आठ सय परिवारलाई १५ लाखको राहत वितरण

सिराज खान

नेपालगञ्ज, भदौ २३ गते । बाढीबाट सबैभन्दा बढी प्रभावित भएको बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ६ र ७ का ८ सय बाढी प्रभावित परिवारलाई १५ लाख बराबरको बिभिन्न राहत सामाग्री वितरण गरिएको छ ।
माओवादी केन्द्रकी नेतृ नमुना केसीको पहल र आग्रहमा रोटरी ईन्टरनेशनल क्लब गोंगबु काठमाण्डौको नेतृत्वमा राजधानीका विभिन्न ८ वटा रोटरी क्लबहरुले राप्तीसोनारी गाउँपालिकामा पुगेर विहिबार सो राहत वितरण गरेका हुन् ।
वडा नम्बर ६ र ७ का बाढीपिडित ८ सय परिवारलाई झुल, भुईंमा ओछ्याउने ठुलो कालो म्याट, कम्बल र बालबालिका र महिलाहरुलाई लगाउने लुगाहरु वडा नम्बर ६ का अध्यक्ष जनक बहादुर थारु, वडा नम्बर ७ का अध्यक्ष राम लखन थारु, रोटरी ईन्टरनेशनल क्लब गोंगबु काठमाण्डौका अध्यक्ष कोपिला पोखरेल र माओवादी नेतृ नमुना केसी लगायतले वितरण गर्नुभयो ।  
सो अवसरमा राप्तीसोनारी गाउँपालिकाको सर्रा, सर्री, गुलरी, कमैयाँडाडा लगायतका अतिनै बढी प्रभावितहरुलाई राहात बितरण गरिएको माओवादी नेतृ केसीले बताउनु भयो ।
माओवादी नेतृ केसीले पटक पटक बाढीपिडितहरुलाई सहयोग गर्ने भनि गर्नु भएको आग्रहले गर्दा राजधानीमा रहेका ८ वटा रोटरी इन्टरनेशनल क्लबहरुले संयुक्त रुपमा सो राहत  संकलन गरेर लिएर आएको रोटरी ईन्टरनेशनल क्लब गोंगबु काठमाण्डौका अध्यक्ष कोपिला पोखरेलले बताउनु भयो । nepalgunj 1
उहाँले आफुहरुले सोचेभन्दा पनि बाढीपिडितको अवस्था बढी नाजुक रहेको पाएको जनाउँदै सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो । राप्तीसोनारी गाउँपालिका–६ का वडा अध्यक्ष जनक बहादुर थारुले नाम मात्रको सरकारी सहयोग पाएका बाढीपिडितहरुलाई निजि क्षेत्रबाट धेरै राम्रो सहयोग भएको बताउनु भयो । यस सहयोगले पिडितलाई भुईमा ओछ्याउने र लुगाको समस्या समाधान भएको जनाउँदै झुल र कम्बलले थप सहयोग गर्ने जनाउनु भयो ।
राजधानीबाट राहात बितरण गर्न आएको रोटरी क्लबहरुको सो टोलीले कमैयाँडाडामा रहेको बिद्यालयको समेत निरिक्षण गरेर त्यहाँ रहेका बिद्यार्थिहरुका लागि पोशाक, बिद्यालयलाई आवश्यक फर्निचर, खानेपानीको ब्यबस्था र शौचालय निर्माण गराउने प्रतिवद्धता समेत जनाएको माओवादी केन्द्रकी नेतृ केसीले बताउनु भयो ।

nepalgaunjराप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ६ र ७ का बाढीपिडितलाई राहत वितरण गरिंदै ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना