मेक्सिको भूकम्पको सन्देश

pradeep upretiप्रदीप उप्रेती

 

हालै मेक्सिकोस्थित प्रशान्त महासागरको तटीय क्षेत्रमा ८.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस मात्रै गरिएन कि त्यसबाट मानिस हताहत भए । खासमा भन्ने हो भने भूकम्प कहिले, कति समयका लागि कति मापन क्षमताको जान्छ भन्ने कुराको भविष्यवाणी गर्न सक्ने प्रविधि हालसम्म आधुनिक विज्ञानले समेत प्रमाणित गर्न सकेको छैन । यसो भएको हुँदा विशेष सावधानी अपनाउनुबाहेक अन्य कुनै विकल्प मानव समुदायसँग रहेको पाइँदैन ।
नेपाल पनि भूकम्पीय जोखिमको उच्च चपेटामा रहेको भूर्गविद् तथा भूकम्पविद्ले औल्याउँदै आएका छन् । यस्ता गतिविधिलाई थप प्रष्टाउन इतिहासका कालखण्डमा भएका घटना साक्षीका रूपमा हाम्रासामु रहेका छन् । वि.सं. १९९० माघ २ गतेको भूकम्पको प्रत्यक्ष अनुभव गर्नेको समूह आज निकै न्यून मात्रामा रहेको छ तथापि भूकम्पको क्षतिको विवरण दस्तावेजमा आज पनि जस्ताको त्यस्तै छन् । एवं प्रकारले वि.सं. २०४५ साल भदौँ ५ गतेकोे भूकम्पको धक्का महसुस गर्ने तथा सोबाट काठमाडौँ उपत्यका लगायत नेपालको पूर्वी भूभागमा धरान, सुनसरी, तथा विराटनगर आदि क्षेत्रमा भएको क्षतिलाई कम आँकन गर्न अवश्य मिल्दैन । वि.सं. १९९० को कुरै छोडौ वि.सं. २०४५ कै भूकम्पलाई मात्रै आधार बनाएर त्यसबाट प्राप्त भएको क्षतिबाट शिक्षा लिँदै यस सम्बन्धमा केही विशेष सावधानी अपनाउने चेष्टा गरेको भए भूकम्पीय क्षतिमा धेरै हदसम्म कमी आउने नै थियो भन्न सकिन्छ ।
विगतमा भएको कुरालाई त्याग्दै केही समय अगाडि विश्व माझ भएका भूकम्पका पीडाका अतिरिक्त मेक्सिको लगायत हाम्रै मुलुकमा भूकम्पबाट भएको व्यापक जन­धनको क्षतिलाई क्रमशः पाठका रूपमा लिँदै केही सहजगता अपनाउन सके यस्ता प्राकृतिक विपत्तिमा आफू र आफ्ना भावी पिंढीलाई केही राहत प्रदान गर्न सक्ने देखिन्छ ।
अतः मुलुकभित्र निर्माण हुने तथा निर्माणाधीन अवस्थामा रहेका संरचनामा सामान्य रूपले अपनाउनु पर्ने भवन निर्माणसम्बन्धी आचार
­संहितालाई पालना गर्ने चेष्टा गरेनौँ वा बेवास्ता गराँै जसका कारण अत्यधिक मात्रामा भूकम्पीय क्षति व्यर्होर्न बाध्य भयौं ।
निकै सावधानीपूर्वक अपनाउनुपर्ने माटोको गुणस्तर, भवनको भारबहन क्षमता आदि अति महìवपूर्ण तथ्यलाई लत्याउँदै एक तलाका भवन निर्माणका लागि अनुमति–पत्र लिँदै क्रमशः तलामाथि उठाउँदै लैजाने प्रवृत्तिका कारण प्राकृतिक विपत्तिको बढी मार परेको हो भन्दा फरक नपर्ला । किनकि भूकम्पले कदापि मानवीय सम्हार गर्ने होइन नोक्सान त मानव आफैँले आफ्ना लागि सुरक्षित रहन निर्माण गरेको भौतिक संरचनाले गर्ने कुरालाई हामीले कदापि नभुली सावधानी अपनाउनु नै जोखिम न्यूनीकरणमा प्रत्यक्ष वा परोक्ष सहयोग पु¥याउनु हो ।
भूकम्पीय कम्पन तथा समयको हिसाबमा हालै मेक्सिकोमा गएको प्राकृतिक विपत्तिलाई हेर्ने हो भने तुलनात्मक रूपमा करिब २८ महिना अगाडि हाम्रो मुलुकको प्राकृतिक विपत्तिभन्दा निश्चित रूपमा विकराल भए पनि क्षतिको हिसाबमा न्यून रहेको देखियो । किनकी नेपालको बढ्दो जनघनत्व तथा अत्यधिक बसाइसराइका हिसाबले केही समय अगाडि गएको भूकम्पीय क्षति हाल मेक्सिकोको भन्दा निकै भयाभह देखियो । तुलनात्मक रूपमा यो अवस्था देखिनुमा सावधानी अपनाउनु नसक्नुलाई नै मुख्य आधार मान्न सकिन्छ ।
साथै वि.सं. २०७२ मा आएको भूकम्पको केन्द्रविन्दु रहेको गोरखा जिल्लाको वारपार क्षेत्रलाई विशेष संरक्षण गर्दै आवश्यक परे त्यस क्षेत्रको भूस्थितिको आन्तरिक वा बाह्य भूर्गर्वविद्बाट अध्ययन गराई प्राप्त हुन आएको राय परामर्शलाई आधारमानी भविष्यमा मुलुकका अन्य क्षेत्र हुन सक्ने सम्भावित क्षतिलाई कम गर्न यस्ता कार्यले महìवपूर्ण योगदान पु¥याउन सक्ने देखिन्छ ।
मेक्सिकोमा भएको न्यून क्षतिलाई विशेष हेक्का राख्दै त्यहाँका दक्ष प्राविधिज्ञ तथा भूकम्पविद्हरूबाट दिइने आवश्यक, राय सल्लाहलाई पाठका रूपमा लिई हाम्रो मुलुकभित्र निर्मित भवनलाई ठूला भूकम्पीय क्षति बहन गर्न सक्ने आधुनिक प्रविधिको विकास, विस्तार तथा संरक्षण गर्दै क्षति न्यूनीकरणतर्फ उन्मुख हुन अति जरुरी भइसकेको छ । हालै मेक्सिकोमा भएको प्राकृतिक विपत्तिमा प्रत्यक्ष प्रभावित भएका व्यक्तित्वका साथै अधिकांश क्षति भएका रेल्वे, सडक, एयरपोर्टजस्ता अतिआवश्यक सेवा तुरुन्त सञ्चालन भएबाट प्रष्ट हुन्छ कि राहत व्यवस्थापनमा समेत उनीहरू कति जागरुक हुनाका साथै योग्य रहेछन् भन्ने तथ्य पुष्टि भएको छ । भविष्यमा आई पर्ने ठूला तथा मार्मिक भूकम्पको उच्च­जोखिमबाट कसरी संरक्षित हुने हो यसका लागि भूकम्पीय जोखिममा रहेका विश्वका अन्य मुलुकबाट समेत पाठ सिक्दै जानुबाहेक अर्को विकल्प मुलुक सामु छैन ।
भूकम्पीय जोखिमको चपेटामा रहेको नेपालमा अझै भूकम्पका केही शक्ति सञ्चित रहेको र टेक्टोनिक प्लेटहरूको घर्षणले फेरी पनि ८ रेक्टर स्केल वा सोभन्दा माथिको भूकम्प जान सक्ने तथ्य विज्ञहरूले औंल्याएका छन् । तथापि निश्चित तिथि मितिको टुङ्गो लगाउन सक्ने वैज्ञानिक आधार हाल एकाईसौँ शताब्दीसम्म पनि पत्ता लाग्न सकेको छैन, तर पनि भूकम्पको जोखिमलाई भने नजरअन्दाज गर्न पक्कै मिल्दैन ।
यस अतिरिक्त अत्यधिक बढी मात्रामा क्षति हुनुको प्रमुख कारक तìवमा क्षति न्यूनीकरणका लागि आवश्यकपर्ने दक्ष प्राविधिक जनशक्तिको अभाव रहनुको साथै उच्च गतिमा गरिनुपर्ने तत्काल राहत व्यवस्थापनका अतिरिक्त साधन स्रोतको अभावमा जनधनको बृहत क्षति हुन सक्ने देखिन्छ । अत ः यस्ता प्राकृतिक गतीविधिलाई न्यूनीकरण गर्ने हेतु भूकम्पमात्र नभई अन्य बाढी, पहिरो, आगलागीजस्ता विपत्तिसँग जुध्न आवश्यक पर्ने दक्ष­ जनशक्तिको अलावा राहतका सामग्री सधैँ नै चुस्त­दुरुस्त अवस्थामा राख्न सरोकारवाला सम्बद्ध सबै पक्षको ध्यान जानु अत्यन्त जरुरी छ । राज्य पक्षद्वारा सञ्चालित यस्ता प्रविधिगत व्यवहारले प्राकृतिक प्रकोप न्यूनीकरण गर्न महìवपूर्ण भूमिका खेल्नेछ । यसका साथै भूकम्पपश्चात् आतिने, विचलित हुनेजस्ता कार्यले जहिले पनि उद्धार कार्यमा बाधा उत्पन्न हुने सक्ने भएको हँुदा यस्ता गतिविधिमा विशेष सावधानी अपनाउनुको साथै कोही कसैलाई प्राकृतिक विपत्तिबाट असहज परिस्थिति उत्पन्न भए वा हुन सक्ने सम्भावना भएमा सम्भव भएसम्म उद्धार कार्यमा खटिएका टोलीसँग सम्बन्ध स्थापित गर्न प्रयत्नरत रहने सो तत्काल सम्भव नदेखिएमा यथास्थितिमा रहनु नै प्रकोप न्यूनीकरणमा सहयोग गरेको मानिनेछ । यस्ता कार्यले पक्कै पनि जनधनको सुरक्षा गर्नुको साथै राहत व्यवस्थापनमा समेत प्रत्यक्ष लाभ गर्नेछ ।
अतः हामीले हाम्रो ऐतिहासिक कालखण्डमा भएका राम्रा–नराम्रा तथ्यलाई आत्मसाथ गर्दै सोबाट प्राप्त हुन आएका ज्ञान तथा अनुभवलाई पाठका रूपमा लिँदै वर्तमानमा सोही अनुरूपको भूकम्पीय जोखिम न्यूनीकरण गर्नका लागि आफ्ना व्यवहारलाई क्रमश परिवर्तन गर्नुको साथै भावी पुस्ताका लागि केही सन्देशमूलक कर्म छोड्न सक्षम भयौँ भने निश्चित रूपमा केही उपलब्धि मूलक कार्य भएको अवश्य ठहरिनेछ । यस्ता कार्यले पक्कै पनि भावी पुस्तालाई राहत मिल्ने देखिन्छ । किनकी यस्ता तस्वीरलाई भावी पुस्ताले सन्देशको रूपमा लिँदै अझ धेरै सर्तकता निश्चिय पनि अपनाउने नै छन् । अन्यथा भविष्य पर्ने प्राकृतिक विपत्तिको भयाभय परिणाम र व्यापक जनधनको क्षति व्यहोर्न पक्कै पनि तयार रहनुको अर्को विकल्प कसैसँग पनि रहने छैन ।

 

 प्रकाशित मिति: २०७४/५/३१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना