‘पाकाहरू पनि सवारी साधनमा यौनजन्य दुव्र्यवहार गर्छन्’

देवबहादुर कुँवर

 

काठमाडौँ,  भदौ २६ गते । काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनमा सबैभन्दा बढी किशोरीमाथि यौनजन्य दुव्र्यहार हुने गरेको पाइएको छ । यस्तो घटना बिहानभन्दा साँझको समयमा बढी हुने गरेको छ ।
बस, मिनीबस, माइक्रोबस र टेम्पोमा सवार महिलामाथि हुने यौनजन्य दुव्र्यवहार र हिंसा नियन्त्रण गर्न महानगरीय प्रहरी कार्यालयले गत साउन १८ गतेदेखि ‘सेफ्टी–पिन’ अभियान सञ्चालन गरेको थियो ।
उक्त अभियान सञ्चालन भएको एक महिना अवधिमा ७० जना पक्राउ परेका छन् । यौनजन्य दुव्र्यवहारमा संलग्न ३७, अश्लील क्रियाकलाप देखाउने १०, अपशब्द प्रयोग गरी गालीगलौज गर्ने १०, पकेटमार आठ र अन्य पाँच पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी यौनजन्य दुव्र्यवहार नेपाल यातायातका बसमा हुने गरेको पाइएको छ । प्रहरी निरीक्षक शर्मिला गुरुङले सो सम्बन्धमा नेपाल यातायात बस व्यवसायी, चालक र सहचालकसँग छलफल गरिएको जानकारी दिनुभयो । yaun apradh
सवारी साधनमा महिलामाथि यौनजन्य दुव्र्यवहार गर्ने पुरुषको उमेर १५ देखि २५ वर्षसम्म रहेको पाइएको छ । त्यस्तो गर्नेहरूमा केही पाका उमेरका व्यक्ति भेटिए पनि अधिकांश युवक छन् । उनीहरूको शैक्षिक योग्यता पनि कक्षा १० भन्दा कम हुने गरेको प्रहरीको निचोड छ । उहाँले भन्नुभयो, “उनीहरूले गलत नियत राखेर कक्षा ११ र १२ का छात्रामाथि यौन दुव्र्यवहार गर्ने गरेको देखिन्छ । कतिपय पकेटमार नै छन् । ”
महिलामाथि हुने यौन दुव्र्यवहार नियन्त्रण गर्न महानगरीय प्रहरीले तीन–तीन जना प्रहरी सम्मिलित ३३ वटा समूह बनाई सादा पोशाकमा बस, मिनीबस र माइक्रो बसमा परिचालन गर्ने गरेको छ । यो समूहलाई बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म नियमित रूपमा सक्रिय बनाइएको छ ।
उपत्यकाभित्र सबैभन्दा बढी काठमाडौँमा पक्राउ परेका छन् । तीमध्ये २० जनामाथि अभियोग दर्ता गर्नुका साथै २४ जनालाई प्रतिवादीका रूपमा राखी छानबिन गर्ने र ४५ जनालाई आवश्यक कारबाहीपछि आफन्तको जिम्मा लगाइएको छ । उपत्यकामा १० हजार ३७९ बस, नौ हजार ५७५ मिनी बस, दुई हजार १२३ माइक्रो बस र दुई हजार ५२८ टेम्पो छन् ।
सार्वजनिक यातायातमा सवार महिलालाई जिस्क्याउने, सुन्ने गरी अश्लील शब्द प्रयोग गर्ने, यौनजन्य आशयले अङ्ग छुन खोज्ने, ठेलाम–ठेल गरी दःुख दिने र आँखाको इशारा तथा मुख बङ्ग्याएर यौनजन्य आशयले जिस्क्याउने गरेको पाइन्छ ।
महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दले महिलाका लागि काठमाडौँमा सञ्चालन हुने सवारी साधनमात्र नभई शहरलाई नै सुरक्षित बनाउन आफूहरू सक्रिय रहेको बताउँदै महिलामाथि हुने यौनजन्य दुव्र्यवहार शून्य पार्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । आफूमाथि भएको यौन दुव्र्यवहार सहेर नबस्नसमेत उहाँले महिलालाई आग्रह गर्नुभयो । “सकिन्छ नजिकैको प्रहरीलाई भन्नुहोस् । प्रहरी छैन भने तुरुन्त प्रहरी कन्ट्रोल १०० मा फोन गरी जानकारी दिनुहोस्,” उहाँले भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना