प्रभावकारी बन्यो चोरी सिकार नियन्त्रण अभियान

देवबहादुर कुँवर

 

कसरा (चितवन), भदौ २२ गते । चितवन राष्ट्रिय निकुञ्जमा हुने दुर्लभ वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न स्थानीय समुदायसँगको सहकार्य अभियान उपलब्धिमूलक देखिएको छ । निकुञ्जको सुरक्षार्थ खटिएका सेना तथा निकुञ्ज पदाधिकारीहरूले आसपासका क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न स्थानीयवासीलाई नै परिचालन गरेपछि चोरी सिकार नियन्त्रण कार्य उपलब्धिमूलक भएको हो ।
पूर्वमा मकवानपुर–पर्सा र पश्चिममा नवलपरासीसम्म फैलिएको चितवन राष्ट्रिय निकुञ्जमा विशेषगरी दुर्लभ जन्तु गैँडा र बाघको चोरी सिकार बढेपछि यसको नियन्त्रणका लागि निकुञ्ज आसपासका समुदायसँग सहकार्य अभियान सञ्चालन गरिएको हो । chitawan nikunja
राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको बटुक दल गणका निमित्त गणपति पुरुषोत्तम कार्कीले चोरी सिकार नियन्त्रणमा समुदायसँगको सहकार्य सफल भएको बताउनुभयो । चोरी सिकार नियन्त्रण गर्न सेनाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), वन विभाग, निकुञ्ज संरक्षण कार्यालयका अतिरिक्त स्थानीय युवा तथा समुदायलाई सहयोगीका रूपमा परिचालन गर्ने गरेको जानकारी उहाँले दिनुभयो ।
विगतमा पनि गणले स्थानीय युवा, शिक्षक–शिक्षिका, विद्यार्थी, कृषक लगायतलाई जनप्रतिनिधि, शिक्षित व्यक्ति र जनप्रतिनिधिहरूलाई आफ्नै किसिमले वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न सक्रिय बनाउँदै आएको थियो ।
केही वर्षदेखि समुदायसँगको सहकार्यलाई प्रभावकारी बनाउन नीतिगत निर्णय नै गरी सैनिक–नागरिक सम्बन्ध बलियो तुल्याउने कार्य भइरहेको पनि निमित्त गणपति कार्कीले बताउनुभयो । निकुञ्ज क्षेत्रको संरक्षणका लागि सञ्चालन गरिएका आठवटा गतिविधिमध्ये नागरिकलाई जनचेतना महŒवपूर्ण पक्षका रूपमा राखिएको छ ।
दुर्लभ वन्यजन्तु चोरी सिकारका लागि सरोकार राख्ने सम्बद्ध निकायहरूसँग सहकार्य गरी संरक्षण र सुरक्षाको कार्यक्रम सञ्चालन गरेकै कारण सन् २०११, २०१३, २०१५ र २०१६ लाई शून्य चोरी सिकार वर्षका रूपमा मनाउन सफल भएको उहाँले बताउनुभयो । यो वर्षलाई पनि शून्य चोरी सिकार वर्षको रूपमा मनाउन सेना, निकुञ्ज, समुदायलगायत सरोकारवाला निकायहरू सशक्त रूपमा लागिपरेको चर्चा गर्दै उहाँले साउन २४ गते पछिको बाढीले गैँडा लगायतका केही जङ्गली जनावर बगाएर क्षति पु¥याएको छ भन्नुभयो ।
बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडासहित १८७ वन्यजन्तु मरेका छन् । तीमध्ये ११७ चित्तल, ४६ मृग, १२ हरिण, पाँच जरायो, तीन बँदेल, दुई रतुवा थिए । बाढीले बगाएर भारतको वगाहा, वाल्मीकि, भिडियारी, टाइगर रिजर्भ जङ्गलमा पु¥याएका सातवटा गैँडालाई फिर्ता ल्याइएको छ ।
राष्ट्रिय निकुञ्ज र निकुञ्ज भित्रका दुर्लभ वन्यजन्तुका कारण पर्यटन व्यवसाय फस्टाउनुका साथै सर्वसाधारणको आयआर्जनमा परिवर्तन आएपछि मात्र सर्वसाधारणले दुर्लभ वन्यजन्तु हुँदा र नहुँदाको फाइदाबारे जानकारी पाएका हुन् ।  निकुञ्जका सहायक संरक्षण अधिकृत वेद खड्काले ९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जमा २५० भन्दा बढी गैँडा रहेको जानकारी दिनुभयो । गैँडा हेर्नकै लागि बर्सेनि हजारौँ पर्यटक चितवन आउने गरेका छन् ।
उहाँका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा निकुञ्जबाट ७० करोड ३५ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । हात्ती, गैँडा र घडियाल गोहीका लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्ज पुराताŒिवक सम्पदामा सूचीकृत भएको छ ।
यस कारण पनि चितवन राष्ट्रिय निकुञ्जबाट हुने दुर्लभ वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न र निकुञ्ज अतिक्रमण नियन्त्रण गर्न सेनाले सरकारी तथा गैरसरकारी निकायका अतिरिक्त स्थानीयवासीसँग सहकार्यका लागि हात बढाएको हो ।
सेनाले निकुञ्ज संरक्षण कार्यालय सँगको समन्वयमा वन र वन्यजन्तुको संरक्षण तथा सुरक्षाबाट हुने फाइदा, पर्यटन प्रवद्र्धनसँगै आयआर्जनमा आउने परिवर्तन र वातावरणीय सन्तुलनका विषयमा जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना