क्यानोनिङको सम्भाव्यता

prem sharma_1प्रा.डा. प्रेम शर्मा

 


नेपाल एउटा रहस्यमय पर्यटक विकासको सम्भाव्यता बोकेको मुलुक हो । नेपाल साहसी पर्यटकका लागि उक्लन, ओर्लन, डुब्न, गुड्न, उड्न, सुइँकिन, छाल काट्न, जङ्गलका प्राणीसँग हिँड्डुल र अवलोकन, शिकार गर्न आदि आहारविहार गर्न उत्कृष्ट गन्तव्य हुन सक्छ । अर्थात् विश्वको सर्वोच्च शिखर आरोहण, स्काई डाइभिङ, अल्ट्रालाइट फ्लाइ, प्याराग्लाइड, छाँगा–झरना ओर्लन, चट्टान चढ्न, जीपलाइन, बञ्जीजम्प, हात्ती–घोडा चढ्न, ¥याफ्टिङ कानुनी रूपमा जङ्गली जनावरको शिकार, दुर्लभ जङ्गली जनावर एवं चराचुरुङ्गी अवलोकन गर्न जङ्गली जनावर प्रयोग गरेर वा चढेर घुमफिर र अवलोकन गर्न पाइन्छ । यहाँ धर्म (झण्डै एक दर्जन) कर्म (मानव कलाकौशल र सभ्यता) बाह्र दर्जन (१२५ जातजाति) र भाषाभाषी (१२३) र उनीहरूसँग रहेको मौजुदा सांस्कृति, भेषभुषा र रहनसहन एवं उनीहरूको अलौकिक आतिथ्य (रेयर हस्पीटालिटी) को कुरै नगरौँ, अथाहा रहस्यात्मक प्रतिमा र कौतुहल जाग्ने पर्यटकीय सम्भाव्यता छन् । त्यसैले नेपालको पर्यटन उद्योगको विकास अपार छ । यसको बजारीकरण पनि टाढा जानु छैन, छिमेकी मित्र राष्ट्र– चीन र भारतका नागरिकमात्रै काफी हुन्छ ।
साहसी पर्यटकलाई पनि यसबारे र यसले दिने रोमाञ्चबारे कमै थाहा होला, नुवाकोट–ककनी गाउँपालिका पौवाथोक–५ स्थित बुलबुले झर्नामा केही समयअघि सम्पन्न तेस्रो क्यानोनिङ महोत्सवले झण्डै तीन सय जनालाई शिक्षा र जानकारी दिएको थियो । यसले नेपालमा रोजगारका अवसर यत्रतत्र छरपष्ट भेटिन्छन् भन्ने सन्देश दिएको थियो । नेपालको राजधानी काठमाडौँबाट मात्र ३० कि.मि. को दूरीमा कुनै खोल्सामा नेपाली आन्तरिक पर्यटकलाई एक रात पालमा सुताएर तीन÷चार हजार लिन पाइन्छ र विदेशी पर्यटकबाट छ÷सात हजार रुपियाँ कमाउन पाइन्छ भने किन त्यो व्यवसाय नगर्ने ? उग्र गर्मीको समय र सुख्खा समय वैशाख–जेठमा समेत उक्त व्यवसाय चलाउन सकिन्छ । शून्य लगानीको पूर्वाधार–प्राकृतिक बनावटमा र साधारण सीप र डोरी, पाल र पोशाक मात्र भए पुग्ने, वनजङ्गल, खोला, पहरा बाँसका लागि जहाँ बसे पनि हुने, भाडा तिर्न नपर्ने । स्थानीय उत्पादनका खाद्य पदार्थ खाएर र स्थानीय सांस्कृतिक कार्यक्रम र खानपान उपलब्ध गराउँदा स्थानीयबासी र यसका व्यावसायीले भने हजारौँको कमाई गर्न सकिने र स्थानीय रोजगार प्रवद्र्धन गर्न सकिने सम्भावना रहन्छ । नेपालमा यसखाले खोला, झरना र गन्तव्य अथाहा छन् । नेपालको पर्यटन गन्तव्य उत्पादन वस्तुलाई सघन रूपमा अन्य वस्तुसँग समावेश र जोड्न अर्थात् सँगै विकास गर्न सकेमा धेरै राम्रो प्रतिफल हुनेछ ।
अस्ट ‘ज’ होस् वा इलाम जिल्लाको आठ ‘अ’ अवधारणालाई मानिसको पाँच ज्ञानेन्द्रीयसँग फ्युजन गराउन सके नेपाल थोरै समयमा आर्थिक वृद्धिको अग्र स्थानमा पुग्न सक्छ र प्रगति र समृद्धिको अगुवाइ गर्न सफल हुनेछ । जस्तै जल, जमिन जनशक्ति, र जडीबुटीलाई अधिकतम् उपयोग गरी नेपाललाई सम्पन्नशाली मुलुक र नेपालीलाई धनी र समृद्धशाली नागरिक बनाउन सकिन्छ । त्यस लक्ष्य र उद्देश्यतर्फ क्यानोनिङ विधि एउटा साधारण लगानीमा नेपालभित्रै बाह्य साहसी पर्यटक र आन्तरिक पर्यटकलाई रोमाञ्चकारी खेल खेलाउन सकिन्छ । त्यसैले यसको प्रविधि र प्रक्रियाका बारेमा पनि धेरैलाई जानकारी नहुन सक्छ ।
सन् २००७ मा नेपाल क्यानोनिङ एशोसिएसन विधिवत् सम्पन्न भएयता तेस्रो महोत्सव २०१७ सम्पन्न भयो । यो खेल सन् २००२ देखि खेल्न शुरु अर्थात् एक्स्प्लोर गरिएको हो तर व्यावसायिक रूपमा सन् २००५ बाट शुरु भयो । हालमा एशोसिएसन बढी सक्रिय भएकोले यसको प्रचारप्रसार व्यापक हुन थालेको छ । यसमा हाल छ÷सात कम्पनी संलग्न छन् । एशोसिएसनका वर्तमान अध्यक्ष राजेन्द्रबहादुर लामाका अनुसार यसमा युरोपेली, फ्रान्सेली, स्पेनिया, इटलीबासी, पोर्चुगेली, अमेरिकी पर्यटक बढी आउने गरेका छन् । यो व्यवसाय प्रवद्र्धन गर्न नेपाल सरकारले वार्षिक रूपमा नेपाल पर्यटन बोर्डमार्फत दुई÷तीन लाख रुपियाँ खर्च गर्ने गरेको र यस बारेमा सन् २०११ मा यो व्यवसायमा बढीभन्दा बढी पर्यटक भिœयाउनमा सक्रिय रहने कम्पनीलाई पाँच लाख रुपियाँ पुरस्कार प्रदान गरेको थियो । तर, यसमा संलग्न व्यवसायीले अपेक्षा गरेअनुसारको सहयोग, नीतिगत र आर्थिक सहयोग प्राप्त हुन गर्न नसकेको गुनासा गर्छन् । यो हुनु स्वाभाविक पनि देखिन्छ किनभने यसका उपभोक्ता÷प्रयोगकर्ता पर्यटक सीमित छन् । त्यसैगरी, यसमा संलग्न कम्पनी मुस्किलले आधा दर्जन मात्रै छन् र प्राविधिज्ञ÷गाइड पनि झण्डै तीन दर्जन मात्र छन् । यो व्यवसाय मौसमी हुने भएकोले बाह्रै महिना ७५ जिल्लामा पहुँच पु¥याउन सम्भव हुँदैन किनभने प्रथमतः यसका सम्भाव्यता अध्ययनविना चलाउन सकिन्न । स्थानीय कहिलेकाहीँ व्यावसायीलाई अवरोध सिर्जना गर्न सक्छन् । तराई र जाडो समयमा यो खेल हिमाली र पहाडी क्षेत्रमा सम्पादन गर्न कठिन पर्छ । मध्य मनसुनमा पनि खोला नालामा बढ्दो बाढी पहिरोका कारण अप्ठ्यारा हुन सक्छ । खेलाडीको जीवन बीमा गर्नुपर्छ । स्थानीय लाभांशकारीलाई यसबारे ज्ञानको अभाव छ । साथै सरकारको तर्फबाट मन्द रूपमा प्रवद्र्धन भएको महसुस हुन्छ । जे होस् नेपालभित्र नै बाह्य पर्यटकलाई आन्तरिक पर्यटकमार्फत प्रचारप्रसार गर्न सके र अन्य पर्यटकीय विधासँग यसलाई समान रूपमा जोड्न÷सञ्चालन गर्न सके राम्रो हुनेछ ।
यो खेलको रोचक पक्ष क्यानोनिङ खेलका लागि तयार– स्पन्जयुक्त ट्रयाकसुट, हेल्मेट र क्यान्भस जुत्ता वा स्यान्डल (स्ट्रिप वाला) उही ¥याफ्टिङमा लगाउने खालको भए पुग्छ । यो खेल खेलाउने गाइड दक्ष, अनुभवी र सीपयुक्त हुन आवश्यक छ । उनीहरूले खेलाडीलाई केही जानकारी र निर्देशन दिन्छन् । पौडी खेल्न जाने नजानेको, पुरानो अनुभव भए नभएको पत्ता लगाइन्छ । दुवै हातमा राम्रो नरम पन्जा लगाई नाइलनको डोरी समात्ने–छाड्ने विधि र शरीरलाई ६० डिग्रीमा ढल्काउने र डोरीमा भर पर्ने, पानीको फोहरामा रमाउने र आत्तिन सक्ने सम्पूर्ण मनोवैज्ञानिक जाँच गरिसकेपछि यो खेल छहरा÷झरनाको शिरबाट शुरु गराइन्छ । झट्ट हेर्दा डोरीलाई ढुङ्गा
(रक) मा किलाले बाधेको भेटिन्छ । मनमा कुरा खेलाउने काँतरका लागि यसले केही खुलदुली गराउला तर गाइडमाथि र बलियो नाइलनको डोरीमा विश्वास गर्नेका लागि यो साधारण खेल हो । पानीको छहराले शरीरमा हिर्काउँदै तल तह रोकिँदै हेर्दै गर्दा आनन्द आउँछ । गाइडले हामफाल्न भन्दा डोरी हातले नियन्त्रण नगरी छाड्दा र पानीको दहमा डाइभ हान्दै घुटुघुटु पानी निल्दै दहबाट उत्रिँदा र गाइडले दिएको ब्याग वा डोरीमा समाउँदै पानीभित्र (दह) बाट बाहिर निस्सासिदै उत्रँदा ठूलो साहसी खेले सम्पन्न गरे भन्ने महसुस हुन्छ । पुनः अर्को झरनामा पनि त्यही क्रियाकलाप दोहो¥याउन पाए हुने थियो भने महसुस हुन्छ । यो खेल एकपटक सम्पन्न गरिसकेपछि बारम्बार दोहो¥याउ जस्तो लाग्छ । मानिसको आत्मबल बढ्छ । यो खेलमा पुरुष महिला दुवैलाई एकै नासको अवसर र परिश्रम पर्छ । पुरुषले मात्रै गर्नुपर्छ भन्ने छैन । यो खेल महिला, युवा, बूढाखाडा सबैलाई सुलभ र सजिलो हुन्छ । सिर्फ निर्देशन पालना र आँट गर्नुप¥यो सहज खतरामुक्त छ । थोरै समय आधा घण्टादेखि एक घण्टामा सम्पादन गर्न सकिने खेल, कम खर्च र लागतमा सञ्चालन गर्न सकिन्छ । एकैदिनमा दुई÷तीन सय व्यक्ति÷पर्यटकलाई यो रोमाञ्चकारी खेल एकै ठाउँमा खेलाउन सकिन्छ ।
नेपालमा क्यानोनिङ खेलको एउटा व्यापक सभाव्यता अध्ययन गर्न आवश्यक छ । यसअनुसार एउटा सानो सम्भाव्यता– पर्वत जिल्लाको महाशिला गाउँपालिकाको वडा नं. २ भोगसिंगमा मात्रै झण्डै तीन दर्जन झरना÷छाँगा छन् । जहाँ १० ठाउँमा यो खेल खेलाउन सकिन्छ । खोलैको नाम काफी छन्– चिसापानी, छरछरे, दोभान खोला, छहरेखोला र ती खोलामा ठुल्ठूला झरना, जलाशययुक्त छन्, जहाँ सान्दार क्यानोनिङ खेल खेलाउन सकिन्छ । अझ यो गाउँमा विश्वकै उत्कृष्ट रक क्लाइम्बिङ गराउन सकिने– ओल्प्रोको रातो भीर, लुग्दीको पहरो, चिसापानी र घोप्टेको भीरले अर्को साहसी खेल सम्पन्न गर्न पाइन्छ र ओल्प्रो, चिसापानी र लुग्दीबाट प्याराग्लाइड पनि गराउन सकिन्छ । यस्तै नेपालका ७४४ स्थानीय तहमा यस्तो सम्भावना पक्कै धेरै हुनुपर्छ । त्यसैले क्यानोनिङलगायत अन्य साहसी खेलको अपार सभाव्यता रहेको नेपालमा पर्यटकीय अवस्थाको अध्ययन, अनुसन्धान, प्रचारप्रसार र देश–विदेशमा वर्तमान सूचना प्रविधिमार्फत चिनाउन जरुरी छ ।

 

 

प्रकाशित मिति: २०७४/५/२४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना