बदलिँदो परिवेश र ऋषिका सावित्रीका विवाह सूक्त

kamal rijalकमल रिजाल

 

वैदिक ऋषिमुनिमा सूर्या सावित्री पनि बिर्सनै नसकिने नाम हो । वैदिक ग्रन्थमा उनी ऋषिकाको नामले बढी परिचित छिन् । वैदिक मन्त्रद्रष्टा पुरुषलाई ऋषि र महिलालाई ऋषिका भनिन्छ । उनी वैदिक मन्त्रद्रष्टा ऋषिहरूको समूहमा छुट्टै स्थान सुरक्षित गर्न सफल देखिएकी छन् । खासगरी ऋग्वेद मण्डल १० को ८५ औँ सूक्त उनैद्वारा साक्षात्कार भएका मन्त्रहरूको सँगालो मानिएको छ । सोम–चन्द्रमा र सूर्या आफ्नै विवाह र विशेषता वर्णन भएको यस सूक्तमा कुल ४७ वटा मन्त्र छन् । यसबाहेक यी मन्त्रहरूका उल्लेख अथर्ववेदमा समेत भएका छन् तर त्यहाँ भने केही अन्य मन्त्रसमेत थपिएर आएका छन् । विवाह सूक्तको नामले परिचित यस सूक्तमा उनले वैदिक विवाह प्रक्रियाको परम्परा र प्रभावबारे विसद प्रकाश पार्ने काम गरेकी छन् ।
वैदिक संहितामा उल्लेख भएअनुसार ऋषिका सूर्या सावित्री सूर्यका छोरी मानिएकी छन्  तर पुराणमा भने यसबारे खासै उल्लेख भेटिएका छैनन् । अझ उनको पति को हुन् भन्नेबारे त वैदिक संहितामै भिन्न मत पाइएका छन् । ऋग्वेद मण्डल १० सूक्त ८५ को नवौं र चौधांै मन्त्रमा उल्लेख भएअनुसार उनको स्वयम्बर अश्विनिकुमारसित भएको देखिन्छ तर ऐ ऐ कै चालीसौँ मन्त्रमा उल्लेख भएअनुसार भने उनी चन्द्रमा अर्थात् सोमको पत्नीको रूपमा देखिएकी छन् । उल्लिखित भनाइ प्रतिकात्मक मात्र हुन् यथार्थ होइनन् । यथार्थ त यही हो कि उनले यस सूक्तमार्पmत् आफ्नो शक्ति, सामथ्र्य र बौद्धिक चातुर्यको सूक्ष्म झलक प्रस्तुत गरेकी छन् । यसै सूक्तको ३५ औँ मन्त्रमै यसबारे केही आभाष पाउन सकिन्छ ।   
प्रथमतः सूर्या सावित्रीको विवाह प्रकरण नै भौतिक नभई विशुद्ध आध्यात्मिक हो । प्रमाणका लागि उनको वैवाहिक कार्यमा खटिएका व्यक्तित्व र सम्पन्न भएका कृत्यलाई नै लिन सकिन्छ । जस्तो, उनी विवाह मण्डपमा बसेको बेला उनको साथी र सेविकाको भूमिका निर्वाह गर्नेमा वैदिक ऋचाहरू नै देखिएका छन् । अनि सौन्दर्य बढाउने र बताउने कार्यमा पनि तिनै वैदिक गान र गाथाहरूकै विशेष भूमिका रहेको देखिएको छ । यस्तै उनलाई पतिगृहमा प्रवेश गर्दा आच्छादन अर्थात् घुम्टोको काम समुन्नत विचारले गरेको छ भने  अञ्जन अर्थात् गाजलको काम सर्वहितकारी भावनाले गरेको छ । त्यस्तै द्यावा, भूमि अर्थात् आकाश र पृथ्वीले उनलाई जीवन निर्वाहका लागि चाहिने खजाना उपलब्ध गराएका छन् भने दैवीशक्तिले रथको दण्डको भूमिका निर्वाह गरेको देखिएको छ ।   त्यसैगरी रथको भित्री भागको वस्तुस्थिति बोध गराउने काम चाहिँ वैदिक छन्दबाट भएका छन् ।
ऋषिका सूर्या सावित्रीको रथको अन्य विशेषता पनि त्यत्तिकै अलौकिक पाइएको छ । सो सूक्तमा उल्लेख भएअनुसार उनले आकाश मार्गमा मानसिक गतिले हिँड्ने रथमा बसेर पतिगृहमा प्रवेश गर्ने काम गरेकी छन्, जसलाई हाँक्ने काम स्वयं स्वरवैद्य अश्विनिकुमारले गरेका छन् । त्यतिबेला रथको अगुवाई गर्ने कार्यमा स्वयं अग्निदेव आफैँ खटिएका छन् भने वायुदेवले धुरा बनेर रथको पाङ्ग्रो अड्याउने काम गरेका छन् । अझ आश्चर्य त के भने रथलाई छानो दिने काम आकाशले, पाङ्ग्राको काम दुईवटा श्रोत्र अर्थात् कानले र प्रकाश दिने काम सूर्य र चन्द्रमा आफैँले गरेका छन् । यस्तो अद्भूत स्थिति भौतिक कार्यमा देखिन त के कल्पनासम्म पनि गर्न सकिन्न । त्यसैले सूक्तको यो व्याख्यान विशुद्ध आध्यात्मिक हो, जसले सूर्या सावित्रीको शक्ति र सामथ्र्यतर्फ सङ्केत गरेको छ भन्ने कुरा स्वतः प्रष्ट हुन आउँछ ।   
सूर्या सावित्री जति आध्यात्मिक ज्ञानले सम्पन्न देखिएकी छन् । व्यावहारिक ज्ञानमा पनि उत्तिकै निपूर्ण पाइएकी छन् । उनले विवाह सूक्तमा कन्यालाई बिदा गर्दा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाबारे जुन किसिमको धारणा प्रस्तुत गरेकी छन् साँच्चै त्यो अनुपम मात्र छैन यथार्थपरक समेत देखिएको छ । उनका अनुसार कन्यालाई पितृकुलबाट अलग गराएर मात्र हुँदैन चाँडै नै प्रतिकूलमा घुलमिल हुन सक्ने तरिका सिकाउनु पनि पर्छ तर यो काम भन्न जति सजिलो छ गर्न त्यति नै कठिन पनि छ । यसको मूल आधार भनेको शील, स्वभाव तथा बुद्धि र विवेक नै हो । त्यसैले आफ्ना कन्यालाई बिदा गर्दा प्रत्येक अभिभावकले यसतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ । उनका अनुसार जुन कन्या ( वधु )ले आफ्ना वाणी तथा विनयशीलताले परिवारका सदस्यलाई रिझाउन सकेकी हुन्छिन् तिनैले नै चाँडै नै पतिगृहमा गृहस्वामिनी बनेर धन, धान्य तथा सन्तानले युक्त भई सम्मानित जीवन व्यतित गर्न सकेका हुन्छन् । अतः असल अभिभावक त्यही हुन्छन्, जसले कन्यालाई यस किसिमको शिक्षा दिएर बिदा गर्ने गरेका छन् ।
लोकहितका लागि द्यावा, भूमि सर्वत्र चट्टानी उपस्थिति देखाउँदै  सूर्या सावित्रीले आफ्नो विवाह सूक्तमा गृहस्थाश्रमको महìव दर्शाउने प्रयास गरेकी मात्र छैनन् वरवधुलाई कुशल गृहस्थी जीवनको मार्ग बोध गराउने काम समेत गरेकी छन् । उनका अनुसार त्यहींं नै दाम्पत्य जीवन सुखद हुन पुग्छ जहाँ पतिपत्नीबीच सम्यक मेल पनि भएको छ र एक अर्काको भावनाको सम्मान पनि हुने गरेको छ । चाहे प्राणी ग्रहणको क्रममा होस् चाहे गाथागान प्रकाणमा । त्यस्तै सिन्दुरदानको क्रममा होस् चाहे लाजा होम वा सप्तपदीको प्रकारणमा नै किन नहोस् उनले विवाह सूक्तको हरेक प्रकरणमा वैदिक मन्त्रद्वारा वरवधु दुवैलाई एक अर्कोको नजिक ल्याउने र एक अर्कोको सहयोगी बनाउने प्रयास पनि गरेकी छिन् र यसैका लागि अग्नि साक्षी राखी एक अर्कोमा वाचाबन्धन गराउने र सपथ खुवाउने काम पनि गरेकी छन् । यतिबेला वरले कन्यालाई आफ्नो आधा अङ्ग मान्दै सासू, ससुरा, नन्द आमाजु सबैको मन जितेर घरको समाज्ञी बन्ने प्रयास गर भनिरहेको मात्र हुँदैन कन्याले पनि तिम्रा साथ र सहयोग पाउने हो भने केवल सात पाइतलाले तिमीलाई  धन, धान्य, आयु, आरोग्य आदि सबै किसिमको वैभवले सम्पन्न गर्नेछु भन्ने कुराको प्रतिबद्धता समेत व्यक्त गरिरहेकी हुन्छिन् ।
यसरी सूर्यपुत्री सूर्या सावित्रीले आफ्ना विवाह सूक्त मार्फत सुखद गृहस्थी जीवनका लागि जुन किसिमको सन्देश दिएकी छन् त्यसको महìव हिजोभन्दा आज झन् बढी हुन पुगेको देखिन्छ । हिजो आज विवाहजस्तो पवित्र सम्बन्धको बन्धन पनि कति नाजुक हुँदै गएको छ सबैलाई थाहा भएकै कुरा हो । अहिलेको विकसित र अति विकसित भनिने समाजमा बिहान जोडिएको वैवाहिक सम्बन्ध बेलुका नै टुट्न थालिसकेका उदाहरण प्रशस्तै छन् तर जहाँ वैदिक पद्धतिअनुसार वैवाहिक कृत्य पूरा भएका छन् त्यहाँ भने कहीं कतै अपवादमा एकाध घटना भएका छन् भने छुट्टै कुरो होइन भने दैवी विपत्तिबाहेक सम्बन्ध विच्छेद हुने गरेको घटना विरलै पाइएका छन् । यसको मूल कारण अरू केही नभएर तिनै विवाहमा पढिएका वैदिक मन्त्र र तिनले खुवाएका सपथ तथा अन्तरात्मामा जगाएका आत्मिक सम्बन्ध नै हुन् भन्न कत्ति हिचकिचाउनु पर्दैन । यसर्थ ऋषिका सावित्रीद्वारा साक्षात्कार भएका वैदिक मन्त्रहरूको आधारमा निर्माण गरिएको विवाह पद्धतिको महìव भने अहिले पनि उत्तिकै छ ।

 

प्रकाशित मिति: २०७४/५/२५

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना