संविधान कार्यान्वयनमा समन्वयकारी संयन्त्र.

Junar_babuजुनारबाबु बस्नेत

 

 

विगत दुई शताब्दीमा समाजवादी दर्शन र सिद्धान्तले विश्वलाई सबैभन्दा व्यापक प्रभाव पा¥यो । कार्ल माक्र्सले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र लेख्दा त्यसलाई कुनै ठूलो महŒव दिइएको थिएन । माक्र्स (१८१८–८३) का देहान्त हुँदा थोरै सङ्ख्यामा मात्र अन्त्येष्ठिमा मानिसको सहभागिता थियो तर माक्र्सको दर्शनले डेढ शताब्दी विश्वलाई व्यापक प्रभाव पा¥यो । सोभियत रुसमा सन् १९१७ मा त्यसै आधारमा लेनिनले  गरेको बोल्सेभिक क्रान्ति सफल भयो ।  पौने शताब्दी (१९१७–९०) एकछत्र शासनपछि सोभियत सङ्घ ढल्यो तर समाजवादी चिन्तनधारा विश्वभर, विशेषगरी प्रजातान्त्रिक मुलुकमा बहसका रूपमा झनै सघन भयो । प्रजातान्त्रिक मूल्य र मान्यतालाई अनुसरण गर्ने राजनेताले  प्रजातन्त्रसँगै समाजवादलाई  देखाउनकै लागि सही जोड्छन् तर समाजवाद धेरै मुलुकमा लगभग मृगतृष्णा जस्तै छ अहिले पनि । बीपी कोइराला (१९७१–३९) को जन्मजयन्ती (भदौ २४ गते) मनाइरहँदा लोकतान्त्रिक समाजवादको अनेक विषयको उठान एवं बहस हामीकहाँ पनि  हुने गर्छ ।
त्यसो त सातसाल अघिसम्म नेपाल मध्ययुगीन राज्य थियो भन्दा फरक पर्दैन । एक सय चार वर्षको राणाशासन र त्यसअघिको बेथितिपूर्ण अन्योलले बाँकी संसारको तुलनामा शिक्षा, चेतना र जीवनस्तरका हिसाबले पनि नेपालको तुलना गर्न नसकिने अवस्थामा पिछडिएको थियो । अझ महŒवपूर्ण के हो भने भावी नेपाललाई मार्गचित्र देखाउने उहाँको चिन्तन त्यतिबेलैदेखि जोडिएको समाजवादको नेपाली शैलीकै चिन्तनधारा हो । आज त्यो चिन्तनधारा कहाँ पुगेको
छ ? यसमा अनेक बहस उठ्नु स्वाभाविक हो ।
प्रजातान्त्रिक नेपालसँगै समाजवादी दिशामा बीपीको भनाइ थियो, ‘समाजवाद भविष्यको लहर हो भन्ने हामीलाई लाग्छ । समाजवाद तेस्रो विश्व भनौँ या असंलग्न विश्वको स्वाभाविक मित्र हो, त्यसो भएन भने ती देशहरू या त फासिष्ट सैनिक तानाशाहीतिर जान्छन् या कम्युनिष्ट तानाशाही या सुुधारविरोधी प्रतिक्रियावादी धार्मिक मौलिकतावादी तानाशाहीतिर । ’ बीपीले त्यतिबेला गरेको विश्लेषण यो ६० वर्षमा  मिल्न गएका धेरै उदाहरण छन् । सन् १९५३ मै एसियन सोसलिष्ट सम्मेलन आयोजना गर्ने मुलुक बर्मा (हाल म्यान्मार) लामो समय सैनिक शासनबाट  गुज्रियो, अहिले त्यसबाट पार पाउने क्रममा छ । पाकिस्तान स्थापनादेखि लगभग धेरैजसो सैनिक तानाशाहीमा रह्यो । इरान धार्मिक कठमुल्लाहले चल्दैछ । तेस्रो विश्वका अधिकांश मुलुकमा समाजवाद अर्थात् त्यहाँका नागरिकको आर्थिक तथा सामाजिक सुधारतिर शासन व्यवस्था केन्द्रित नहुँदा प्रजातान्त्रिक व्यवस्थाले संस्थागत स्वरूप प्राप्त गर्न सकेन । धेरै देशमा अनेक तानाशाह आए र तिनको पतन हुँदै गयो । ती देशहरू अविकसित हुँदै गए । तेस्रो विश्वको यो लगभग नियति नै बन्न पुग्यो । नेपाल त्यसको अपवाद हुन सकेन । बीपीको  भविष्यवाणी आज छ दशकपछि सत्य साबित भएको छ ।
समाजवादको त्यो भावी तस्बिरमात्र बीपीले देखाउनुभएन, बीपीले त्यतिबेला विश्व परिवेशको विश्लेषण गर्दै आफू र आफ्नो पार्टी नेपाली काँग्रेसका लागि बाटो पनि देखाउने यत्न गर्नुभयो । समाजवाद धनी मुलुकमा होइन, नेपालजस्ता अल्पविकसित मुलुकका लागि उपयोगी रहेकोमा  उहाँ स्पष्ट हुनुहुन्थ्यो । समय पाउँदा उहाँले सिद्धान्तमा रमाउनुमात्र भएन, २०१५ सालमा निर्वाचित प्रधानमन्त्रीको जिम्मेवारीपछि समाजवादसित मेल खाने कार्यक्रम पनि ल्याउनुभयो ।
देशका इतिहासका लागि अठार महिनाको कार्यकाल ठूलो होइन । त्यस छोटो समयमा बिर्ता उन्मूलन असाध्यै ठूलो कार्यक्रम थियो । राणा, राजा र भाइभारदार, हुक्के, बैठक र गुरुपुरोहितका नाममा देशभरका प्रशस्त जमिन बिर्ताका रूपमा थिए । त्यसलाई उन्मूलन गरियो । किसानसम्म जग्गाको हकभोग पुग्न सहयोगी भयो । भूमिसुधारको सविस्तार गर्न नपाई पुस १, २०१७ को घटना भयो । जङ्लको राष्ट्रियकरण गरियो । मूलतः जमिनलाई प्राकृतिक स्रोतका रूपमा जनहितमा उपयोग गर्ने बीपीको नीति देखिन्छ । अहिले जमिनकै बेथितिले देशको अवस्थामा नाजुक बनेको छ । जमिनलाई व्यवस्थित गर्न सकिएन भने नेपालको अवस्था अझै भयाभह हुन सक्ने छ । भूमिको बेथिति अविकासको कारण पनि हो ।
प्रशासनिक सुधार, विद्यालयहरू स्थापना, अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ आयाम आदिले बीपी कोइरालाको छोटो कार्यकाल सारभूत रूपमा राज्यलाई समन्यायिक दिशामा अग्रसर गराउने दिशा भेट्न सकिन्छ । यता धेरै वर्ष देशमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का नेताहरू पालैपाले सिंहदरबार पुगेका छन् । एमाले र माओवादी अझ प्रगतिशील र जनमुखी भएको दाबी गर्छन् तर व्यवहारमा ती हरेक सरकारका नीति र कार्यक्रममा समाजवादी सुवास पाउन कठिन हुन्छ । समाजवाद वास्तवमा उत्पादनलाई बढोत्तरी गरेर प्रतिफलको समन्यायिक वितरण हो । उत्पादनलाई ध्यानै नदिए मिलीजुली बस्ने र बाँडीचुँढी खाने शैलीले समाजवादी सुवासभन्दा बढी अराजकताको बढोत्तरी देखिएको छ । भ्रष्टाचार मौलाएको छ । कतिपय सरकारको त दिशा र दशा भेट्न र बुझ्न पनि कठिन हुन्छ  ।
केही छोटो समयको सिंहदरबारबाहेक नागरिक अधिकारकै लागि बीपी जीवन बित्यो । बीपीले आफूलाई समाजवादी चिन्तक भनेर कतै दाबी पनि गर्नुभएको छैन । एक सन्दर्भमा उहाँले भन्नुभएको छ, ‘म कुनै आर्थिक विशेषज्ञ होइन तर जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ त्यो विकास, विकास नै होइन । मेरा विचारमा शहरको सुविधामात्र हेर्ने, गाउँको बेवास्ता गर्ने विकास यथार्थमा विकास हुन सक्दैन । किनभने नेपाल गाउँ नै गाउँले बनेको देश हो । ’  आज मुलुकको चित्र हेर्ने हो भने बिस्तारै गाउँ खाली हुँदैछन् । जनसङ्ख्याको चाप शहरमा बढेको छ । शहर पनि अव्यवस्थित हुँदै छ । गाउँमा खेतबारी बाँझा छन् । शहरमा बेरोजगारी बढ्दै छ । रोजगारीको लागि कम्तीमा ४० लाख नेपाली सीमापारि छन् । देशभित्रका उद्योगधन्दा सखाप हुँदै छन् । आयातीय मालवस्तुले बजार भरिएको छ । हाम्रो विकास प्रक्रियामा गम्भीर त्रुटि भएर नै देशको यो अवस्था आएको होइन र ?
बीपीले प्रजातन्त्रिक लडाइँसँगै आर्थिक विकासको दिशा  नदेखाउनुभएको होइन । निरङ्कुश राजनीतिक व्यवस्था विरुद्धको आन्दोलनका क्रममा प्रजातन्त्र र समाजवादकै सिलसिलामा उहाँको यस्तो भनाइ थियो, ‘समाजवादका मुख्य दुईटा पाटा छन् १. राजनीतिक स्तरमा प्रजातन्त्र र, २. आर्थिक क्षेत्रमा गरिब जनतालाई न्याय दिने विकास ।
यी दुईपक्षविना गरिबी उन्मूलन गर्छु भन्नु र राजनीतिक स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव कथा हाल्नु बराबर हो । यो केवल आदर्शको प्रश्न अथवा जीवनको उत्कृष्ट मूल्यमा विश्वास राख्ने प्रश्न मात्र हो । ’ वास्तवमा अहिले राजनीतिक स्तरमा प्रजातन्त्र अर्थात् लोकतन्त्र प्राप्त भइसकेको छ । नेपाली नागरिकको सार्वभौम संविधानसभाले दिएको संविधान अहिले कार्यान्वयनको चरणमा छ । निर्वाचनहरूले संस्थाहरू निर्माण गर्दैछन् तर निर्वाचन कति जनमुखी हुँदैछन् ? विवेचना गर्दै सुधार गर्नु भने जरुरी हुन्छ ।
बीपीका अनेक अर्थ राजनीतिक साहित्य र आजको नेपाल हेर्दा सन्तोष मान्ने सानो ठाउँ भनेको मुलुकले प्राप्त गरेको संविधान मात्रै हो । बीपीले देखेको प्रजातन्त्र र समाजवादी चिन्तनलाई यो संविधानले सम्बोधन गर्छ । संविधान (२०७२) को संविधानको प्रस्तावनाले भन्छ, ‘......नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने । ’
यो संविधानले बीपीको प्रजातान्त्रिक समाजवादी मूल्य र मर्मलाई गहन रूपले आत्मसात् गरेको छ । पछिल्लो उपलब्धि के पनि हो भने लोकतान्त्रिक मूल्य र मर्मलाई पश्चिमी बुर्जुवा शासन व्यवस्था मात्रै मान्ने मुख्य कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी दुवै लोकतान्त्रिक मूल्य–मान्यताको समाजवादप्रति प्रतिबद्धता विकास भएको छ । यो संविधान त्यसैको प्रतिफल पनि हो ।  यो ठूलो ‘प्याराडायम सिफ्ट’ हो । व्यावहारिक रूपमा लोकतान्त्रिक समाजवाद अहिले पनि मृगतृष्णा नै हो तर त्यसदिशातिर अग्रसर हुनका लागि अनेक आरोह र अवरोह पार गर्दै मुलुक यहाँसम्म  आइपुगेको  छ ।   संविधान र वैधानिक बाटो भने बीपी विचारधाराको सफलता हो भन्न सकिन्छ ।

 

 

 प्रकाशित मिति: २०७४/५/२६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना