भिटामिन डीको कमी र आपूर्तिका उपाय

ganga p kharelप्रा.डा. गङ्गाप्रसाद खरेल

 

बढ्दो जनसङ्ख्या, सरदर आयुमा वृद्धि एवं रहनसहन, खानपान र जीवनशैलीमा आएको परिवर्तनले भिटामिन डीको कमी भएका बिरामीको सङ्ख्या संसारभर बढ्दो क्रममा छ । हाम्रो शरीरलाई यो भिटामिन थोरै मात्रामा चाहिए पनि यसको अभावले हुनसक्ने धेरै समस्या छन् । यो भिटामिन अन्य भिटामिनभन्दा के फरक छ भने यो भिटामिन आफ“ै पनि सूर्यको प्रकाशको मद्दतले हाम्रो शरीरभित्रै पाइने एक किसिमको कोलेस्टेरोलस“ग प्रतिक्रिया भएर बन्छ ।
कति चाहिन्छ भिटामिन डी ?
यो भिटामिनको आवश्यकता उमेरअनुसार फरकफरक हुन्छ । यसको मात्रा प्रतिदिन एक वर्ष सम्मका बच्चा, १ देखि ७० वर्षका मानिस र त्यो भन्दा बढी उमेरका मानिसलाई क्रमशः ४००, ६०० र ८०० आई यू (अन्तर्राष्ट्रिय यूनिट) तोकिएको छ । यो मात्रा कमै हो किनकि एक मिलिग्राम बराबर चालीस हजार आई यू हुन्छ, जसले करिब ६६ जनाको एक दिनको आवश्यकतापूर्ति हुन्छ । कुनै औषधि खासगरी कोलेस्टेरोलको औषधि खाने बिरामीले चिकित्सकको सुझावअनुसार बढी भिटामिनको सेवन गर्नुपर्छ किनकि उनीहरूमा भिटामिन डी बन्ने रसायनको उत्पादनमा कमी हुन्छ ।
किन चाहिछ भिटामिन डी?
भिटामिन डी खासगरी स्वस्थ हड्डीका लागि चाहिन्छ । यसको कमीले हड्डीको समुचित विकास हुन सक्दैन र बच्चा लुला, ख्याउटे हुन जान्छन् जसलाई रिकेट्स् भनिन्छ । वयस्क मानिसको हकमा छिद्रमय अस्थिपञ्जर हुन्छ जुन स–सानो ठक्करले पनि भा“चिनसक्छ । यसका अतिरिक्त यो भिटामिनको कमीले शरीरको सम्पूर्ण सङ्क्रमक र असङ्क्रमक दुवै रोगविरुद्ध लड्ने प्रतिरक्षात्मक क्षमतामा ह्रास आउ“छ । लामो समयसम्म यो भिटामिन अभाव भएमा क्यान्सर, मधुमेह, उच्चरक्तचाप, शरीर जलन, थकावट, मोटोपन, मुटु र मस्तिष्क रोगजस्ता अनेक रोगको जोखिम बढ्छ ।
यो भिटामिन बोसोमा घुलनशील भएकाले बोसोयुक्त प्राणीजन्य खाद्यवस्तु जस्तै दूध एवं दूग्ध पदार्थ, माछा, मासु, अण्डा आदि यसका असल स्रोतहरू हुन् । दुर्भाग्यको कुरा के छ भने यी सबै वस्तु हाम्रो मुटुको शत्रु कोलेस्टेरोलको पनि मुख्य स्रोत हुन् । वनस्पतिजन्य खाद्यवस्तुमा यो भिटामिन नपाइने भएकाले खासगरी शाकाहारी भेगनले विशेष सावधानी अपनाउनुपर्छ । भेगनका लागि विभिन्न किसिमका च्याउमा यो भिटामिन जस्तै कार्य क्षमता भएको भिटामिन डी–२ पाइन्छ । यिनीहरूले मात्र सबै समूह एवं तप्काका मानिसका दैनिक आवश्यकता पूरा गर्न नसकिने भएकाले अन्तर्राष्ट्रिय बजारमा भिटामिन डी मिसाएका (फोर्टिफाइड) विभिन्न किसिमका खाद्यवस्तु जस्तै सोया मिल्क, ब्रेकफास्ट सिरियल, सुन्तलाको रस, योगर्ट आदि उपलब्ध छन् । तर नेपालमा त्यस्ता खाद्यवस्तु उपलब्ध नभएकाले खासगरी शाकाहारी र भेगानहरूका लागि भिटामिन डी–३ का ट्याब्लेट वा क्याप्सुल नै वैकल्पित उपाय हुन् ।
भिटामिन डीका स्रोत ?
भिटामिन डी प्राप्त गर्ने सबैभन्दा सहज उपाय घाम ताप्नु नै हो । साधारणतया हामीले खाने दैनिक खानामा भिटामिन डीको मात्रा कम हुने भएकाले खाना भरपर्दो स्रोत होइन । घाममा रहेको परावैजनी किरण नाङ्गो छालामा १० देखि १५ मिनेट पर्नाले हाम्रो छालाभित्र रहेको एक किसिमको कोलेस्टेरोलस“ग प्रतिक्रिया भएर आवश्यक मात्रामा भिटामिन डी बन्छ तर यदि सनक्रिम लगाएको छ भने यो प्रक्रिया अवरोध हुन्छ । घामले छाला कालो हुने डरले शरीर ढाकेर वा छाता ओडेर हि“ड्दा भिटामिन डी बन्ने प्रक्रिया अवरोध हुने नै भयो । कालो छाला हुने व्यक्ति, कम घाम लाग्ने हिमाली भूभाग वा उत्तरी ध्रुवमा बसोबास गर्ने, घर भित्रमात्रै बसेर काम गर्ने अथवा पूरै शरीर ढाकेर हिँड्ने वा गाडीमा मात्र यात्रा गर्ने मानिसका हकमा यो भिटामिन बन्ने सम्भावना न्यून रहन्छ । बुढेसकालस“गै भिटामिन डी संश्लेषण हुने दर घट्ने भएकाले उनीहरूका लागि विशेष ध्यान दिनुपर्छ ।
भिटामिन डी बढी भए ...!
साधारण अवस्थामा भिटामिन डिको मात्रा बढ्ता भएर स्वास्थ्यसम्बन्धी कुनै समस्या आउ“दैन । विभिन्न वैज्ञानिक संस्थाले अध्ययन गरेअनुसार महिनाँै चालीस हजार आइ यू प्रति दिनभन्दा बढी मात्रामा सेवन ग¥यो भने मात्र यसको नकारात्मक असर देखिन थाल्छ । डाक्टरको सल्लाहबिना लामो समयसम्म यो भिटामिन सेवन गर्नु हु“दैन किनभने बोसोमा घुलनशील यो भिटामिन शरीरबाट तुरुन्तै उत्सर्जन गराउन सकि“दैन र नराम्रो असर पर्छ । तर यो भिटामिन बढी हुने समस्या भिटामिन डिकोट्याब्लेट वा क्याप्सुल खानेलाई बाहेक अरूलाई हु“दैन । कथंकदाचित अचाक्ली भिटामिन डीको मात्रा हुन गएमा भोक नलाग्ने, मिर्गौलाको पत्थरी हुने, पिसाबको परिमाण बढ्ने, मुटुको धड्कनमा गडबढी हुनेजस्ता अनेक समस्या देखा पर्छन् ।
खासगरी बढ्दो शहरीकरणले हाम्रो दैनिक जीवनशैलीमा आमूल परिवर्तन ल्याएको छ । घाममा हि“ड्दा छाला कालो भएर सुन्दरता गुम्ने भयले अलि पर जानका लागि पनि कि त छाता प्रयोग गर्दछौ“ वा सलले नै भए पनि टाउको ढाकेर हि“ड्छौ । कही“ बाहिर निस्कनु प¥यो भने सनक्रिमको प्रयोग गर्छौं । यस्ता बानीले शरीरमा भिटामिन डीको आपूर्तिमा नकारात्मक असर पारेको हुन्छ । १० देखि १५ मिनेट दिउँसोको घाममा हाम्रो छाला प्रदर्शन हु“दा नै एक दिनका लागि चाहिने भिटामिन डी पुग्ने ह“ुदा छाला डढ्ने समय अगावै आवश्यकता पूरा हुन्छ । गाउ“मा बस्ने मानिस कामकाजमा बाहिर निस्किरहनु पर्ने भएकाले उनीहरूमा भिटामिन डिको अभाव हुने सम्भावना कम रहन्छ । वृद्ध, अशक्त, बच्चामा यो भिटामिनको अभाव हुने जाखिमलाई भने नकार्न सकिँदैन । सबै मांशाहारी खानामा पनि भिटामिन डी पर्याप्त मात्रामा नपाइने भएकाले प्राकृतिक खानामार्फत हाम्रो आवश्यकता पूर्ति गर्न सहज छैन । त्यसैले धेरै देशले खाना वा पेयवस्तुमा यो भिटामिन मिसाएर (फोर्टिफाइड) बेच्न थालेका हुन् । नेपालमा पनि भिटामिन डीको बढ्दो अभावले स्वास्थ्यमा पार्ने समस्या सम्बोधन गर्न त्यस्तै किसिमका पूरक खानाको व्यवस्था गर्नुपर्ने अवस्था आइसकेको छ । अतिरिक्त भिटामिन डी थपेको पहिलो खाद्यवस्तु दूध हुन सक्छ किनकि यो बालक, वृद्ध, अशक्त वा जवान सबैको साझा पेयवस्तु हो ।

 

 

प्रकाशित मिति: २०७४/५/२४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना