आयोडिन नुन र जनस्वास्थ्य

brajesh jhaब्रजेशकुमार झा

 

साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडले स्थापनाको पाँच दशक पूरा गरिसकेको छ । यो संस्था वाणिज्य क्षेत्रमा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट नमुना बन्न सफल भएको छ । नेपालमा नुनको स्रोत नभएको कारण र तत्कालीन अवस्थामा यातायातको दृष्टिकोणले समेत सम्पूर्ण जनतालाई नुन पु¥याउन ठूलो चुनौतीको रूपमा रहेको तथ्यलाई दृष्टिगत गरी अत्यावश्यक दैनिक उपभोग्य वस्तु नुनको आपूर्ति व्यवस्थालाई व्यवस्थित, नियमित गर्ने सरकार, सरकारको स्वामित्वमा रहेको संस्था एवं त्यसबेला नुनको कारोबारमा लागेका मुख्य व्यापारीलाई समावेश गरी साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड २०२० साल भदौ २७ गते दिन स्थापना भएको हो । साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड पब्लिक प्राइभेट पार्टनरसिपको रूपमा स्थापित नेपालको पहिलो संस्था हुनुपर्छ ।
“सत्यमेव परम धनम्” आदर्श वाक्यलाई धारणा गरेको यस संस्थाले गुणस्तरीय वस्तु उचित मूल्यमा देशभरिका जनतालाई सुलभ रूपमा आपूर्ति गर्ने एवं जनस्वास्थ्यलाई प्रतिकूल असर नपर्ने वस्तुको मात्रै कारोबार गर्ने यसको विशेषता एवं प्रतिबद्धता हो ।
आफ्नो स्थापनाको १० वर्ष नपुग्दै यस संस्थाले खाद्य उद्योगको स्थापना गरी देशमा मैदा, पिठो, सुजी, चोकरको आयातलाई प्रतिस्थापन गरि स्वदेशी कच्चा पदार्थ गहुँको खपत एवं नेपालीलाई स्वदेशी उत्पादनबाट समेत सेवा दिन शुरु ग¥यो भने अर्कोतिर नेपालमा जनस्वास्थ्यको समस्याको रूपमा रहेको आयोडिनको कमीलाई निर्मूल पार्न नुनमा आयोडिन सम्मिश्रण गरी नेपालीको घरदैलोमा पु¥याउन शुरु ग¥यो ।
आयोडिनको कमी भएमा तुहिने, मृत शिशु जन्मने, लुलो लङ्गडो, सुस्त मनस्थितिको बच्चा जन्मिने, बालबालिकाको शारीरिक एवं मानसिक विकास कम भई पढाइमा समेत कमजोर हुने, वयस्क व्यक्तिमा काम गर्ने क्षमतामा कमी आउने साथै प्रजनन् क्षमतामा समेत ह्रास आउने लगायतका शारीरिक तथा मानसिक कमजोरी हुन सक्छ ।
विश्व स्वास्थ्य सङ्गठनको अध्ययन प्रतिवेदनको आधारमा सन् १९६५ मा ५५ प्रतिशत जनता आयोडिनको कमीले हुने विकृतिबाट प्रभावित थिए । उक्त जनस्वास्थ्यको समस्यालाई निर्मूल पार्न भारत सरकारबाट निरन्तर रूपमा २५ वर्षसम्म
(१९७३–१९९८) प्राविधिक एवं आर्थिक सहयोग प्राप्त भएको, सोको कारण नै आयोडिनको कमीले हुने विकृतिमा व्यापक कमी आएको थियो ।
समयक्रममा कर्पोरेशनले आफ्नो लगानीमा नेपालकै प्रथम खाद्य उद्योग लि., नेपाल वनस्पति घ्यु उद्योग लि., गोरखकाली रबर उद्योग लि. लगायत नेशनल फाइनान्स लि., सगरमाथा इन्स्योरेन्स, हिमालय खाद्य एवं प्याकिङ उद्योगजस्ता संस्थाको स्थापना गरेर देशलाई आौद्योगिकीकरणको दिशामा सेवा गर्नुका साथै रोजगारीको सिर्जना एवं विदेशी गरेको पुँजीलाई केही हदसम्म रोक्नेतर्फ समेत कार्य गरेको हो भने आमउपभोक्तालाई नुन, तेल, वनस्पति घ्यु, मैदा, पिठो, सुजी, चिउरा, चामल, दाल, चिनी, खाना पकाउने ग्यासलगायतका सामान उपलब्ध गराउँदै आएको छ । यसका साथै सिमेन्ट, कागज, टायर, ट्युब, रासायनिक मल, बीउबिजन आदिको कारोबार गरी देश र जनतालाई सेवा पु¥याउँदै आएको छ ।
कर्पोरेशनले आयो नुन, शक्ति नुन, तेज नुन एवं भानु नुन गरी चार ब्रान्डको नुन नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । सार्क राष्ट्रको तुलनामा नेपालमा बिक्री गरिने नुनको मूल्य सस्तो छ ।
विभिन्न समयमा गरिएको सर्वेक्षणबाट स्पष्ट हुन्छ कि नेपालमा आयोडिनको कमीले हुने विकृतिबाट अब कुनै पनि बालबालिका लुलो लङ्गडो, सुस्त मनस्थितिका जन्मने छैनन् । आयोडिन प्रत्येक व्यक्तिलाई नियमित नै चाहिने र हाल यसको कमिले हुने विकृति नदेखिए पनि आयोडिनको सेवन गर्न छोडिएको खण्डमा पुनः देखापर्न सक्ने भएकोले आयोडिनको सेवन नियमित रूपमा गर्नुपर्छ । देश र जनतालाई नुनजस्तो अत्यावश्यक वस्तुको साथै जनस्वास्थ्यसँग प्रत्येक्ष सरोकार भएको आयोडिनसमेत खुवाएर साल्ट टे«डिङले देश र जनतालाई गरेको सेवाको सराहना गर्नैपर्छ । आयोडिनको कमीबाट हुने विकृतिलाई नियन्त्रणमा ल्याउन सक्नुको मुख्य कारण नेपालमा आयोडिनयुक्त नुनको वितरण प्रणाली हो र यस प्रकारको वितरण प्रणालीलाई निरन्तरता दिनुपर्छ भन्ने आयोडिनको क्षेत्रमा कार्य गर्ने विज्ञको राय छ ।
अन्य संस्था आर्थिक रूपमा घाटामा गई कारोबार न्यून हुँदै गइरहेको अवस्थामा एउटा छुट्टै अस्तित्वका साथ सञ्चालित साल्ट टे«डिङ कर्पोरेशन लि. स्थापनाकालदेखि नै प्रायः प्रत्येक वर्ष आफ्ना लगानीकर्ता शेयरधनीलाई लाभांश एवं बोनस शेयर दिँदै आएकोे छ ।

 

 प्रकाशित मिति: २०७४/५/२७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना