गतिमा नाच्ने क्षमता राक्षस वंशका मजिपाः लाखेका विशेषता हुन् ।
उपत्यकामा लाखेनाच नचाउने चलन कहिलेदेखि शुरूआत भयो भन्ने कुरामा विभिन्न मत पाइन्छन् । भाषा वंशावलीअनुसार काठमाडौँमा गुणकामदेवको पालादेखि लाखेनाचको चलन प्रारम्भ भएको हो । त्यस्तै लाखेनाचबारे ने.सं. ८०० तिरको अभिलेखमा पनि उल्लेख गरिएको पाइन्छ । कतिपयले यसको प्रचलन राजा हरिसिंह देवले सिम्रौनगढबाट आपूmसँगै लाखेनाचलाई उपत्यकामा भित्राएको बताएको पाइन्छ । यद्यपि विभिन्न वंशावलीको आधारमा लाखेनाचको प्रचलन मध्यकालमा मात्र शुरु भएको उल्लेख पाइन्छ ।
‘मजिपाः लाखे’ भन्नाले मजिपाको डरलाग्दो ‘लाखे’ भन्ने बुझाउँछ । इन्द्रजात्रामा निकालिने र सो जात्राको मुख्य शोभा मानिने ‘मजिपाः लाखे’ मूलतः स्थानीय रञ्जितले निकाल्ने मौलिक नाच वा जात्रा हो । ‘मजिपा’ शब्द संस्कृत शब्द ‘मञ्जुपत्तन’ बाट अपभ्रंश भएको भनिन्छ । बोलिचालीमा ‘मजिपाट’ भनिने यो ठाउँ रञ्जितकारको पुरानो बस्ती हो । अन्य लाखे नचाउँदा परम्परागत रूपमा विशेष विधिपूर्वक पूजा गरेर लाखे निकालिने चलन छ । नेवार संस्कृति, चाडवाड र जात्रा पर्वको एउटा अभिन्न अङ्गको रूपमा यो लाखेनाच रहेको छ । इन्द्रजात्रामा निकालिने लाखेनाचमा रञ्जितकार समुदायको मात्र भूमिका हुने गर्छ । पुख्र्याैली रूपमा नाचिने मजिपाः लाखे नाचका लागि कुनै तालिम लिनु पर्दैन तर विधिको पालना गर्नुपर्छ । यसका लागि लाखे गुथिका दोस्रो थकालीले आ–आफ्नो भूमिका निर्वाह गर्छन् । लाखे निकाल्नु पूर्व लाखेननिस्थित लाखेघरमा रहेको प्राचीन ‘पिला’ भनिने गोप्य माटोको सन्दूकबाट लाखेको मुखौटा मुकुट निकाली लाखेको बिग्रेको मुखौटा बनाउन र आवश्यक रङ्गरोगन गर्न यट्खा टोलका चित्रकारकहाँ लगिन्छ । त्यहाँबाट १५ दिनपछि दशमीका दिन लाखेघर फिर्ता ल्याइन्छ । त्यसको भोलिपल्ट एकादशीका दिन लाखेको रातो केश सजाइन्छ । द्वादशीका दिन इन्द्रध्वजोत्थानका दिनदेखि लाखेनाच नगर परिक्रमाका लागि निकालिने परम्परा रहेको छ ।
नेपालको सांस्कृतिक सम्पदाको संवद्र्धन र प्रचार–प्रसारमा महìवपूर्ण भूमिका खेल्दै आएको काठामाडौँको मजिपाः लाखेननिस्थित लाखेछेँको मूलघर गतवर्ष मात्रै पुनर्निर्माण गरिएको हो । सो घर लगभग २०० वर्षअघि निर्माण गरिएको थियो । इन्द्रजात्रा प्रारम्भ हुनुअघि गएको साता सोही घरमा राखिएको लाखेको विधिवत् पूजा गरिन्छ । भनिन्छ, पूजाआजा गरिँदा वा लाखेको मुकुण्डो निकाल्दा लाखेको मुखौटोलाई पुजारीले समेत आँखा जुधाएर हेर्नु हुँदैन । यसको अर्थ मजिपाः अत्यन्त शक्तिशाली स्वरूप हो । यसका साथै मजिपा लाखे संरक्षकको भूमिका निर्वाह गर्ने शक्ति हो भन्ने जनविश्वासका साथ अद्यापि लाखे पूजिँदै आएको छ ।

 

 प्रकाशित मिति: २०७४/५/२०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना