मानव–वन्यजन्तु द्वन्द्व र दिगो संरक्षण

chandrajung hamalचन्द्रजङ्ग हमाल

 

 


महाकवी लक्ष्मीप्रसाद देवकोटाले आफ्नो निबन्ध ‘के नेपाल सानो छ रु’ मा भनेझैँ विश्वमा नेपाल क्षेत्रफलका हिसाबले सानो छ तर विविध विविधताले सम्पन्न छ । जात, धर्म, संस्कृतिदेखि लिएर भूगोल, हावापानी र जैविक विविधता । जैविक विविधताको दृष्टिमा नेपाल एसियामा ११ औँ र विश्वमा २५ औँ धनी राष्ट्रमा पर्छ । नेपाल वातावरण प्रतिवेदन २०१३ काअनुसार विश्वमा पत्ता लागेका वनस्पति प्रजातिमध्ये ३।३ प्रतिशत ९१२ हजार ४ सय ८०० प्रजाति र जीवजन्तु प्रजातिमध्ये १।१ प्रतिशत ९११ हजार ७ सय ६० प्रजाति नेपालमा पाइन्छन् ।
आधुनिक जीवविज्ञानका पिता चाल्र्स डार्विनले आफ्नो पुस्तक प्रजातिको उत्पत्ति ९१८५९० मा भने अनुसार पृथ्वीको उत्पत्तिपछि जीवजन्तु हुँदै पछि मात्रै मानव प्राणीको उत्पत्ति भएको हो । वास्तवमै हाम्रो पुर्खा बाँदर–जनावर हो । मानव जाति र वन्यजन्तुको सम्बन्ध सदिऔँ देखिएको हो । उहिले वन्यजन्तु र मानवबीच सांस्कृतिक धार्मिक सम्बन्ध थियो । वन्यजन्तुलाई विभिन्न देवीदेवताका अवतार र शक्तिका रूपमा पूजा गरिन्थ्यो । जस्तै ः बाघलाई दुर्गामाता र हात्तीलाई गणेश भगवान्को अवतारका रूपमा पूजा गरिन्थ्यो । यसले वन्यजन्तु संरक्षणमा विशेष महìव राख्दथ्यो तर अहिले मानव र वन्यजन्तुको सम्बन्ध ठीक उल्टो भएको छ । जनसङ्ख्या बढ्दो क्रममा छ भने वन्यजन्तु घट्दो क्रममा छन् । पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानव आज वातावरण र वन्यजन्तु विनाशको प्रमुख पात्र भएको छ । केही मानिसका लागि वन्यजन्तु बोझ भएका छन् । शत्रु भएका छन् । आखिरमा वन्यजन्तु हाम्रा शत्रु कहिल्यै थिएनन् र कदापि हुन सक्दैनन् । बरु उनीहरू मानव अस्तित्वका प्रमुख हिस्सा हुन् ।
एउटा स्वस्थ पारिस्थितीय प्रणालीका लागि सम्पूर्ण जीवजन्तु उत्तिकै जिम्मेवार हुन्छन् । खाद्य चक्रले उनीहरूलाई एउटा साझा जालोमा गाँसेको हुन्छ । जहाँ एक पक्षलाई केही असर परे सम्पूर्ण जालो नै तहसनहस हुन सक्छ । बाघ हात्ती गैँडा र मानव यस जटिल जालोका प्रमुख पात्र हुन् । स्वस्थ पारिस्थितीय प्रणाली, स्वस्थ वातावरणको प्रतीक हो । स्वस्थ वातावरण, स्वस्थ जीवनको आधार हो । सन् १९०० मा १ लाखको हाराहारीमा रहेको बाघ आज प्राकृतिक बासस्थानको विनाश, चोरी शिकारी र आहारा प्रजातिको कमीले ३८९० मा झरेको छ । हाल नेपालमा बाघ १९८ मा पुगेको छ ।
नेपालमा मानव–वन्यजन्तु वन्यजन्तुलाई जिस्काउँदा पनि आक्रमण गर्छन् । मानव– वन्यजन्तु र मानव – संरक्षणकर्मी बीचको द्वन्द्व आज संरक्षणमा चुनौती बन्दै गएको छ । हप्तापिच्छे आजभोलि मानव– वन्यजन्तुका घटना बढ्दै गएका छन् । जसबाट मानवीय मृत्यु, घाइते र धनवालीको प्रशस्त क्षति भएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग मात्रै १७ वर्षको अन्तरालमा १५८ जनाको वन्यजन्तु ९गैँडा, हात्ती, बाघ० बाट मृत्यु भएको तथ्याङ्क छ । त्यस्तै बर्दिया राष्ट्रिय निकुन्जसँग २०५८ साल यता वन्यजन्तुबाट ३७ जनाको मृत्यु भएको तथ्याङ्क छ । बढ्दो जनसङ्ख्या, शहरीकरण, वनफडाँनी अतिक्रमण र खुला चरिचनले वन्यजन्तुका वासस्थान मासिँदै गएको छ । आहारामा कमी आएको छ । पानीका स्रोत सुक्दै गएका छन् । ठूला विकास निर्माण तथा पूर्वाधार निर्माणले वन्यजन्तु हिँड्ने बाटा ९जैविकमार्ग० को विनाश भएको छ । मानव आफ्नो आहाराका लागि वन्यजन्तुको आहारा खोस्छ, आफ्नो बासस्थानका लागि उसको वासस्थान खलबल्याउँछ । आफ्नो सडक निर्माणका लागि वन्य जन्तुको जैविक मार्ग हनन् गर्छ । मानवले आफ्नो अधिकारका लागि वन्यजन्तुको अधिकार नै खोसदिए पछि विचरा निमुखा वन्यजन्तुले आफ्नो अधिकारको लागि के गर्ने रु अनि अन्तिम विकल्पका रूपमा ऊ
९वन्यजन्तु० मानव बस्ती छिर्न बाध्य हुन्छ । अन्तत्वोगत्वा मानव वन्यजन्तुबीच वन्यजन्तुलाई जिस्काउँदा पनि आक्रमण गर्छन् । स्मरण होस् वन्यजन्तु पनि शान्ति प्रिय हुन्छन् । उनीहरूसँग पनि चेतना हुन्छ । जब ऊ मानवबाट असुक्षित हुन्छ तब मात्र उसले प्रतिरक्षाका लागि आक्रमण गर्छ । वन्यजन्तुलाई जिस्काउँदा पनि आक्रमण गर्छन् ।
आज मानव ९स्थानीय जनता० र संरक्षणकर्मी बीचको द्वन्द्व नेपालमा बढ्दै गएको छ । स्थानीयमा जनतामा यस्तो भ्रम छ कि वन्यजन्तु भनेका निकुञ्ज÷आरक्ष र संरक्षणकर्मीका मात्रै हुन् । कसैले त संरक्षणकर्मीलाई तपाईंका वन्यजन्तु भनेर सम्बोधन गर्दछन् । कतिपयले संरक्षणकर्मीलाई कुदृष्टिले हेर्ने गरेको पाइन्छ । संरक्षणकर्मी र स्थानीय जनताबीच झडपका घटना समाचार माध्यममा आइरहेका हुन्छन् । मानव र संरक्षणकर्मीबीच द्वन्द्वले चरम रुरूप लिएर स्थानीयबाटै संरक्षणकर्मीको हत्या भएका दुःखद घटना हाम्रासामु छन् । मानव –संरक्षणकर्मी बीचको द्वन्द्व समाधान नगरी मानव ९ वन्यजन्तु द्वन्द्व समाधान गर्न सकिँदैन । संरक्षणकर्मी आफ्नो ज्यानलाई जोखिममा राखी संरक्षणको महाअभियानमा खटिएका हुन्छन् । वन्यजन्तु संरक्षणको सिद्धान्तले नै मानवलाई वन्यजन्तु संरक्षणमा प्रत्यक्ष सहभागी गराउनुपर्छ भनेको छ । आखिरमा वन्यजन्तु हाम्रा साझा सम्पत्ति हुन् । स्थानीय जनताले यो बुझ्नुपर्छ कि संरक्षणकर्मी आखिर हाम्रै लागि हुन् । स्थानीय जनताले वन्यजन्तु र संरक्षणकर्मीलाई बुझिदिए, संरक्षणकर्मीले स्थानीय जनतालाई बुझिदिए संरक्षणमा ठूलो सहयोग मिल्छ ।
वि।सं। २०२६ बाट नेपालमा वन्यजन्तु संरक्षणको प्रयास सुरु भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन वि।सं। २०२९ मा आयो । हाल नेपालमा ११ वटा राष्ट्रिय निकुञ्ज २ वटा वन्यजन्तु आरक्ष ६ वटा संरक्षण क्षेत्र र १ वटा शिकार आरक्ष छन् । जसले नेपालको कुल क्षेत्रफलको २३।३९ प्रतिशत भूभाग ओगटेका छन् । निकुञ्ज आरक्षको संरक्षण र उपयोग गर्न पाउने व्यवस्था गरी मध्यवर्ती व्यवस्थापन निमावली २०५२ आयो । अहिलेसम्म नेपालमा १३ वटा मध्यवर्ती क्षेत्र घोषणा भएका छन् ।
मध्यवर्ती क्षेत्रका जनताको संरक्षणसम्बन्धी ज्ञानको अझैँ अभाव रहेको छ । बालीविनास गरेपछि स्थानीयले वन्यजन्तुलाई घाइते बनाउने हत्या गर्ने गरेका कुरा नौला होइनन् । भर्खरै पर्सा वन्यजन्तु आरक्षबाट बाहिरिएको बाघ हिंसक भयो भन्दै निर्दोस बाघको स्थानीय र प्रहरी प्रशासनबाट हत्या गरियो, यो अत्यन्तै दुखद घटना हो । बाघ मार्नु पक्कै पनि समस्याको अन्तिम विकल्प होइन रु २ महिना अघि मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रु बसको ठक्करबाट बाघको मृत्यु भएपछि देशैभरिबाट मिश्रित प्रतिक्रिया आए यो घटनाले धेरै जसोले दुःख प्रकट गरे, कसैले खुशी प्रकट गर्दै अझैँ अरू बाघ पनि यसैगरी मरेका भए हुन्थे भन्ने प्रतिक्रिया जनाए । त्यस्तै वन्यजन्तुले गाईवस्तु मारेपछि सिनोमा ‘डाइक्लोफिन’ विषादी हाली सिनो निकुञ्ज आरक्षभित्र छोडिदिने प्रवृत्ति छन् । यी त मानव–वन्यजन्तु द्वन्द्व प्रतिनिधि घटना हुन् । पीडित जनतामा वन्यजन्तप्रति बदला र प्रतिशोधको भावना बढ्दै गएको छ । तसर्थ वन्यजन्तु मानवबीचको द्वन्द्व संरक्षणको एक प्रमुख चुनौती भएको छ । वन्यजन्तुप्रति बदला र प्रतिशोधको भावनाले वन्यजन्तु संरक्षण कदापि हुन सक्दैन ।
स्थानीय जनतामा वन्यजन्तुको महìव, आवश्यकता र यसबाट हुने अवसरसम्बन्धी जनचेतनाको विकास गर्न नितान्त आवश्यक छ । स्थानीयलाई संरक्षण कार्यमा प्रत्यक्ष सहभागी गराउनुपर्छ । आरक्ष निकुञ्जभित्रका रोजगारीका अवसरमा उनीहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । जसबाट उनीहरूको आय आर्जन बढ्छ भने उनीहरूमा वन्यजन्तुप्रति मायाभाव र निकुञ्ज आरक्षप्रति अपनत्वको भाव बढाउँछ । वन्यजन्तुलाई जीवित राखे पो हाम्रो पनि संरक्षण हुन्छ । निमुखा वन्यजन्तुको हत्या गरी कसरी शोख र सान मिल्छ रु वन्यजन्तु चोरी शिकारीलाई स्थानीय तहबाटै नियन्त्रण र निरुत्साहित गर्ने अभियान चलाउनुपर्छ । एक वर्ष अघिमात्रै चितवन राष्ट्रिय निकुञ्जमा देशका सबै संरक्षित क्षेत्रबाट ल्याइएका सयौँ वन्यजन्तुका अङ्ग÷आखेटोपहार जलाएर नष्ट गरियो यसले मृत वन्यजन्तुको कुनै महìव छैन भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमै प्रवाह ग¥यो । सर्ववितितै छ, मध्यवर्ती क्षेत्रका जनताको जीवीकोपार्जनमा उल्लेख्य सुधार नभई, गरिबी न्यूनीकरण नभई संरक्षण अभियान सफल हुन सक्दैनन् । त्यसैले राज्य तथा संरक्षणमा लागेका निकायले यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा विशेष ध्यान दिनुपर्छ ।
नेपालमा वन्यजन्तु संरक्षण पुरानै ढाँचामा छ । ऐन निमावलीमा केही सुधार, नयाँ अभ्यास र नयाँ प्रविधिको आवश्यकता उत्तिकै जरुरी छ । हामी अझैँ सोलार जडित तारबार मै अल्झिरहेका छौँ । अमेरिकाले मेक्सिकोको सीमामा २००० माइल लामो पर्खाल लगाउन सक्छ भने के नेपालले आफ्ना संरक्षित क्षेत्रमा, जैविक मार्ग र प्रवेश द्वारहरू बाहेकका सीमामा पक्की तारबार र पर्खाल लगाउने क्षमता राख्न सक्दैन र रु यस विषयमा विशेष नीति कार्यक्रम तथा बजेटको तर्जुमा गर्न अब ढिलाइ गर्न हुन्न । वन्यजन्तु मानव द्वन्द्वलाई निराकरण गर्न जीआईएस म्यापिङ सफ्टवेयर र जीपीएस कलर ट्राकिङ प्रविधिबाट वन्यजन्तुको नियमित अनुगमन गर्ने प्रविधि र साइरन एसएमएसयुक्त पूर्व सूचना प्रविधिलाई प्रत्येक संरक्षित क्षेत्रमा विस्तार गर्दै लैजानुपर्छ । त्यस्तै स्थानीयको जीवनशैली र पूर्वाधार वन्यजन्तुमैत्री बनाउन आवश्यक छ । वन्यजन्तु आक्रमणलाई कम गर्न जनावरको आनीबानी र आतङ्कबाट बच्ने उपायसम्बन्धी तालिमको त्यत्तिकै आवश्यक छ ।
वन्यजन्तु संरक्षणका लागि मानव ९स्थानीय० र वन्यजन्तु संरक्षणमा लागेका संरक्षणकर्मी महìवपूर्ण खम्बा हुन् । वन्यजन्तु, मानव र संरक्षणकर्मीको त्रिपक्षीय सम्बन्धलाई मजबुत र सामञ्जस्यपूर्ण बनाए मात्र दिगो संरक्षण सम्भव छ । दिगो संरक्षण नै आर्थिक विकासको आधार हो । दिगो विकासको आधार हो । संरक्षण कार्यमा मानवलाई अलग राख्दा, मानवले वन्यजन्तुलाई आफ्ना शत्रु ठान्दा हाम्रै वातावरण हाम्रै भविष्य र हाम्रै अस्तित्वमा सङ्कटमा पर्छ । वन्यजन्तुलाई उनीहरूकै प्राकृतिक वातावरणमा रमाउन दिनुपर्छ । संरक्षणको विकल्प संरक्षण नै हो । वन्यजन्तुलाई मित्र भावले हेरी उनीहरूप्रति माया र अपनत्वको भाव विकास गराउनुपर्छ । त्यसैले मानवको मात्रै हैन सिङ्गो पृथ्वीको अस्तित्वका लागि वन्यजन्तुको अस्तित्व कायम राख्न आजैबाट संरक्षणमा हातेमालो गरौँ ।

 

 प्रकाशित मिति: २०७४/५/३१

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना