किन नुहाउने एकाबिहानै !


Badri p dahalबद्रीप्रसाद दाहाल

 


सनातन संस्कृतिमा स्नानको ठूलो महìव छ । स्नानको बेला हामीहरू महानदीलाई प्रार्थना र पुकारा गरेर पवित्रता दिलाउन आह्वान गर्दछौँ । जस्तै– गङ्गे च यमुनेचैव, गोदावरी सरस्वती । नर्मदा सिन्धुकावेरी जले–स्मिन् सन्निधिं कुरु । । यस्तै जगत्गुरु ज्ञानी मोहनशरण देवाचार्य अझ नेपालका तीर्थलाई जोड दिँदै सिकाउनु हुन्छ– कौशिकी गण्डकी चैव, नारायणी च वाग्मती । भेरी सेती महाकाली, सप्तैते मोक्षदायकाः । । यसरी नुहाउने बेलामा आफ्ना पवित्र तीर्थस्थललाई सम्झनु अनिवार्य र अपरिहार्य हुन्छ । बिहानको पुण्य मुहूर्तमा नुहाएपछि सन्ध्या, ध्यान, योग, स्तवन, पूजापाठ गर्ने निर्देशन शास्त्रले दिएका छन् । प्रत्येक शुभ कर्ममा पवित्रता स्थापित गर्न नुहाइको महìव भएको हो । नुहाइले शारीरिक शुद्धि हुन्छ भने स्तोत्रपठन, अर्चना र ध्यानले मानसिक परिष्कार । वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने स्नानको महìव शारीरिक परिशुद्धिको अलावा रोगबाट मुक्ति हो । हाम्रो शरीरमा असङ्ख्य रोमकूप हुन्छन्, दिनभर श्रम गर्दा शरीरमा पसिना आउँछ, हावा लाग्नाको कारणपसिनाको द्रवभाग बाफ बनेर उड्छ तर अद्रव मलले रोमकूपलाई टाल्न पुग्छ । यही रौंको छिद्र टाल्ने भयले दैनिक स्नान अनिवार्य भएको हो । सधैँ हामीले स्नान गरेर सफा गरेनौँ भने मयल पत्रपत्र बनेर रौंको छिद्रलाई बन्द गरिदिन्छ । जसबाट भित्रको दूषित वायु रौंका प्वालप्वालबाट बाहिर निस्कदैनन् । अनि त्यसैबाट विभिन्न रोग लाग्दछन् । अतः निरोगी रहन नुहाउनुु निकै महìवपूर्ण हुन्छ । वास्तवमा प्रात स्नान एउटा प्राकृत महौषधि हो ।
हिन्दू धार्मिक मान्यताअनुसार स्नान मूलतः तीन प्रकारका हुन्छन् । पहिलो स्नान ऋषि स्नान हो, जुन स्नान उषा कालमा चार बजेदेखि पाँच बजेसम्म हुने गर्छ । दोस्रो स्नानको नाम मनुष्य स्नान हो, जो प्रत्यूष कालमा पाँच बजेदेखि छ बजे–सम्मको समय भनेर चिनिन्छ । तेस्रो स्नानलाई राक्षस स्नान भनिन्छ जुन स्नान साँढे छ बजेदेखिको हो । अतः ऋषिस्नानलाई प्रथम र उत्तम स्नानका रूपमा उल्लेख गरिएको पाइन्छ भने मनुष्यस्नान मध्यम र राक्षस स्नानलाई तुलानात्मक रूपमा त्यति उपयुक्त मानिँदैन । त्यसैले बिहानीपखको उषाकाल वा प्रत्यूष कालभित्र नुहाउनु हरेक अर्थमा उत्तम रूपमा लिनुपर्छ
आजको सभ्य र शिक्षित समाजमा स्नान, सन्ध्या, जप, योग र पूजापाठविना नै ओछ्यानमै चियापानदेखि ब्रेकफास्टसम्म खाने पाश्चात्य प्रचलनले बढावा पाउँदै आएको छ । यस्तो कार्यलाई पूर्वीय दर्शन शास्त्रमा यसरी औंल्याइएको छ —ः‘अस्नायी समलं भुक्ते’अर्थात्–स्नान नगरी खानु मल वा विष्टा खाएसरह हो । वास्तवमा शरीरविज्ञानले यो निर्देश गरेको छ कि जबसम्म स्वाभाविक रूपमा भोक जाग्दैन तबसम्म हामीले भोजन गर्न हुँदैन । स्नान गर्दा शरीरमा शीतलता आई नयाँ स्पूmर्ती जागृत हुन्छ, भोक लाग्छ, त्यही बेला गरेको भोजनले शरीर पुष्टिवद्र्धक पनि हुन्छ । शरीरविज्ञानको दृष्टिमा नुहाउनुभन्दा पहिले कुनै वस्तु हामीले खायाँैं भने हामीभित्रको जठराग्नि त्यही कुरा पचाउने काममा लाग्छ, पछि स्नान गर्दा शरीर चिसो भई उदरको पाचनशक्ति कमजोर हुन्छ । यसबाट हामीलाई कब्जियत भई मल त्याग गर्न अप्ठयारो स्थिति सिर्जना हुन्छ । परिणामस्वरूप अन्य विभिन्न रोग देखा पर्छन् । यदि स्नान गर्नुभन्दा पहिला भोक लागेमा ऊखुको रस, पानी, दूध, फलपूmलजस्ता हलुका मानिने चीजवस्तु खान हुन्छ भनी हाम्रा आचारशास्त्रमा उल्लेख गरिएका छन् । यी चीजवस्तु सुपाच्य रसादी भएकाले त्यस पछि स्नान, ध्यानजस्ता प्रातकालीन कार्य गर्दा पनि केही फरक पर्दैन । हाम्रा प्राच्य शरीरविज्ञानविज्ञले –‘इक्षुराजपयोमूलं फलं ताम्बूलमौषधम् । भुक्त्वा पीत्वापि कर्तव्या स्नानदानादिकाः क्रियाः । ।’ यसबाट हामी यो कुरा बुभ्mछौं कि ऊखु, पानी, फलपूmल, पान र ओखती नुहाउनुभन्दाअघि पनि खानहुने रहेछ । त्यसैले ब्रह्म मुहूर्तमा उठेर प्रभात भ्रमण गरी अनि नित्य कर्म गर्न हाम्रा शास्त्रले अघि सारेका तथ्य हुन् । ‘वर्णं कीर्ति मतिं लक्ष्मी, स्वास्थ्यमायुश्च विंन्दति । ब्रह्मे मुहूर्ते संजाग्र– श्रियं वा पङ्कजं यथा । ।’ अर्थात्– ब्रह्म– मुहूर्तमा उठ्ने व्यक्तिलाई सौंन्दर्य, कीर्ति, लक्ष्मी, बुद्धि, स्वास्थ्य र आयु आदि बढ्छ । त्यस्तो मान्छेको शरीर कमल समान हलुको र सुन्दर हुन्छ ।
वैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने बिहानको हावाले कणकणमा सञ्जीवनी सञ्चार गर्छ । आयुर्वेदको सिद्धान्तअनुसार रातमा चन्द्रमाद्वारा भूतलमा वर्षा गरिएको अमृतबिन्दु यो बेलाको हावाले लिएर बहन्छ । वैज्ञानिकका अनुसन्धानअनुसार ब्रह्म मुहूर्तको हावामा ४१ प्रतिशत अक्सिजन अर्थात् प्राणवायु, ५५ प्रतिशत नाइट्रोजन र चार प्रतिशत कार्वनडाइअक्साइड हुन्छ । यसपछि सूर्योदयसँगै सडकमा बिस्तारै मोटर, गाडी चल्छन् र दिनको गति बढ्ने क्रमसँगै यो सङ्ख्यामा वृद्धि हुँदै जान्छ । अनि पृथ्वीको गरम बाफ माथिमाथि आउन थाल्छ । त्यति बेलाको हावामा कार्वनडाइअक्साइडको मात्रा चार प्रतिशतबाट ६० प्रतिशतमा पुग्छ । हाम्रा ऋषि–महर्षिले स्थापित गरेका सनातनी परम्पराभित्र निकै जीवनोपयोगी वैज्ञानिक रहस्य लुकेको छ । यस्ता विषयवस्तुमाथि ध्यानै नदिई परम्परामाथि घृणा वर्षाएर जडवादी हुँदै यस्ता विज्ञानसम्मत कुरालाई अन्धविश्वासको जलप लगाई अनुशासनहीन र अवैज्ञानिक रोग हाम्रो समाजमा बढ्दै गएको छ । पश्चिमाले पनि हाम्रा पूर्वीय ग्रन्थका सूत्रवाणीको विश्लेषण गरी हाम्रा आयुर्वेद तथा अन्य जीवनोपयोगी मार्गलाई त्यसै अनुशरण गरिरहेका होइनन् । त्यसैले हामी पनि हाम्रै पूर्खाद्वारा प्रतिपादित यी वैज्ञानिक तथा जीवनोपयोगी तथ्यको अनुशरण गरेर स्वस्थ तथा स्र्फूत जीवनको मार्गमा हिँड्न सक्छौँ ।

 

 

प्रकाशित मिति: २०७४/५/२४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना