हामी हतोत्साहित हुँदैछौँ : केरा व्यवसायी

keraधनगढी, भदौ २६ गते । पछिल्लो समय किसानको आकर्षण केरा व्यवसायमा बढ्दैगएको भए पनि सरकारद्वारा निदृष्ट नीति कार्यान्वयन हुन नसक्दा किसान हतोत्साहित हुन थालेको केरा किसानले गुनासो गरेका छन् । किसानले विश्व व्यापार सङ्गठन (डब्लूटीओ) को पूर्ण कार्यान्वयन गरेर मात्रै भारतबाट नेपालमा केरा भिœयाउन कैलाली, कञ्चनपुरका जनप्रतिनिधिलाई आग्रह गरेको कञ्चनपुरस्थित बेलौरी नगरपालिकाका–११, कलकत्ताका व्यावसायिक केरा किसान करनसिंह रानाले बताउनुभयो । 

नेपाल विश्व व्यापार सङ्गठनको सदस्य हु“दाहु“दै पनि भारतमा उत्पादित कृषि उपज बिनारोकथाम डब्लूटीओको मान्यता विपरीत भित्रिने गरेको भन्दै कैलाली, कञ्चनपुरका किसानले प्रावधान पूरा गरेर मात्रै भारतीय केरा नेपालमा भित्रिने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
भारतबाट आयात हुने केराको तुलनामा कैलाली, कञ्चनपुरमा उत्पादन हुने केरा गुणस्तरीय र ताजा हु“दाहु“दै पनि मूल्य प्रतिस्पर्धा गर्न नसक्दा यहा“का किसानले सधै केरा खेतीबाट घाटा व्यहोर्दैआएको भन्दै नियमसङ्गत केरा आयातित हुने व्यवस्था मिलाउन जरुरी छ, रानाले भन्नुभयो ।
सरकारले यहा“ उत्पादन हुने केराका लागि बजारको व्यवस्था गरिदिएको खण्डमा आपूmजस्ता धेरै किसान थप केरा खेती विस्तार गर्न र केरामा कैलाली, कञ्चनपुरलाई आत्मनिर्भर बनाउन तयार रहेको कैलालीको चौमालाका कृषक रामप्रसाद चौधरीले बताउनुभयो ।
सरकारले कृषि उद्यमका लागि ऐन, नियम तथा कानुन तर्जुमा गरेको भए पनि कार्यान्वयनमा सक्रियता नदेखाएको राष्ट्रिय कृषक महासङ्घका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष, प्रकाश थापाले बताउनुभयो ।
उहाँका अनुसार विश्व व्यापार सङ्गठनको नियमका आधारमा नेपाल भारतको खुला व्यापार गर्न पाइने प्रावधान छ तर यसैगरी कैलालीको टीकापुर स्थित व्यावसायिक केरा किसान विनोद शाहले पनि हजारौँ मानिसले प्रत्यक्ष रोजगारी पाउँदै सयौँ मानिस केराको माध्यमबाट आफ्नै देशमा रोजगार बन्न सफल हु“दैआएको भए पनि त्यस्ता कार्यमा सरकार बाधक हुनेगरेको आरोप लगाउनुभयो ।
उहाँले कैलाली कञ्चनपुरमा पर्याप्त केरा उत्पादन हुने समयमा भारतीय किसानले अत्यधिक सस्तो मूल्यमा केरा निर्यात गरी यहाँका किसानलाई मारमा पार्ने र यहाँका किसानबाट कम उत्पादन हुने समयमा अत्यधिक महँगोमा बिक्री गरी उपभोक्तालाई मारमा पार्ने गरेको आरोपसमेत लगाउनुभयो ।
भारतबाट बिनारोकथाम कृषि उपज नेपाल भित्रिए झै नेपालबाट पनि भारत जाने व्यवस्था मिलाए आफूहरू पनि भारतमा व्यापार विस्तार गर्न इच्छुक रहेको भन्दै केरा किसान शाहले सोको व्यवस्था मिलाउनसमेत आग्रह गर्नुभयो ।
हाल कैलालीमा ६५० हेक्टर जमिनमा केरा खेती हुँदैआएको छ भने कञ्चनपुरमा चारसय हेक्टर जमिनमा केरा खेती हुँदैआएको हेल्भेटास स्वइस कर्पोरेसनका केरा प्राविधिक टेकबहादुर सिंहले जानकारी दिनुभयो । सिंहले कैलाली कञ्चनपुरबाट वार्षिक ४० हजार मेट्रिक टन केरा उत्पादन हुँदैआएको बताउँदै हाल कैलालीका ८५० घरधुरी र कञ्चनपुरका ५५८ घरधुरी व्यावसायिक केरा खेती गर्दै आइरहेका छन् । केरा फार्ममा मात्रै ८८३ जना तथा खुद्रा व्यवसाय सञ्चालन गर्दैै हाल दुई हजार छ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना