मानव बेचबिखनविरुद्ध हातेमालो

लालबहादुर भुजेल

 

आजको २१ औँ शताब्दीमा मानव बेचबिखन जगन्य अपराध हो । हरेक वर्ष, मानव बेचबिखनका विरुद्ध नयाँ नारा सङ्कल्प र प्रतिबद्धताका साथ शहरका ठूलो होटेल परिसरमा भव्य र निकै ठूलो हाइफाइका साथ कार्यक्रम गर्ने गरिन्छ । जसमा, यस कार्यको रोकथामका लागि राज्य र कैयौँ सरकारी, गैरसरकारी संस्थाको प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्नता हुन्छ । विभिन्न खालको गोष्ठी–सेमिनारमा परिणत हुनुभन्दा अगाडि मानव बेचबिखन नियन्त्रण दिवसको पूर्व–सन्धामा प्रभात फेरीको व्यवस्था गरिएको हुन्छ । जसमा, अग्रपङ्क्तिमा खाइलाग्दा, टिसलाग्दा राजनीतिक दलका नेताहरू र कलिला हुर्कौला किशोरीलाई विभिन्न प्लेकार्ड र विभिन्न नाराका साथ जुलुसको आयोजना गरिएको हुन्छ । त्यो माहोल देख्दा योग्य र अनुभवी डाक्टरले अशक्त बिरामीलाई प्रदान गरेको औषधिजस्तै सेवन गर्ना साथ च्वाट्टै निको हुन्छ कि जस्तो आशा–भरोसा लाग्छ । तर, भोलि पल्टदेखि मानव बेचबिखनसम्बन्धी चासो दुर्भाग्यवश सेलाउँदै जान्छ । जसको बाउ म¥यो उसैको छोरो टुहुरो भनेझैँ जसको दिदी–बहिनी, छोरी, भाञ्जी, आमा–छ्यामा बेचबिखनमा परे, तिनै विदेशी कोठीमा नारकीय जीवन बिताउन बाध्य पीडित महिला र तिनका सहोदय मनखाने आफन्तलाई पीडा बोध हुन्छ, मर्म पर्छ ।
नेपाली जीवनशैली दिनानुदिन फेरिदो छ । पछिल्लो समय बढ्दो महँगी र बेरोजगारीले आक्रान्त छ समाज । शैक्षिक संस्थामा मनोमानी छ । हुनी खानी नवधनाढ्य र हुँदा खाने बीच गहिरो भड्खारो छ । किशोरावस्थामा मिठो खाना र राम्रो लाउन मन लाग्नु स्वाभाविकै हो । महँगा सेल्फी मोबाइल, स्कुटर, लवाई–खुवाई आदि, इण्डियन सिरियलको कुप्रभावले अभिभावक विक्षिप्त छन् । टुप्पाबाट पलाएको सभ्रान्तका छोरा–छोरीका धाकरवाफ, वडप्पन र शिकोले निम्नस्तरका इमानदार राष्ट्रसेवकका छोराछोरीलाई पढुँ कि छोडुँ भएको छ ।
बेचबिखनका कारक तìव ः
मानव बेचबिखन कार्य हदैसम्मको अमानवीय निकुष्ट कार्य हो । अशिक्षा, गरिबी, लैङ्गिक हिंसा, बेरोजगारी, असुरक्षित आप्रवासन, खराब साथी–सगत आदि यसका मूलकारण हुन् । पतिले पत्नी, बाबुले छोरी, दाजुभाइले दिदी बहिनी, मामा भेनाले भाञ्जी साली मुङ्लानमा बेचेर नर्कमा पु¥याउन बाध्य गराउनु मानवीय कलङ्गको पराकाष्ठा हो । यस्तो कार्यमा संलग्न हुने महिला–पुरुष अधिकांश नजिकका जान पहिचानका आफन्त हुन्छन् जसले, बेलाबखत चाड पर्वमा हेलमेल भई सम्बन्ध अटुट बनाई रहन्छन् । आवतजावत गरी सम्बन्धलाई प्रगाढ बनाएर दुनो सोझ्याउँछन् । यस्ता पापी पैसामुखी चण्डाल असतीलाई धर्म पापको कुनै मतलब हँुदैन । आफन्तबाट ललाइफकाइ गर्दा अभिभावक र समाजलाई शङ्का–उपशङ्का नहुन सक्छ । अशिक्षाले चेतनाबोध नभएर भड्खारोमा हाल्न सक्छ । शिक्षित बालिकाले सदैव सर्तक र होशियारी अपनाउन सक्छ । आँट–जोश र निर्भीक हुन्छन् । गरिबीको रेखामुनी जीवनयापन गर्ने परिवारको अवस्था सधैँ जर्जर र दर्दनाक हुन्छ । पेट पाल्न, जुनसुकै शर्तमा सम्झौता गर्न बाध्य हुन्छन् ।
घरमा सदा अशान्ति, मादक–पदार्थ सेवन गरी हिंसा मच्चाउने अकालैमा मृत्युवरण गर्ने त्रासले पनि बालबालिका एवम् महिलालाई दिग्भ्रमित र विचलित तुल्याउँछ । विभिन्न राष्ट्रिय गौरवका आयोजना जस्तैः सिँचाइ, जल–विद्युत्, सडक निर्माण–विस्तारले गर्दा विस्थापित भई पुनर्बास हुनुपर्ने वा आफूखुशी बसाइसराइले पनि दलाललाई सहयोग पु¥याउँछ ।
सुन्दैमा लाजमर्दो विकराल मानव बेचबिखन विरुद्ध ऐन–कानुन आए पनि प्रभावकारी छैनन् । त्यस्तै, महिला हिंसाको सिलसिलामा ऐन–नियमावलीको तर्जुमा भएका त छन् तर ती कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् । प्राय सबै ती कानुन निस्क्रिय छन् । यसको न्यूनीकरणमा राज्यको प्रमुख भूमिका हुनुपर्ने हो तर राज्यले पनि यस क्षेत्रमा प्रयास त गरेको छ तर आशा गरिए जस्तो प्रगति हुन भने सकेको छैन । यो दुःख लाग्दो पक्ष हो । देशमा महिलाको हितका काम गर्ने भनेर बनाइएको संवैधानिक हैसियतको राष्ट्रिय महिला आयोग छ, महिला बालबालिका मन्त्रालय छ र यस्ता गतिविधिको नियन्त्रणमा बजेट पनि धेरथोर तर्जुमा हुने गर्दछ । त्रिभुवन विश्वविद्यालयमा अनावश्यक नयाँ संस्थालाई सम्बन्धन दियो भनी आवाज बुलन्द भइरहेको छ तर शैक्षिक संस्थामा मानव बेचबिखन नियन्त्रण पाठ्यक्रममा समावेश गर्ने ध्यान कसैको छैन, आयमूलक रोजगारी, सचेतनामूलक कार्यक्रम खोइ ? मानव बेचबिखन विरुद्धको कार्यमा विगत लामो समयदेखि अर्बौै लगानी गरी असङ्ख्य गैरसरकारी संस्था क्रियाशील भए पनि बालुवामा पानी हाले जस्तो भएको छ । यसतर्फ सम्बद्ध पक्षको ध्यान जानुपर्छ । साथै कानुन निर्माणमा जति धेरै समय खर्च गरियो त्यसको कार्यान्वयनमा खासै चासो दिने गरिएको छैन । यसमा सबैको हातेमालो गरेर अगाडि बढ्ने हो भने केही न केही सुधार अवश्य हुने आशा तथा विश्वास गर्न सकिन्छ ।

 

 प्रकाशित मिति: २०७४/५/२६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना