कर्णाली नदी विद्युत् र पर्यटन

रमेश रावल 

 

नेपालको सबैभन्दा लामो नदी कर्णाली आसपासका नदीलाई विद्युत् पर्यटनको हव रूपमा विकास गर्न सकिने धेरै आधार रहेका छन् । सरकारी नीति तथा कार्यक्रम नहुँदा अहिले कर्णाली नदीको पानी त्यसै खेर गइरहेको छ । कर्णाली नदी यसका सहायक नदी हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी नदी, तिला, बूढीगङ्गा नदी र सेती नदी रहेका छन् । अहिले यी नदीका साना ठूला धेरै आयोजना निर्माणको स्वीकृति धेरै कम्पनीले लिएको भए पनि कुनै आयोजनाले निर्माणको कार्य अगाडि बढाएका छैनन् ।
कर्णाली नदीको नेपालभित्रको लम्बाइ लगभग ५०७ कि.मि. र जलप्रवाहित क्षेत्र ४९,००० वर्ग कि.मि. यस नदीले ओगटेको छ । औसत २,९९० मि ३ र से (१०५,५९१ क्युबिक सेट) पानीको प्रवाह गर्ने गरेको छ । नेपालको जलविद्युत् विकासको सम्भावना भएका क्षेत्रमध्ये कर्णाली नदी र त्यसका सहायक नदी नै हुन् । अहिले कर्णाली नदी र यसका सहायक नदीमा देशी तथा विदेशी लगानीकर्ता र सरकारले पहिचान गरेर सम्भाव्यता अध्ययन गरेकै आधारमा भन्ने हो कर्णालीको चिसापानीमा १० हजार ८०० मेगावाट क्षमताको चिसापानी आयोजना, ९०० मेगावाटको माथिल्लो कर्णाली परियोजना, ६८८ मेगावाटको बेतनघाट कर्णाली जलविद्युत् आयोजना, ३३० मेगावाटको कर्णाली सात र छ सय मेगावाट हाराहारीको फूकोट कर्णाली जलविद्युत् आयोजना रहेका छन् ।
त्यस्तै, कर्णालीका सहायक नदीलाई आधार मान्ने हो भने ४४० मेगावाटको लिता–१, ४६० मेगावाटको तिला–२, १२१ मेगावाटको ठूली भेरी, ४४० मेगावाटको भेरी–१, सेती नदीमा बन्न लागेको ७५० मेगावाटको पश्चिम सेती र जाजरकोट जिल्लाको चार सय मेगावाट हाराहारीको नवलसिंहगाड जलविद्युत् आयोजना रहेका छन् । ती आयोजनाको सङ्ख्या सयौँ रहेको छ । विभिन्न तथ्याङ्क र जल तथा ऊर्जा आयोगको अध्ययनअनुसार आर्थिक र प्राविधिक रूपमा सम्भाव्य रहेको ४२ हजार ९१५ मेगावाटमध्ये कर्णाली नदी आधार नदीमा यसको एकतिहाइ क्षमता छ ।
सम्भवतः नेपालमा कर्णाली नदी र यसका सहायक नदीमा यति विद्युत् उत्पादन हुने क्षमता हुँदाहुँदै यही कर्णाली आसपासका क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिस अध्यारोमा बस्न बाध्यतामा छन् । यसै क्षेत्रमा सबैभन्दा गरिबी, पछौटेपन, कुपोषण, शिक्षा, कुप्रथाको भयावह अवस्थामा रहेको छ । यो विडम्बनाकोे कुरा हो ।
यस क्षेत्रमा विद्युत् उत्पादनले उज्यालो विकास मात्र होइन । ती आयोजनामा बन्ने ठुल्ठूला ड्याममा ¥याफ्टिङ मस्त्यपालन लगायतका क्षेत्रमा काम गर्न सकियो भने पर्यटक तान्न निकै सजिलो र पर्यटन क्षेत्रको विकास हुने देखिन्छ । आयोजना निर्माण भयो भने यहाँका पर्यटन विकासले यस क्षेत्रको आर्थिक विकास ठूलो फड्को मार्ने यहाँका बासिन्दा जीवनस्तर निकै माथि उकासिने देखिन्छ ।
कर्णाली नदी र यसका सहायक नदीमा बहुउपयोगी बनाउन सकियो भने मत्स्यपालन, भू–उपभोगको नीतिअनुसार लिप्ट सिँचाइ आयोजना बनाउन पनि उत्तिकै भूमिका खेल्नेछन् । कर्णाली नदीको जलाधार क्षेत्र भनेको बहुआयिक क्षेत्रका रूपमा विकास गर्न सक्ने हो ।
अहिले कर्णाली नदीका केही क्षेत्रमा बन्न लागेका बहुचर्चित आयोजनामा माथिल्लो कर्णाली परियोजना भारतीय कम्पनी जिएमआरले काम शुरु गर्न साइट कार्यालय स्थापना गरेको छ तर लगानी जुटाउन सकेको छैन । माथिल्लो कर्णाली परियोजनाले लगानी जुटाउन नसक्दा त्यसका निर्माण कार्य कहिले हुने अनिश्चित अवस्थामा रहेको छ । स्थानीय विरोध पनि त्यस आयोजनाको बाधक रूपमा काम गरिरहेको छ ।
पश्चिम सेती आयोजनाको प्रवद्र्धक चिनियाँ थ्री गर्जेजले कुल लगानीको ७५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणले २५ प्रतिशत सरकारले लगानी गर्ने सहमति भएको थियो तर त्यहाँ पनि पुनःस्थापना, पुनर्बास, प्रसारण लाइनको निर्माण तथा स्थानीय लगायतका कामको सम्झौता र कसले कसरी गर्ने विषयमा अझै छलफल हुन सकेको छैन ।
त्यस्तै हालतमा रहेका छन् तिला–१ र तिला–२ को पनि लामो समयसम्म यी आयोजना एसिपावर कम्पनीले होल्ड गरेर बस्यो । सरकारले बाराम्बर सरकारले तोकेता गर्दा अहिले निर्माण कार्यका लागि पिपिए र पिडिए सम्झौता भएको छ तर निर्माण कार्य कहिले बनाउने हो कुनै टुङ्गो लागेको छैन । स्थानीय मुआब्जा, निर्माणको लगानी एसिपावर कम्पनी जुटाउन सकेको छैन । अहिले लगानीका लागि ठाउँ–ठाउँ भौतारिनुपरेको छ ।
त्यस्तै अर्को आयोजना सरकारले कर्मचारी सञ्चय कोषमा कोष कट्टीबाट लगानी गर्ने भनिएको बेतन कर्णाली जलविद्युत् आयोजना हो । निर्माणका लागि अनुमति प्रदान गरेर ‘बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड’ को विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र दिएर मात्र बसेको यसको अन्य खासै काम हुन सकेको छैन ।
कर्णाली नदी र आसपासका अहिले सयौँ आयोजना केवल देखाउनका लागि मात्र विद्युत् उत्पादनको अनुमति दिएका छन् । बाँकी काम हुन सकेका छैनन् । अहिले केवल पानी खोलामा बग्ने सरकार निर्माण जिम्मा लिएका कम्पनीले झोला बोक्नेबाहेक अरू खासै काम हुन सकेको छैन ।
कर्णाली नदी आसपासका नदीको विद्युत् सम्भाव्यता र निर्माणका यति आधार हुँदाहँुदै पनि कुनै काम हुन सकेको छैन ? पटक–पटक फेरिरहने सरकार, नियमन निकायको कमजोरी र उत्पादन गर्ने प्रवद्र्धक कम्पनीको ढिलासुस्ती र होल्ड गरेर मात्र बस्ने भएका कारणले विद्युत् उत्पादन समस्या आएको छ ।
यति सम्भावना भएका यस नदी क्षेत्र आसपासमा अहिले कुनै पनि आयोजना सञ्चालनमा आएका छैनन् । कसैले सम्भाव्यताको अध्यायनका लागि भनेर कसैले निर्माणको लाइसेन्स होल्ड गरेर बसेको दशकौँसम्म मौन अवस्थामा बसेका छन् । मौन अवस्थामा बसेका यी सञ्चालक तथा प्रवद्र्धक कम्पनीले आयोजनालाई सरकारले कि त आफ्नो लगानीमा बनाउन जरुरी रहेको छ ।
कैयौँ आयोजनामा नेपाल कानुनले पनि विद्युत् उत्पादन गर्न समस्या देखाएको छ । विभिन्न बाधा व्यवधान रहेका यी आयोजनामा सरकारले लगानी वृद्धि, आयोजना बनाउन सहज निकास दिने हो भने कर्णाली क्षेत्र वा यस आसपासका क्षेत्रलाई पर्यटन र विद्युत् हवका रूपमा विकास गर्न सकिन्छ । पर्यटन र विद्युत् हवका रूपमा विकास गर्न यहाँ लगानीमैत्री कानुनको आवश्यकता रहेको छ ।
नेपालकै दुर्भाग्य भन्नुपर्छ अहिले देशका सबै ठाउँमा राजनीतिज्ञले सम्भावना क्षेत्र देखाउने तर काम गर्न कुनै तदरूपता नदेखाउने केवल दोहन र जनतालाई भोट बैङ्कका रूपमा काम गरिरहेका छन् । राजनीतिज्ञमा नेतृत्व भएर पनि नीति र नियम प्रष्ट भएन भने सम्भावना क्षेत्र हँुदाहँुदै पनि गरिबी रेखामुनी बस्नुपर्ने र रोजगारीका खाडी मुलुकमा भौतारिनुको अर्को विकल्प हुँदैन ।

 

 

प्रकाशित मिति: २०७४/५/२४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना